फाईल तस्वीर

रुकुम पश्चिम । रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव निकट कार्यकर्ता पक्राउ गर्न प्रहरीले हवाइ फायर गरेको हो ।

युवा संगठनका जिल्ला अध्यक्षसमेत रहेका डिल्लीराज शर्मालाई पक्राउ गर्न हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । पक्राउ गर्ने क्रममा शर्मा भाग्न आजेको र सोही क्रममा उनलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको प्रहरीले बताएको छ ।

Advertisement

जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!