त्रिशूली, नुवाकोट, २ चैत । नेपाली काँगे्रस जिल्ला कार्यसमितिका कोषाध्यक्षको राष्ट्रिय सम्मेलन चैत ७ गते नुवाकोटमा हुने भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ७५ जिल्लाका कोषाध्यक्ष र केन्द्रीय नेताको सहभागिता रहने काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिए ।
सम्मेलनको उद्घाटन काँग्रेसका केन्द्रीय सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको पनि उनले बताए ।