वामपन्थी दलबीचको एकता सकारात्मक : थापा
विराटनगर, २४ असोज । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘नेकपा(माओवादी केन्द्र)ले विपक्षी दल नेकपा(एमाले)सँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने निर्णय गरेपछि वर्तमान सरकार अल्पमतमा पर्न सक्ने, मुलुकमा अस्थिरता उत्पन्न हुन सक्ने र निर्वाचन धरापमा पर्न सक्न...


















