चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् ।
उनलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफ्नो योजनाको बारेमा पदबहाली गरिसकेपछि मात्र जानकारी दिने बताए ।
चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्य...






























