चुनावी अभियान सुरु गर्न प्रधानमन्त्री देउवा ताप्लेजुङ जाँदै
काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वी पहाडको ताप्लेजुङबाट चुनावी अभियान सुरु गर्ने भएका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले शनिबार ताप्लेजुङमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रम देउवाका सञ्चार विज्ञ गोविन्द परियारका अनुसार पहिलो चरणमा मंसिर १० गते हुने चुनावमा पार्टीलाई भोट माग्न देउवा पूर्वी पहाड जान लागेका हुन्।
शनिबार ताप्लेज...































