एमाले निर्वाचन : मोरङबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित

एमाले निर्वाचन : मोरङबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित

विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानबाट मोरङका पाँच जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । ११ औँ राष्ट्रिय महाधिवेशनबाट मोरङका जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, शिल्पा निराला कार्की र दिलीप बगडिया केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उपाध्यक्ष पदमा उम्मेदवारी दिएका कोशीकै गुरु बराल पराजित भए । यस्तै सचिव पदमा उम्मेदवारी दिएका नेताहरू लालबाबु पण्डित र वि...
धनकुटाबाट एमाले केन्द्रिय सदस्यमा राजेन्द्र राई र तारा तितुङ निर्वाचित

धनकुटाबाट एमाले केन्द्रिय सदस्यमा राजेन्द्र राई र तारा तितुङ निर्वाचित

धनकुटा । नेकपा एमालेको ११ औं महाधिवेशनबाट धनकुटाका दुई नेता केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । आदिवासी जनजाति खुलातर्फ राजेन्द्रकुमार राई केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । उनले एक हजार ४२४ मत प्राप्त गरेका छन् । यस्तै आदिवासी जनजाति महिलातर्फ तारा तितुङ निर्वाचित भएकी छन् । उनले एक हजार ६१४ मत प्राप्त गरेकी छन् ।
एमाले निर्वाचन : कोशी प्रदेशबाट पाँच पदाधिकारी निर्वाचित

एमाले निर्वाचन : कोशी प्रदेशबाट पाँच पदाधिकारी निर्वाचित

विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट सबैभन्दा बढी पदाधिकारी चयन भएका छन् । कोशीबाट अध्यक्षसहित पाँच जना पदाधिकारी चयन भएका हुन् । अध्यक्षमा केपी शर्मा ओली, उपमहासचिवमा योगेश भट्टराई तथा सचिवमा शेरधन राई, हिक्मतकुमार कार्की र भानुभक्त ढकाल निर्वाचित भएका छन् । बाग्मती उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’ र रघुजी पन्त निर्वाचित हुँदा सचिवमा महेश बस्नेत र रा...
यस्तो छ एमालेको १९ सदस्यीय पदाधिकारी

यस्तो छ एमालेको १९ सदस्यीय पदाधिकारी

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसबाट १९ सदस्यीय पदाधिकारी चयन भएको छ । जसमा अध्यक्षमा केपी शर्मा ओली समूहका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ । अध्यक्षमा ईश्वर पोखरेललाई पराजित गर्दै केपी शर्मा ओली निर्वाचित भए । पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् । सचिवमा सबै ओलीकै प्यानलका...
एमाले निर्वाचन : उपाध्यक्षमा को–को भए निर्वाचित ?

एमाले निर्वाचन : उपाध्यक्षमा को–को भए निर्वाचित ?

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङसहित पाँच जना निर्वाचित भएका छन् । गुरुङले सर्वाधिक १७३७ मत प्राप्त गरेका छन् । यस्तै विष्णुप्रसाद पौडेलले १६७५ मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित भए । रामबहादुर थापा ‘बादल’ १५१६ र गोकर्णराज विष्ट १३६८ मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित भए । रघुजी पन्त १२५८ मत ल्याउँदै उपाध्यक्षमा विजयी भए । अहिलेका उपाध्यक्ष समेत रहेका गुरु बराल १...
एमाले निर्वाचन : उपमहासचिवमा लेखराज, रघुवीर र योगेश निर्वाचित

एमाले निर्वाचन : उपमहासचिवमा लेखराज, रघुवीर र योगेश निर्वाचित

काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । भट्टले १४५२, महासेठले १३६८ र भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् । भट्ट र महासेठ केपी शर्मा ओली प्यानलका विजयी भएका हुन् । यस्तै भट्टराई ईश्वर पोखरेलको प्यानलबाट विजयी भएका हुन् । उपमहासचिवका उम्मेदवार विष्णुप्रसाद रिमालले १०९१, आनन्दप्रसाद पोख्रेलले ६३५, बैजनाथ चौधरीले ५१७ र राजेन्द्रप्रसाद...
सचिवमा ओली प्यानल नै निर्वाचित, को–को भए विजयी ? 

सचिवमा ओली प्यानल नै निर्वाचित, को–को भए विजयी ? 

काठमाडौं ।  नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै निर्वाचित भएको छ । निर्वाचित सचिवमध्ये सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुँदा पद्माकुमारी अर्याल १५३० मत ल्याएर विजयी भएकी छन् । यसैगरी छविलाल विश्वकर्मा १५०६ मत ल्याएर विजयी भए । शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कंडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक...
एमाले महासचिवमा शंकर पोखरेल विजयी

एमाले महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।  उपाध्यक्षका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल महासचिवमा निर्वाचित भएका हुन् । पोखरेलले १२२८ मत ल्याउँदा पाण्डेले ९९९ मत प्राप्त गरे । अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।
ईश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै केपी शर्मा ओली अध्यक्षमा निर्वाचित

ईश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै केपी शर्मा ओली अध्यक्षमा निर्वाचित

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेललाई १०९९ मतान्तरले हराउँदै ओली पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे ।
एमाले निर्वाचन : उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ अगाडि, अहिलेसम्म कसको कति मत ? 

एमाले निर्वाचन : उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ अगाडि, अहिलेसम्म कसको कति मत ? 

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा उपाध्यक्ष पदमा हालसम्म सबैभन्दा धेरै मत पृथ्वीसुब्बा गुरुङले पाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उपाध्यक्षका उम्मेदवार गुरुङले ९०० मत ल्याएका छन् । यस्तै  विष्णु प्रसाद पौडेल ८४६, रामबहादुर थापा बादलले ७१४, गोकर्ण राज विष्टले ७१३, रघु जी पन्तले ६१७ र गुरुप्रसाद बरालले ५८५ मत प्राप्त गरेका छन् । डा. बिन्दा पाण्डेले ४७४, पर्शुराम मेघि...
एमाले निर्वाचन : सचिवमा महेश बस्नेत अगाडि, पद्मा र छविलाल पछ्याउँदै

एमाले निर्वाचन : सचिवमा महेश बस्नेत अगाडि, पद्मा र छविलाल पछ्याउँदै

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा सचिव पदका उम्मेदवार महेश बस्नेत अगाडि देखिएका छन् । उनले पछिल्लो मत परिणाम अनुसार सबैभन्दा बढी मत प्राप्त गरेका छन् । बस्नेतले ७८३ मत प्राप्त गर्दा दोस्रो स्थानमा पद्मा कुमारी अर्यालले ७७८ मत पाएकी छन् । यस्तै छविलाल विश्वकर्माले ७६९, शेरधर राईले ७६७,  हिक्मत कुमार कार्कीले ६७२, यामलाल कँडेलले ६२६, खगराज अधिकारीले ६८०, राजन भट्टराईले...
एमाले निर्वाचन : अध्यक्षमा ओलीले ८४३ मत ल्याउँदा पोखरेलको कति ?

एमाले निर्वाचन : अध्यक्षमा ओलीले ८४३ मत ल्याउँदा पोखरेलको कति ?

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको अग्रता थप फराकिलो हुँदै गएको छ । पछिल्लो मत परिणाम अनुसार ओलीले ८४३ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।
एमाले महाधिवेशन : सचिवमा महेश र छविलालको बराबर हुँदा कसको मत कति ?

एमाले महाधिवेशन : सचिवमा महेश र छविलालको बराबर हुँदा कसको मत कति ?

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा सचिव पदका उम्मेदवार महेश बस्नेत र छविलाल विश्वकर्माले हालसम्म बराबरी मत प्राप्त गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार बस्नेत र विश्वकर्माले बराबरी ३११/३११ मत पाएका छन् । यस्तै पद्मा कुमारी अर्यालले ३०५ मत प्राप्त गर्दा शेरधन राईले ३०० मत ल्याएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका हिक्मत कुमार कार्कीले २७४, यामलाल कँडेलले २५९,...
एमाले निर्वाचन : उपाध्यक्षमा को–को छन् अगाडि ?

एमाले निर्वाचन : उपाध्यक्षमा को–को छन् अगाडि ?

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा उपाध्यक्ष पदमा हालसम्म सबैभन्दा धेरै मत पृथ्वीसुब्बा गुरुङले पाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उपाध्यक्षका उम्मेदवार गुरुङले ३५६ मत ल्याएका छन् । यस्तै  विष्णु प्रसाद पौडेल ३४९, रामबहादुर थापा बादलले ३०९, गोकर्ण राज विष्टले २५६, रघु जी पन्तले २५३ र गुरुप्रसाद बरालले २४२ मत प्राप्त गरेका छन् । डा. विन्दा पाण्डेले १७९, पर्शुराम मेघि...
अध्यक्षमा केपी ओलीले फराकिलो अन्तर बनाउँदै

अध्यक्षमा केपी ओलीले फराकिलो अन्तर बनाउँदै

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले फराकिलो अन्तर बनाउँदै गएका छन् । पछिल्लो मत परिणाम अनुसार ओलीले ४८९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले १७७ मत ल्याएका छन् । यस्तै महासचिवका उम्मेदवार शंकर पोखरेलले ३६४ मत ल्याउँदा सुरेन्द्र प्रसाद पाण्डेले ३०२ मत प्राप्त गरेका छन् ।  अहिले मतगणना जारी छ । सुरुवाती चरणमा अध्...
एमालेको निर्वाचन : सुरुवाती चरणमा को–को छन् अगाडि ?

एमालेको निर्वाचन : सुरुवाती चरणमा को–को छन् अगाडि ?

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । सुरुवाती चरणमा अध्यक्षसहित पदाधिकारीमा केपी शर्मा ओली पक्षका उम्मेदवार अगाडि देखिएका छन् । अध्यक्ष केपी शर्मा ओली : ३३३ ईश्वर पोखरेल : ११० उपाध्यक्ष विष्णु प्रसाद पौडेल : १७३ पृथ्वीसुब्बा गुरुङ : १७१ रामबहादुर थापा बादल : १५३ गोकर्ण राज विष्ट : १३२ रघु जी पन्त : १२३ गुरु प्रसाद बराल : १०९ डा. विन्दा पा...
एमाले निर्वाचन : अध्यक्षमा केपी ओलीको तेब्बर अग्रता 

एमाले निर्वाचन : अध्यक्षमा केपी ओलीको तेब्बर अग्रता 

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतगणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भन्दा ओली तेब्बरले अगाडि छन् । ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत ल्याएका छन् । सुरुवाती चरणमा अध्यक्षसहित पदाधिकारीमा ओली पक्षका उम्मेदवार अगाडि देखिएका छन् ।
एमाले निर्वाचन : अध्यक्षमा केपी ओलीको सुरुवाती अग्रता

एमाले निर्वाचन : अध्यक्षमा केपी ओलीको सुरुवाती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतगणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ओलीलाई पछ्याइ रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा ओलीले १५६ मत ल्याउँदा पोखरेलले ६७ मत ल्याएका छन् । महाधिवेशन सचिवालयका अनुसार निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट ‘चिप्स’ निकालेर मुचुल्का हस्ता...
एमाले महाधिवेशन : ३ सय मत खस्यो, मध्यरातसम्ममा नतिजा आउने सम्भावना

एमाले महाधिवेशन : ३ सय मत खस्यो, मध्यरातसम्ममा नतिजा आउने सम्भावना

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । आज बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।‍ एमालेका कुल दुई हजार दुई सय ६३ प्रतिनिधिहरू छन् । प्रतिनिधिहरू लामबद्ध भएर पालैपालो मतदान गरिरहेका...
हर्क साम्पाङले गरे पार्टीका उपाध्यक्ष राजकुमार लामालाई निलम्बन

हर्क साम्पाङले गरे पार्टीका उपाध्यक्ष राजकुमार लामालाई निलम्बन

विराटनगर । श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार लामालाई पार्टीबाट निलम्बन गरिएको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष लामालाई निलम्बन गरेका हुन् । साम्पाङले भिडियो सन्देशमार्फत उपाध्यक्ष लामालाई निलम्बन गरिएको जनाएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपाध्यक्ष लामालाई पक्राउ गरेको छ । उनीमाथि निष्पक्ष छानबिन गर्न आग्रह गर्दै निर्दोष नठहरिएसम्म पार्टीक...
एमाले महाधिवेशन : सुरु भयो मतदान

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन् । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका हुन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट भोट हालेका छन् । मंगलबार साँझबाट हुने भनिएको मतदान प्रक्रिया प्राविधिक समस्याका कारण आज बिहानका लागि सारिएको थियो । आज बिहान ८ बजेदेखि मतदान हु...
एमाले निर्वाचन : ८० वटा विद्युतीय मेसिनबाट मतदान हुँदै

एमाले निर्वाचन : ८० वटा विद्युतीय मेसिनबाट मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । ८० वटा विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी हुँदैछन् । केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् । मंगलबार साँझबाट सुरु हुने भनिए पनि प्राविधिक समस्याका कारण आज बिहानबाट मतदान सुरु हुन लागेको...
एमाले महाधिवेशन : राति ८ बजेपछि मतदान सुरु हुने

एमाले महाधिवेशन : राति ८ बजेपछि मतदान सुरु हुने

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । दिउँसो २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म मतदान भएको छैन । विद्युतीय मेसिनमा उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले इन्ट्री गराउन समय लागेपछि मतदानमा ढिलाइ भएको जनाइएको छ । मेसिनमा उम्मेदवारहरूको फोटो र नाम सँगसँगै इन्ट्री गर्नुपर्ने भएकाले समय लागेको हो । अब छिटो गरी सुरु गर्दा पनि साँझ ८ बज...
एमाले महाधिवेशन : कोशीबाट को-को छन् उम्मेदवार ? 

एमाले महाधिवेशन : कोशीबाट को-को छन् उम्मेदवार ? 

विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा कोशी प्रदेशबाट उम्मेदवारी दिने नेताहरूको संख्या धेरै छ । मोरङका नेता गुरु बराल अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यले पनि उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । ओली प्यानलबाट केन्द्रीय सदस्यको सूचीमा परेका आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्तै ईश्वर पोखरेल प...
एमाले महाधिवेशन : ४ बजेपछि मतदान, मत हाल्न ३५ मिनेट लाग्ने

एमाले महाधिवेशन : ४ बजेपछि मतदान, मत हाल्न ३५ मिनेट लाग्ने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । विद्युतीय उपकरण मार्फत हुने मतदान दिउँसो ४ बजेपछि सुरु हुने जनाइएको छ । नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह चुनावी मैदानमा छन् । उम्मेदवारलाई उपकरणमा सूचीकृत गर्न अपराह्‍न चार बजेसम्म लाग्ने जनाइएको छ । त्यसपछि मतदान प्रक्रिया अघि बढ्ने छ । मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५ ...
नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामले सपथ लिएका हुन् । उनीहरूलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् । उनीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको ज...
चौथो पटक मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी

चौथो पटक मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लागिएको छ । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने तय भएको छ ।
श्रम संस्कृति पार्टीले बहुमत ल्याउने हर्क साम्पाङको दाबी

श्रम संस्कृति पार्टीले बहुमत ल्याउने हर्क साम्पाङको दाबी

धनकुटा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । आज पार्टीको भेलालाई सम्बोधन गर्न धनकुटा आएका साम्पाङले यस्तो दाबी गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई बहुमत ल्याउन कसैले नरोक्ने दाबी गरे । देश जोगाउन आफूले पार्टी दर्ता गर्नुपरेको बताउँदै उनले आफूभन्दा देशभक्त देशमा कोही पनि नभएको उल्लेख गरे । पा...
श्रम संस्कृति पार्टीले धनकुटामा वृहत जनसभा गर्ने, सम्बोधन गर्न हर्क साम्पाङ आउने

श्रम संस्कृति पार्टीले धनकुटामा वृहत जनसभा गर्ने, सम्बोधन गर्न हर्क साम्पाङ आउने

धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटामा वृहत जनसभा गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर २५ गते वृहत जनसभा गर्न लागिएको जानकारी दिएको हो । जनसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ आउने जनाइएको छ । सभा धनकुटाको तल्लो टुँडिखेलमा हुनेछ । धनकुटा बसपार्कबाट निकालिने र्‍याली टुँडिखेलमा पुगेर कोणसभामा परिणत हुने पार्टीका जिल्ला अध्यक्ष आकाश राईले...
मन्त्री भएपनि नभएपनि इमान्दारितापूर्वक जनताको सेवा गर्छु : सुनिल शर्मा

मन्त्री भएपनि नभएपनि इमान्दारितापूर्वक जनताको सेवा गर्छु : सुनिल शर्मा

विराटनगर । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा सर्वसम्मत भएका हुन् । केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएकोमा मोरङ-३ मा भने अन्य कुनै नेताले उम्मेदवारीमा दाबी गरेनन् । सर्वसम्मत सिफारिस भएपछि शर्माल...
मधेश प्रदेशमा दुई बिना विभागियसहित तीन मन्त्री नियुक्त

मधेश प्रदेशमा दुई बिना विभागियसहित तीन मन्त्री नियुक्त

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । नेपाली काँग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन जना मन्त्री बनेका छन् । जनमत पार्टीबाट महेश प्रसाद यादव, काँग्रेसबाट जंगीलाल राय र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल मन्त्री बनेका छन् । उनीहरूमध्ये यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुई जना मन्त्रीलाई भने कुनै विभागको जिम्म...
error: Content is protected !!