एजेन्सी

काठमाडौँ,१० भदौ । अमेरिकाको ऐरिजोनास्थित एक अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती भएका छन् । ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ नर्स एकैपटक गभवती भएका हुन् ।

अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको बारे फेसबुक ग्रुपमार्फत थाहा भएको बताइएको छ ।

रशेल शेरमन भन्छिन्, ‘फेसबुक ग्रुप बन्नु अघि हामीमध्ये कतिजना नर्स गर्भवती छौं भन्ने बारे कसैलाई थाहा थिएन ।’ अर्की नर्स जालेन गैरोले ठट्यौली पारामा भनिन्, ‘हामीले यो योजना सँगै छुट्टी मनाउनका लागि बनाएका हौं ।’

अस्पतालका अधिकारीले यी नर्सले सुत्केरी बिदा लिँदा अरु कर्मचारीको व्यवस्था गरिसकिएको जानकारी दिएका छन् । शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा यी नर्सले अस्पतालको क्याफ्टेरियामा खाना खाने गरेको जानकारी दिए ।

अस्पतालले गर्भवतीका लागि सलादमा अचार र ओलिभको व्यवस्था मिलाइदिएको सिएनएनले बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!