एमाले–माओवादीलाई एकताबाट भाग्ने छुट छैन : पोखरेल
काठमाडौं, १८ वैशाख । नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले नेकपा एमाले र नेकपा माओवादीलाई एकताबाट भाग्ने कुनै छुट नभएको भन्दै दुई कम्युनिष्टको छिट्टै एकता हुने बताएका छन् ।
नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को नयाँ नेतृत्वको कार्यभार हस्तान्तरण कार्यक्रम एवं मे डे को शुभकामना व्यक्त गर्दै उनले न्यायोचित, सम्मानजनक र समानताका तीन आधारमा दुई पार्टीको एकता हुने स्पष्ट पारे ।
...

























