धादिङ । गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् । प्रहरीको खोजी सुचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका प्रदेश ३ प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।

Advertisement

ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ । प्रहरीका एक अधिकारीका अनुसार उनको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।

नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।

दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए । राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई ज्यान मार्ने उद्देश्यसहित गोली हानेका थिए । त्यसपछि राधे चर्चामा आएका थिए ।

यो घटनामा राधे पक्राउ परेपनि राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यतिबेलादेखि नै प्रहरीले राधेलाई खोजी सूचीमा राखेको थियो । यद्यपि  २०७१ साउन २१ गते काठमाडौंको भीमढुंगामा ‘प्रहरी इन्काउन्टर’मा चरी मारिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!