पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ ।
बिहान ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो दुवैतर्फबाट पन्छाइएपछि बिहान ७ः२५ देखि सडक सञ्चालनमा आएको हो । सो सडकमा राति आवागमन रोकिँदै आएको छ ।
नारायणगढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट बिहान ५ बजे सवारी छाड...
