गोलीसहित दुईजना पक्राउ
पर्सा। भारतबाट अवैध रुपमा भित्र्याइएका ५० थान गोलीसहित पक्राउ परेका दुईजना अभियुक्तलाई आज जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ ।
बाह्र बोरको ५० थान गोलीसहित पक्राउ परेका पर्साको बगवाना–७ निवासी ५५ वर्षका क्षेत्री चौधरी र २१ वर्षका रामकिशुन चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
ना ४५ प ९१९६ नम्बरको मोटरसाइकलमा सवार रहेका चौधरीद्वयले आलुको बोरामा गोली लुकाइछिपाई नेपाल भित्र्याउन लागेक...
