संसद बिघटन हुँदै, यस्तो छ चार वर्षको लेखाजोखा
काठमाडौं, २७ असोज । संसद्को पछिल्लो अधिवेशन २०७४ जेठ ८ गते सोमबार प्रारम्भ भई शुक्रबार समापन हुने भएको छ । सम्भवतः यो अधिवेशनपछि संसद्को अवधि पनि सकिनेछ।
प्रदेशसभा र प्रतिनिधिसभाको आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समय असोज २९ गते तोकिएको छ । प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने समय कात्तिक ५ गते तोकिएको छ।
संविधानसभाको दोस्र...

























