धुलिखेल, ७ चैत।  नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।

स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा काँग्रेस जिल्ला कार्यसमितिले आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘नेपालको संविधानको कार्यान्वयनमा काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेता गच्छदारले आफूलाई उपसभापति दिइए प्रतिपक्षमा रहेर पार्टीले थप सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।

उहाँले काँग्रेसको मान्यता संसदीय प्रजातन्त्र भएको र त्यसको मूल्य मान्यताका लागि हजारौँले रगत बगाएको स्मरण गर्दै पार्टी अझ संगठित हुन आवश्यक रहेको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!