काबुल, ११ भदौ । जापानले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग गरेको छ ।

Advertisement

सो रकम अफगानिस्तानका आमा र उनीहरुका सन्तानको आधारभूत स्वास्थ्य सेवाको उपचारको सहयोगार्थ दिइएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जारी एक विज्ञप्तिमा जनाइएको छ ।

जापान सरकारले अफगनिस्तानमा मातृशिशु स्वास्थ्य कार्यक्रमको लागि युनिसेफमार्फत यो रकम उपलब्ध गराइएको हो । यस सहयोगबाट अफगान आमा र बालबालिकाको स्वास्थ्य, कुपोषण, शुद्ध पानी जस्ता विषयमा ठूलो सहयोग हुने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जापानको यस सहायताबाट अफगानिस्तानका ३४ वटा प्रान्तमा आमा र शिशुको आधारभूत स्वास्थ्य सेवामा सहयोग पुग्नेछ । जापानले गरेको यो पछिल्लो सहयोगमा ५२ लाख आमा र शिशुलाई फाइदा हुने जानकारी दिइएको छ ।

युनिसेफका अनुसार, २१ लाख गर्भवती र ३१ लाख बालबालिकाले यस सहयोगबाट लाभ उठाउन सक्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!