रसुवा । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौँबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ ।

छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ । हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन् ।

Advertisement

हेलिकप्टर मर्मत गरी काठमाडौँ लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!