गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक : नेता खनाल
इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउनुभएको छ ।
इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भए पनि तो...
