बाबुरामका मामा भन्छन्ः भाञ्जाको जीत हर्ष न बिस्मात!
गोरखा, २५ मंसिर । ‘आज त खुब भाञ्जा (बाबुराम) लाई बोकेर हिँडिएको छ होइन?’ डा. बाबुराम भट्टराईका मामा गोरखा छोप्राकका पुराना कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेलाई साथीले सोधेपछि उनको जवाफ थियो, ‘व्रतबन्ध गरियो अब काशी लैजान लागेको।’ काशी पठनपाठनका लागि लैजाने प्रचलन नेपालीहरुमा केही वर्षअघिसम्म जीवित थियो।
रुखबाहेक अरु चिन्हमा भोट नदिने सार्वजानिक घोषणा गरेका चन्द्रप्रसादले मंसिर १० गते रुखमा मा...































