संगालोखबर संवाददाता

काठमाडौं। काठमाडौंबाट दोलखातर्फ जाँदै गरेको टाटासुमो जिप बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका ७ भालुखोला नजिक शुक्रबार दिउँसो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

Advertisement

ना १ ज ४९३५ नं को टाटासुमो जीप अनियन्त्रित भइ सडकबाट १५ फीट तल खस्दा दोलखा नाम्दु घर भएका चालक २४ वर्षीय रामहरि दासको मृत्यु भएको प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए ।

जिपमा सवार ७ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । सामान्य घाइते पाँच जनाको स्थानीय सुनकोसी अस्पतालमा उपचार भएको छ ।

तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आंकलन छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement