चितवन, ३ चैत । गाई काटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोक निवासी रणबहादुर सार्की र विक्रम सार्की रहेका छन् । उनीहरुले पाल्ने भनेर छिमेकीसँग शनिबार किनेको गाई काटेको अभियोग छ ।

Advertisement

उनीहरुका साथबाट प्रहरीले मासुसमेत बरामद गरेको छ । उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिनुभयो । धर्म निरपेक्ष मुलुक भए पनि नेपालमा गाई काट्नु र मासुको बेचबिखन गर्नुलाई अवैध मानिन्छ । गाई राष्ट्रिय जनावर हो ।

शाहका अनुसार मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २७ को २८९ दफामा गाई र गोरु काट्न मार्न नपाइने उल्लेख छ । यसको बर्खिलाप गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!