स्थानीय तहको चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन ? यस्तो छ खर्चको सीमा
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले खर्च पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी रकम खर्च गरेको खुल्न आएमा विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुने छ ।
आयोगका अनुसार चार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने सीमा तोकिएको छ । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारको चु...