रोल्पा । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् ।

Advertisement

रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् ।

उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ ।

उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संकलगन चिकित्सक डा. घनश्याम शर्माले जानकारी दिए । घाइतेहरुको अनुहार पनि सुन्निएको छ । जोर्नीमा दबाब देखिएकाले सुधार आउन केही दिन लाग्ने डा. शर्माले बताए ।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए । आजको नेपाल समाचारपत्रमा नरेन्द्र केसीले यो समाचार लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!