गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ
धादिङ । गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् । प्रहरीको खोजी सुचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका प्रदेश ३ प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।
ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ । प्रहर...































