सन् १९९५ मा रिलिज फिल्म ‘करन अर्जुन’ मा अभिनेता शाहरुख खान र सलमान खानले सँगै काम गरेका थिए। त्यस वर्षको सबैभन्दा बढी कमाइ गर्ने दोस्रो फिल्म बनेको थियो, ‘करन अर्जुन’। यो अहिले पनि बलिउडमा धेरै कुरा गरिने लोकप्रिय फिल्ममध्ये एक हो। फिल्ममा काजोल, ममता कुलकर्णी, राखी, अमरीश पुरीलगायत कलाकारले अभिनय गरेका छन् ।

Advertisement

१ फिल्मका निर्देशक राकेश रोशनले फिल्मका लागि पहिला सलमान र आमिर खानलाई रोजेका थिए। फिल्मको कथा सलमानले मन पराए पनि आमिर भने आफ्नो भूमिकाबाट सन्तुष्ट भएनन्। त्यसपछि अजय देवगनलाई त्यो भूमिका अफर गरियो।

अर्को मुख्य भूमिकामा शाहरुखलाई रोजियो। फिल्म ‘दिलवाले’, ‘विजयपथ’, ‘कानुन’, ‘सुहाग’ जस्ता एक्सन मुभी गरिसकेपछि अजय रोमान्टिक भूमिका चाहन्थे भने ‘पहला नशा’, ‘कभी हां कभी ना’, ‘राम जाने’, ‘दिलवाले दुल्हनियाँ ले जायेंगे’ लगायत फिल्म काम गरेपछि शाहरुख अब एक्सन फिल्मतिर मोडिन चाहन्थे। त्यसैले अजय र शाहरुखलाई छानिएको थियो। तर, अजयले फिल्म छाडे। अन्त्यमा फिल्मका लागि सलमान र शाहरुखलाई साइन गरियो।

२ फिल्ममा शाहरुख–काजोल र सलमान–ममता जोडीका रूपमा देखिएका थिए। फिल्मको गीत ‘भंगडा पा ले’ लाई चिन्नी प्रकाशले कोरियोग्राफ गरेका थिए। गीतको एक भागको सुटिङ सकिएपछि ममताले सिटी बजाएर सलमान र शाहरुखलाई आफूनजिक बोलाइन्। अभिनेताद्वय उनका सामु पुगेपछि ममताले उनीहरूलाई बेस्कन हप्काइन्।

उनीहरू दुई जनाका कारण डान्सको स्टेप बिग्रिरहेको र अर्को दिन सेटमा रिहर्सल गरेर आउन भनिन्। तर, सलमान र शाहरुखले आफूहरूले सही डान्स गरिरहेको बताएका थिए। त्यसपछि भोलिपल्ट बिहानै ५ बजे उठेर त्यस दिन सुट हुने गीतको भागको शाहरुख र सलमानले प्य्राक्टिस गरे। गीतको अन्तिम भागको सुटिङ भइरहँदा कोरियोग्राफरले ममतालाई झपारे। केटाहरूले ठीक गरिरहेको र ममताले डान्सका स्टेप बिगारिरहेको उनले बताएका थिए।

३ यसअघि सलमानले उतिसारो एक्सन फिल्ममा काम गरेका थिएनन्। उनको बडी पनि खासै गतिलो थिएन। तर, फिल्मको सुटिङ सुरु हुनुअघि सलमानले व्यायाम गरेर आफ्नो शारीरिक सुगठनमा ध्यान दिए। उनको बडी देखेर निर्देशक प्रभावित भएका थिए।

४ फिल्मको संगीतको जिम्मा निर्देशक राकेशका भाइ राजेश रोशनलाई दिइएको थियो। राकेश एक दिन अस्वीकृत भएका गीत सुनिरहेका थिए। तीमध्ये एउटा गीत उनलाई धेरै मन पर्‍यो। उनले त्यो गीत फिल्ममा राख्ने सोच बनाए र जबर्जस्ती रेकर्ड गर्न लगाए। जबकि, राजेश त्यसको पक्षमा थिएनन्। गीत ‘जाती हुँ मैं’ शाहरुख र काजोलमाथि छायांकन गरिएको थियो। फिल्म रिलिज भएपछि गीत हिट भएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!