काममा समन्वय नहुँदा जनतालाई सास्ती

काममा समन्वय नहुँदा जनतालाई सास्ती

जनकपुरधाम। एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ । आयोजनााले समन्वय गरी काम नगर्दा टेलिफोनको अप्टिकल फाइवरलाई क्षति पु¥याई डेढ हजार जनालाई सञ्चारविहीन बनाएको र बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अवस्था सिर्जना भएको छ । नेपाल टेलिकम जनकपुर कार्यालय प्रमुख नारायण का...
जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने भएको छ । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जथाभावी बाटो...
चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ हैबुङबाट चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ परेका छन् । मेलम्ची नगरपालिका भोटेचौरका भीमबहादुर तामाङको बा८३प ९४३० नंको २२० सिसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिका–११ कटुञ्जेका२२ वर्षीय राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गानाका अनुसार पक्राउ परेका तामाङलाई बिहीबार ...
कामपा–११ मा काँग्रेस र १२ मा एमाले विजयी

कामपा–११ मा काँग्रेस र १२ मा एमाले विजयी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ र १२ को मत परिणाम सार्वजनिक भएको छ । जसमा ११ नम्बर वडाको अध्यक्ष पदमा नेपाली काँग्रेसका हीरालाल तण्डुकार एक हजार १८० मत प्राप्त गरी विजय हुनुभएको छ । त्यस्तै महिला सदस्यमा आशा श्रेष्ठ रौनीयार, दलित महिला सदस्य यशोमती परियार, खुल्ला सदस्यमा दिनेश राउत क्षेत्री र सरोजकुमार मुल्मीले विजय हासिल गर्नुभएको छ । वडा नं १२ मा एमाले विजयी यस्तै वडा नं १२ क...
प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना

प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना

चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप प्रतिस्पर्धी बन्दै गएको छ । आज मध्यान्हसम्म झन्डै ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेकोमा गणना गर्न बाँकी करिब २२ हजार मत छ । हालसम्म नेकपा (एमाले)का देवी ज्ञवाली करिब एक हजार ६०० ले अगाडि हुनुहुन्छ । उपप्रमुखमा भने का...
दुर्लभ भाले घडियाल गोही म¥यो

दुर्लभ भाले घडियाल गोही म¥यो

रत्ननगर ९,चितवन। चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदीमा बस्दै आएको घडियाल गोही महाजालमा अड्किएर मरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार चितवनको गोलाघाट क्षेत्र आसपासमा बस्दै आएको एकमात्र वयस्क भाले घडियाल गोही जालमा अड्किएर मरेको हो । विश्वमा घडियाल गोहीलाई दुर्लभ मान्ने गरिन्छ । खोरिया मुहान क्षेत्रमा जालमा अड्किएर मरेको अवस्थामा दुर्लभ गोही फेला पार...
मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो

मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगाउँदा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ । आगोबाट पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले...
संसद् अवरुद्ध

संसद् अवरुद्ध

  काठमाडौँ। व्यवस्थापिका–संसद्को अपराह्न १ बजेका लागि निर्धारण गरिएको आजको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अवरुद्ध गरेपछि बैठक स्थगन भएकोे हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सदनलाई जानकारी गराउने, राष्ट्रपतिबाट सदनमा भएको सम्बोधनको प्रति टेबल गर्ने तथा संसद् अधिवेशनलाई राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्...
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दहमा डुबेर मृत्यु

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दहमा डुबेर मृत्यु

रसुवा। गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ । प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की हुनुहुन्छ । उहाँ आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न जानुभएको थियो । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा उहाँको नीलकण्ठ दहमा डुबेर निधन भएको थियो । शव दहब...
मतदातालाई धन्यवाद दिन जाँदा गाउँपालिका अध्यक्ष सवार मोटरसाईकल दुर्घटना

मतदातालाई धन्यवाद दिन जाँदा गाउँपालिका अध्यक्ष सवार मोटरसाईकल दुर्घटना

धादिङ (मलेखु)। निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ आज मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएको छ । गल्छी गाउँपालिका–४ तर्फ कच्चीबाटोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिव पौडेल पनि घाइते हुनुभएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ । घाइतेको बैरेन...
जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

नुवाकोट । नुवाकोटमा जङ्गली च्याउ खाएर मेघाङ– ३ देउरालीका पाँचजना विरामी भएका छन् । बिरामी हुनेमा वीरबहादुर तामाङ, उहाँको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ रहेका छन् । सोही च्याउ खाएर छिमेकी घरका शुकुमाया तामाङ र उनको नातिनी चाँदनी तामाङ पनि बिरामी परेको देउराली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धनञ्जय मिश्रले जानकारी दिनुभयो । बिरामीमध्ये वीरबहादुर, सुमित्रा र शुकुमायाको अवस्था गम्भीर...
१६ जिल्लामा स्थानीय तहको सीमा र संख्या हेरफेर

१६ जिल्लामा स्थानीय तहको सीमा र संख्या हेरफेर

काठमाडाै‌। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नतिसहितको विवरण बिहीबार निर्वाचन आयोगलाई बुझाएको छ । मन्त्रालयका सचिव दिनेश थपलियाले सम्पूर्ण विवरण आयोगलाई बुझाउनुका साथै राजपत्रमा छाप्नका लागि पठाइसकिएको बताए । राजपत्रमा प्रकाशित भएपछि नयाँ स्थानीय तहहरू कार्यान्वयनमा आउनेछन् । स्थानीय तहको कुल संख्या अब ७ सय ४४ बाट बढेर ७...
दुलही नलगेपछि दुलाहासहित जन्ती गाउँलेको कब्जामा

दुलही नलगेपछि दुलाहासहित जन्ती गाउँलेको कब्जामा

बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् । भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् । मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैक...
घुस लिँदालिँदै जिल्ला शिक्षा अधिकारी र इन्जिनियर पक्राउ

घुस लिँदालिँदै जिल्ला शिक्षा अधिकारी र इन्जिनियर पक्राउ

पर्सा। भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका वडा नं १ मा अवस्थित जिल्ला शिक्षा कार्यालयबाट आज अपराह्न घुस रकम लिँदै गरेको अवस्थामा आयोगको कार्यालय काठमाडौँबाट आएको टोलीले जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर झालाई र...
मधेसकेन्द्रित दलबीच निर्वाचनमा साझेदारीबारे छलफल

मधेसकेन्द्रित दलबीच निर्वाचनमा साझेदारीबारे छलफल

काठमाडौँ। मधेसकेन्द्रित प्रमुख तीन दलले स्थानीय तहको निर्वाचनमा साझेदारी गर्नेबारे बहस सुरु गरेका छन् । आगामी जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचनमा कसरी सहकार्य गरेर जाने भन्नेबारे राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम र सङ्घीय समाजवादी फोरम नेपालबीच आज छलफल भएको हो । भक्तपुरको सानोठिमीस्थित राजपा नेता महन्थ ठाकुरको निवासमा आज अबेरसम्म भएको तीन शीर्ष नेताको छलफलले कुनै निष्कर्ष...
कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

कैलाली । नेपाली कांँग्रेस जिल्ला पार्टी कार्यालयमा आज असन्तुष्ट पक्षले ताला लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकटकालाई मात्र एकलौटी रुपमा टिकट वितरण गरिएको र पार्टीमा लामो समयदेखि योगदान दिएको भन्दा योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ । धनगढी उपमहानगरपालिका–१ बाट अध्यक्षका आकाङ्क्षी उम्मेदवार कृष्णबहा...
निजामती कर्मचारी युनियनद्वारा तलब वृद्धि गर्न माग

निजामती कर्मचारी युनियनद्वारा तलब वृद्धि गर्न माग

काठमाडौँ। नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले कर्मचारीको मनोबल उच्च बनाउन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न समयसापेक्ष रुपमा कर्मचारीका तलब वृद्धि हुनुपर्ने माग गरेको छ । सङ्घको केन्द्रीय पदाधिकारी टोलीले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई उहाँकै कार्यकक्षमा भेटी कर्मचारीको तलब, उपदान, निवृत्तिभरण, जीवन बिमालगायत सेवासुविधा वृद्धि गर्न गर्न माग गरेको हो । ...
अब १३ स्थानीय तहको मतपरिणाम आउन बाँकी, हालसम्म १२ हजार ५६३ प्रतिनिधि निर्वाचित

अब १३ स्थानीय तहको मतपरिणाम आउन बाँकी, हालसम्म १२ हजार ५६३ प्रतिनिधि निर्वाचित

काठमाडौँ। पहिलो चरणको स्थानीय तह निर्वाचनबाट १२ हजार ५६३ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले औपचारिकरुपमा जानकारी गराएको छ । संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार आज साँझ ५ बजेसम्ममा २८३ वटा स्थानीय तहमध्ये २७० स्थानीय तहको मतगणना कार्य सम्पन्न उम्मेदवारको विवरण प्राप्त भएको छ । अब १३ स्थानीय तहको मतदानको पूर्ण विवरण प्राप्त हुन बाँकी नै रहेको आयोगल...
कतारमा भएकाे दुर्घटनामा एक नेपालीको मृत्यु, एक घाईते

कतारमा भएकाे दुर्घटनामा एक नेपालीको मृत्यु, एक घाईते

काठमाडौँ। कतारको दोहास्थित नेपाली राजदूतावासले अल ब्याण्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीद्वारा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु र अर्का एक नेपाली घाइते भएको जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीका चिनक मल्लाह रहेको छ । सो दुर्घटनामा परी दाङका गङ्गाराम चौधरी घाइते भएको दूतावासले जनाएको छ । दूतावासले सामाजिक सञ्जाल एव्म अनलाइन मिडिया संस्करणहरुमा भ्रामक ए...
असी वर्षीय वृद्ध जेल चलान

असी वर्षीय वृद्ध जेल चलान

बैतडी, ४ जेठ । बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । विसं २०४२ साल भदौ १७ गते राति पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडा बस्ने ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थ...
आँधीहुरीबाट ११ घाइते, तीन सय बढी घरमा क्षति

आँधीहुरीबाट ११ घाइते, तीन सय बढी घरमा क्षति

बर्दिया। बर्दियामा आँधीहुरीबाट ११ जना घाइते भएका छन् भने करिब ३ सय भन्दा बढी घरमा क्षति पुगेको छ । आज बिहान एक्कासि आएको आँधीहुरीका कारण गुलरिया नगरपालिका–९ को खालेपुरुहवामा आठ व्यक्ति घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यहाँ २५० भन्दा बढी घरहरु क्षति भएका छन् । यसैगरी वडा नं १० को कालाबन्जार गाउँमा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १३ वर्षीय बालक अजित चमारको टा...
दुई करोड भारुसहित १५ जना पक्राउ

दुई करोड भारुसहित १५ जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट नेपालको विभिन्न नाका हुँदै अवैध तरिकाले प्रतिबन्धित भारतीय नोट ल्याएका १५ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले भारतमा प्रतिबन्ध लगाइएको रु ५०० र रु एक हजार दरका दुई करोड १६ लाख ६१ हजार भारतीय रुपैयाँसहित मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कमला भण्डारी, दिलीपकुमार लाल, मेघबहादुर थापा, सानुराजा र...
छुरा प्रहार गरी हत्या गर्ने युवक पक्राउ

छुरा प्रहार गरी हत्या गर्ने युवक पक्राउ

काठमाडौँ। छुरा प्रहार गरी एक युवकको हत्या गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौँको नघल गल्ली बस्ने ‘लम्बु भाई’, ‘रोनिश’ भन्ने भूषण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नघल गल्ली बाङ्गेमुढामा अज्ञात व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका अवस्थामा सोमबार राति फेला परेका काठमाडौँ शङ्खमुल बस्ने ललितपुर महानगरपालिका पिलाछेका १९ वर्षीय आतिश लामाको उपचारका लागि वीर अस्पतालतर्फ लैज...
जेठ ३१ मा ताेकिएको दोस्रो चरणको चुनाव सार्न प्रस्ताव

जेठ ३१ मा ताेकिएको दोस्रो चरणको चुनाव सार्न प्रस्ताव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नगरी दोस्रो चरणको चुनावमा नजान सरकारलाई दबाव दिएको छ। संशोधनसहित आफ्ना माग पुरा गर्न समय लाग्छ भने जेठ ३१ को चुनाव सार्न सकिने राजपाका नेताहरुले प्रस्ताव गरेका छन् । राजपा नेपालका नेताहरुले बुधबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुसँग छुट्टा छुट्टै वार्ता गरेका थिए । सिंहदरवारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँग...
निर्वाचन अपडेट: अहिलेसम्म कसले कति स्थानमा जिते ? ताजा मत परिणाम हेर्नुहोस्

निर्वाचन अपडेट: अहिलेसम्म कसले कति स्थानमा जिते ? ताजा मत परिणाम हेर्नुहोस्

धनकुटा । पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । मंगलवार अपरान्ह ५ बजेसम्म ३० स्थानको मत परिणाम प्राप्त भएको छ । जसमा एमालेले अग्रता लिएको छ । ३० मध्ये एमालेले ११ स्थानमा बिजय हासिल गरेको छ भने ९१ स्थानमा अग्रता लिएको छ । ३० स्थानको मतपरिणाम आउँदा काग्रेस दोस्रो स्थानमा छ । उसले ९ स्थानमा बिजय हासिल गरेका छ भने ८९ स्थानमा अग्रता लिएको छ । यता माओवादी केन्द्र भने ८ स्थानीय...
झापाका सवै नगरपालिकामा राप्रपाका उम्मेदवार तय, को-को छन उम्मेदवार ?

झापाका सवै नगरपालिकामा राप्रपाका उम्मेदवार तय, को-को छन उम्मेदवार ?

भद्रपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि झापाका सबै नगरपालिकाका लागि उम्मेदवार छनोट गरिसकेको छ । सो अनुसार भद्रपुर प्रमुखमा नवराज पनेरु र उपप्रमुखमा राधा कार्की, मेचीनगर प्रमुखमा अशोक सुब्बा र उपप्रमुखमा सविना बजगार्इं, कन्काई प्रमुखमा केदार गिरी र उपप्रमुखमा चित्रा श्रेष्ठ, शिवसत्ताक्षी प्रमुखमा उमानाथ दाहाल र उपप्रमुखमा रोजी लुइँटेल, दमक प्रमुखम...
जुम्लाबाट माओवादी केन्द्रले खोल्यो खाता, एमालेको फराकिलो अग्रता

जुम्लाबाट माओवादी केन्द्रले खोल्यो खाता, एमालेको फराकिलो अग्रता

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा बिजयी हुँदै माओवादी केन्द्रले पनि खाता खोलेको छ । माओवादी केन्द्रका हरिबहादुर भण्डारीले १ हजार ५ सय ९६ मत प्राप्त गर्दै बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका क्षेत्र भण्डारीले १ हजार ४ सय ६७ मत प्राप्त गरेका छन । १ सय २९ मतान्तरले माओवादी केन्द्रका भण्डारी बिजयी भएका हुन । यता भर्खरै प्राप्त जानकारी अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका प...
यही साता पदबाट राजीनामा दिने प्रधानमन्त्री दाहालको घोषणा

यही साता पदबाट राजीनामा दिने प्रधानमन्त्री दाहालको घोषणा

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले जेठ ७ गतेभित्र संसद्ला‌ई सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । संसद् बैठक जेठ ४ गते बस्दैछ । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्‌लाई सम्बोधन गरेर राजीनामा दिन लागेको बताए  । स्थानीय तहको चुनाव सफल बनाएकोमा खुशी देखिएका प्रधानमन्त्रीले जेठ ...
निर्वाचन अपडेटः कुन–कुन पाटीले कहाँ–कहाँ जिते ? पूर्ण विवरण हेर्नुहोस्

निर्वाचन अपडेटः कुन–कुन पाटीले कहाँ–कहाँ जिते ? पूर्ण विवरण हेर्नुहोस्

धनकुटा । पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । हालसम्म ९ वटा स्थानीय तहको परिणाम आएको छ । अन्य स्थानीय तहमा भने मतगणना जारी छ । हालसम्म नेकपा एमालेले ५ स्थानमा बिजयी हासिल गर्दै अग्रता कायम गरेको छ । त्यस्तै नेपाली कांग्रेसले-२ , माअाेवादी केन्द्र-१ र स्वतन्त्र उम्मेद्वार-१ बिजयी भएका छन । एमाले-५ मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी ...
७९ स्थानीय तहको मतगणना जारी, कहाँ-कहाँ हुदैछ मतगणना ?

७९ स्थानीय तहको मतगणना जारी, कहाँ-कहाँ हुदैछ मतगणना ?

काठमाडौँ। स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको छ । निर्वाचन आयोगका अनुसार, रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट आज बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने कार्य भइरहेको छ । प्रदेश नम्बर ३ का ८, प्रदेश नम्बर ४ का २५ र प्रदेश नम्बर ...
धादिङमा एमाले कार्यकर्ताको हत्या, कांग्रेस-एमाले झडपमा चार घाइते

धादिङमा एमाले कार्यकर्ताको हत्या, कांग्रेस-एमाले झडपमा चार घाइते

मलेखु (धादिङ)। दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ । पिलभन्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरिएको र त्रिपालसँगै जस्तापाताले समेत छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका...
error: Content is protected !!