गाडी किन्ने विवादले गाउँपालिकाको काम प्रभावित
गोरखा, ७ पुस । गोरखाको भिमसेन गाउँपालिकाका अध्यक्ष र कार्यकारी अधिकृतबीचको विवादले गाउँपालिकाको काम नै प्रभावित बनेको छ । एकअर्काको काम र निर्णयप्रति समर्थन नहुँदा कामकाज प्रभावित भएको हो ।
अध्यक्ष इश्वर पाण्डे र कार्यकारी अधिकृत श्यामकृष्ण पौडेलबीचको टसलका कारण स्वास्थ्य र पशु क्षेत्रको कार्यक्रमका लागि बजेट विनियोजन हुन सकेको छैन । गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि खरिद नह...


























