२०३० सम्ममा समृद्धिको संकेत पाइने छ: प्रधानमन्त्री

२०३० सम्ममा समृद्धिको संकेत पाइने छ: प्रधानमन्त्री

काठमाडौँ, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भन्नुभयो, “संयुक्त राष्ट «संघले राखेको दिगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको ...
म्यान्मारका सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चलाउनु पर्दछः राष्ट्रसंघ

म्यान्मारका सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चलाउनु पर्दछः राष्ट्रसंघ

जेनेभा, ११ भदौ । संयुक्तराष्ट्र संघका अनुसन्धाताहरुले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकको जातीय नरसंहारमा म्यान्मारका सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डर दोषी देखिएकाले उनीहरुमाथि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरुले सोमबार प्रकाशन गरेको प्रतिवेदनमा म्यान्मारको यस घटनाको स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्ने पनि जनाएका छन् । म्यान्मारले गतवर्ष अगस्टमा रखाइन राज्यमा गरे...
जापानद्वारा अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलर सहयोग

जापानद्वारा अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलर सहयोग

काबुल, ११ भदौ । जापानले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग गरेको छ । सो रकम अफगानिस्तानका आमा र उनीहरुका सन्तानको आधारभूत स्वास्थ्य सेवाको उपचारको सहयोगार्थ दिइएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जारी एक विज्ञप्तिमा जनाइएको छ । जापान सरकारले अफगनिस्तानमा मातृशिशु स्वास्थ्य कार्यक्रमको लागि युनिसेफमार्फत यो रकम उपलब्ध गराइएको हो । यस सहयोगबाट अफगान आमा र बालबालिकाको स्वास्थ्य, क...
नेपाली क्रिकेट टोली मलेसियातर्फ

नेपाली क्रिकेट टोली मलेसियातर्फ

काठमाडौँ, ११ भदौ । एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ । एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि टोली आज मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफ...
प्रजनन स्वास्थ्यको कमजोरी देखाएर सम्बन्ध विच्छेद गर्न नपाइने

प्रजनन स्वास्थ्यको कमजोरी देखाएर सम्बन्ध विच्छेद गर्न नपाइने

काठमाडौं ।  प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर श्रीमान्श्री/मतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न र सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमा भनिएको छ, “प्रजनन स्वास्थ्यको रुग्णताका कारण देखाइ कसैलाई पनि सम्बन्ध विच्छेद गर्न, घरबाट निकाला गर्न, विस्थापन ग...
पूर्वपश्चिम राजमार्गको झिलझिलेमा सडक दुर्घटना-एकको मृत्यु, चार गम्भीर घाइते

पूर्वपश्चिम राजमार्गको झिलझिलेमा सडक दुर्घटना-एकको मृत्यु, चार गम्भीर घाइते

भद्रपुर, ११ भदौ । पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई आज बिहान ३ बजे सडकमै पल्टिएको थियो । दुर्घटनामा परी जिपमा सवार घाइते...
चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन

चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन

खोटाङ, ११ भदौ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आउनुभएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो । विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेटसमेत जडान गरिएको छ । समाजसेवी राईले नौ ...
मोटरसाइकलसहित तस्करी सामग्री पक्राउ

मोटरसाइकलसहित तस्करी सामग्री पक्राउ

विराटनगर, ११ भदौ । प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत अवैध सामग्रीसहित सुनसरी जिल्ला इटहरी उपमहानगपालिका–७ बस्ने ३५ वर्षीया मीन...
छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु

छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु

लहान, ११ भदौ । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ । गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका–६ निवासी ५५ वर्षीय जीवछ महतोको मृत्यु भएको छ । ठक्...
बिमस्टेक शिखर सम्मेलन: दक्षिण–पूर्वी एसियासम्म विद्युत् निर्यातको बाटो खुल्ने

बिमस्टेक शिखर सम्मेलन: दक्षिण–पूर्वी एसियासम्म विद्युत् निर्यातको बाटो खुल्ने

काठमाडौँ, ११ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल (बिमस्टेक)को आसन्न शिखर सम्मेलनमा विद्युतीय ग्रिड अन्तरसञ्जालसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । यो समझदारीपछि बिमस्टेकमा आबद्ध सात मुलुकबीच विद्युत् व्यापारको बाटो खुल्नेछ । ‘समझदारीमा यस क्षेत्रका मुलुकहरूले ऊर्जा व्यापार गर्न पाउने र क्षेत्रीय रूपमा ऊर्जाको आदानप्रदान गर्दा सबैलाई आफ्नो मुलुकको ...
काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईंदै

काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईंदै

काठमाडौँ, ११ भदौ । काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । शहरमा गाई पाल्नेहरुले भने ...
निर्मलाका परिवारलाई तीन लाख सहयोग दिने घोषणा

निर्मलाका परिवारलाई तीन लाख सहयोग दिने घोषणा

कञ्चनपुर, ११ भदौ । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गर्नुभएको हो । यसअघि भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकबाट पन्त परिवारलाई आवश्यक सहयोग गर्ने निर्णय गरिएको थियो । नगर प्रमुख विष्टले निर्मलाका परिवारलाई नगरपालिका कार्यालयबाट रु तीन लाख सह...
संघीय सरकारद्वारा स्थानीयको कर दायरा छानबिन सुरु

संघीय सरकारद्वारा स्थानीयको कर दायरा छानबिन सुरु

काठमाडौं , ११ भदौ । स्थानीय सरकारले जथाभावी तोकेको करको दायराको आलोचना बढेपछि संघीय सरकारले छानबिन थालेको छ । स्थानीय सरकारले संविधान र करका आधारभूत सिद्धान्तअनुसार भए नभएकोबारे बुझ्न २९ साउनमा मन्त्रिपरिषद् बैठकले अध्ययन गर्ने निर्णय गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा गठित समितिले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिक...
अव बलात्कार गर्नेलाई बाँचुन्जेल जेल

अव बलात्कार गर्नेलाई बाँचुन्जेल जेल

काठमाडौँ, ११ भदौ । मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ ।  संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो । संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेमा, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेमा, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा, कुनै जात, ...
राजधानीमा १४ बर्षीया बालिका बलात्कृत !

राजधानीमा १४ बर्षीया बालिका बलात्कृत !

काठमाडौँ, ११ भदौ । नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी छिन् । नियमित खाजा खाना आउने बाजुरा स्थायी घर घर भएका साज बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ । ती बालिकालाई खाजाघरकै शौचालयमा लगेर बलात्कार गरेको आरोपमा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या

यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या

विराटनगर, ११ भदौ । विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए। प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबा...
करदाताकै संलग्नतामा व्यावहारिक कर निर्धारण गर्दै भरतपुर महानगरपालिका

करदाताकै संलग्नतामा व्यावहारिक कर निर्धारण गर्दै भरतपुर महानगरपालिका

चितवन, ११ भदौ । स्थानीय तहमा तय गरिएको करको चर्काे विरोध भइरहँदा यहाँको भरतपुर महानगरपालिकाले वैज्ञानिक र व्यावहारिक कर निर्धारणका लागि गृहकार्य गरिरहेको छ । कर तिर्नेकै संलग्नतामा कर निर्धारण गरेर महानगरले कतिपय लागू गरिसकेको छ भने कतिपय समायोजनको तयारीमा छ । महानगरपालिकाले श्रेणी निर्धारण गरेर व्यवसायीको स्वघोषणाको आधारमा कर लिने कार्य अघि बढाएको हो । पूँजी, लगानी, कारोवार, स्थानको आधारमा पह...
नेपाली सुरक्षाकर्मी- विदेशमा अब्बल स्वदेशमा निर्बल !

नेपाली सुरक्षाकर्मी- विदेशमा अब्बल स्वदेशमा निर्बल !

काठमाडौँ, ११ भदौ ।  नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् । गत जेठ अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनबीचको वार्तास्थलको सुरक्षार्थ नेपाली सुरक्षाटोली समेत खटिँदा ठूलै चर्चा भएक...
बिराटनगरमा सुरक्षागार्ड हत्या प्रकरण : हत्या आरोपमा आठ दिनपछि ठेला चालक पक्राउ

बिराटनगरमा सुरक्षागार्ड हत्या प्रकरण : हत्या आरोपमा आठ दिनपछि ठेला चालक पक्राउ

विराटनगर, १० भदौ । केहि दिन अघि बिराटनगरमा भएको सुरक्षा गार्डको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । विराटनगरस्थित विक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड ५० बर्षीय टंकप्रसाद भट्टराईको गत भदौ २ गते बिभत्स तरिकाले हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर–४ जामुनगाछीका २६ वर्षीय सञ्जय सहनीलाई आइतबार विराटनगर–१५ रानी ढाटबाट पक्राउ गरी ...
विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ, १० भदौ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जान...
पाथीभरा गोल्डकप: रेडस्टार झापा विजयी

पाथीभरा गोल्डकप: रेडस्टार झापा विजयी

ताप्लेजुङ, १० भदौ । ताप्लेजुङमा शुक्रबारदेखि जारी तेस्रो पाथीभरा गोल्डकपअन्तर्गत आज भएको तेस्रो खेलमा रेडस्टार क्लब झापा विजयी भएको छ । रेडहर्स क्लब इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा विजयी भएको हो । खेलको दोस्रो हाफको ११औँ मिनेटमा झापाका तर्फबाट मार्टिनले गोल गरेका थिए भने लगत्तै १५औँ मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए । दुई विदेशी खेलाडीले गरेको गोल नै झापाको जितका लागि सहज बन्यो । ...
‘स्वरोजगारलाई विनाधितो लगानी’

‘स्वरोजगारलाई विनाधितो लगानी’

काठमाडौँ, १० भदौ । सरकारले युवा स्वरोजगारका लागि केही युवालाई विनाधितो ऋण लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि विनाधितो ऋण लगानी गर्ने बताउनुभयो । किङ्स कलेजले आयोजना गरेको ‘युनस सोसियल विजिनेस च्यालेञ्ज २०१८¬’ को यहाँ उद्घाटन गर्दै मन्त्री विष्टले भन्नुभयो, “हजारौँ युवामा श्रम र उद्यमशीलताबाट टाढिने मान...
प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै बैंकमा तालाबन्दी

प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै बैंकमा तालाबन्दी

जनकपुरधाम, १० भदौ । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी भदौ १० गते रक्षा बन्धनका दिन बिदा घोषणा गरे पनि सङ्घीय सरकार मातहतका कार्यालयले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक भएको हो । मन्त्री यादव आफै बैंकको कार्या...
अझै व्यवस्थित भएन सेमेस्टर प्रणाली

अझै व्यवस्थित भएन सेमेस्टर प्रणाली

काठमाडौँ, १० भदौ । पर्वतका मनहरी शर्मा सेमेस्टर प्रणाली अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न थालेको तीन वर्ष पुग्न लाग्यो । दुई वर्षमा सकिने भनेको स्नातकोत्तर तहको अध्ययन अहिलेसम्म नसकिँदा उहाँ निकै चिन्तित हुनुुहुन्छ । हाल उहाँ अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै हुुनुहुन्छ । शुरुमा भर्ना हुँदा उहाँमा ठूलो उमंग र उत्साह थियो, अहिले छैन । छ महिनामा एउटा सेमेस्टर सकिने भनिए पनि दश महिन...
तीन अङ्कले घट्यो शेयर बजार

तीन अङ्कले घट्यो शेयर बजार

काठमाडौँ, १० भदौ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २।७८ विन्दुले घटेर एक हजार १७५।७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।५७ विन्दुले घटेर २४८।४२ विन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको रु छ लाख नौ हजार २५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६४३ मूल्यमा खरिद ...
एसियाडः चेलिमोलाई म्याराथनमा स्वर्ण पदक

एसियाडः चेलिमोलाई म्याराथनमा स्वर्ण पदक

जकार्ता, १० भदौ । इन्डोनेसियामा जारी एसियाडमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् । केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेन्डमा पार गरेकी थिइन् । उनले निकटम प्रतिस्पर्धीहरु भन्दा ३ किलोमिटरको अग्रता बनाएर स्वर्ण पदक जितेकी हुन् । चेलिमोले सन् २०१६ को रियो दे जेनेरियोमा ओलम्पिक अघि केन्या छाडेर बहराइनको प्रतिनिधित्व...
१ सय घण्टा बोलेर विश्व कीर्तिमान राख्ने तयारी पूरा

१ सय घण्टा बोलेर विश्व कीर्तिमान राख्ने तयारी पूरा

काठमाडौँ, १० भदौ । सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । केसीले सोमबारदेखि गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा बिहान ६ बजेदेखि अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा भएको कार्यक्रमको संयोजन गरिरहनुभएका न्यू माइण्ड्स एकेडेमिका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकारी दिनुभयो । राष्ट्रिय गौरवसँग जोडिएको यो अभिया...
सुनसरीको मधेसामा एक किशोरी बलात्कृत

सुनसरीको मधेसामा एक किशोरी बलात्कृत

इटहरी, १० भदौ । सुनसरीमा गए राती एक किशोरीमाथि बलात्कार भएको आशंका गरिएको छ । इनरुवा ६ स्थित मधेसामा अन्दाजी १८–१९ बर्षिय किशोरी अचेत अबस्थामा फेला परेकी थिइन । उनलाई पूर्व पश्चिम राजमार्ग छेउमा गए राती ९ बजे अचेत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । ति किशोरी नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला परी उपचारको लागी बिराटनगर तत्कालै लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी ...
तीजः भड्किलो हैन, सजिलो बनाऔँ

तीजः भड्किलो हैन, सजिलो बनाऔँ

दाङ, १० भदौ । नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज गीत प्रतियोगिता गर्न स्थानीय रेडियोमा सूचना सार्वजनिक गरेका छन् । यतिखेर अधिकांश बजारमा किनमेल गर्न आउने महिलाको भीड लागेको छ । परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ल...
एउटै अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती !

एउटै अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती !

काठमाडौँ,१० भदौ । अमेरिकाको ऐरिजोनास्थित एक अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती भएका छन् । ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ नर्स एकैपटक गभवती भएका हुन् । अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको बारे फेसबुक ग्रुपमार्फत थाहा भएको बताइएको छ । रशेल शेरमन भन्छि...
भीमदत्तनगरमा पुनः कफ्र्यु

भीमदत्तनगरमा पुनः कफ्र्यु

भीमदत्तनगर, १० भदौ । कञ्चनपुरको भीमदत्तनगरमा आज पुनः कफ्र्यु लगाइएको छ । भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आज बिहान १० बजेपछि पुनः कफ्र्यु लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्र्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यु हटाइएको थिय...
error: Content is protected !!