शहीद खुनाको महाकाली नदीमा दाहसंस्कार

शहीद खुनाको महाकाली नदीमा दाहसंस्कार

कञ्चनपुर, १० भदौं । शहीद शनि खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शहीद खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दिपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले शहीद खुनाप्रति शोक सलामी अर्पण गरेको थियो ।...
केरलाको बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या ४४५ पुग्यो

केरलाको बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या ४४५ पुग्यो

कोची, १० भदौ । भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् । राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजपडताल जारी रहेको छ भने घर तथा सार्वजनिक स्थलहरुको सफाईलाई व्यापक बनाइएको छ । केर...
गैह्र सैनिकलाई ६ करोड २९ लाखको छात्रवृत्ति

गैह्र सैनिकलाई ६ करोड २९ लाखको छात्रवृत्ति

काठमाडौँ, १० भदौ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ रु ६ करोड २९ लाख ४९ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । उक्त संस्थानमा आव २०७४/७५ मा ९६ गैह्र सैनिकका सन्ततिलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको सैनिक कल्याणकारी कोषले जनाएको छ । सोही आर्थिक वर्षमा चिकित्सा शास्त्र महाविद्यालयमा ६५, नर्सिङ महाविद्यालयमा ३३ र कलेज अफ मेडिकल पोलिटेक्निक...
छोराको कुटपिटबाट बुबाको मृत्यु, वृद्धलाई बाढीले बगायो

छोराको कुटपिटबाट बुबाको मृत्यु, वृद्धलाई बाढीले बगायो

लहान, १० भदौ । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा...
कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

लहान, १० भदौ । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण ...
एकल पुरुषलाई पनि भत्ता

एकल पुरुषलाई पनि भत्ता

बैतडी, १० भदौ । बैतडीको मेलौली नगरपालिकाले विधुर एकल पुरुष लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताए । एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको हो । उनले भन...
तराई मधेशमा रक्षाबन्धनको उल्लास

तराई मधेशमा रक्षाबन्धनको उल्लास

महेन्द्रनगर, धनुषा, १० भदौ । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजु...
नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै

नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै

भक्तपुर, १० भदौ ।  श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन ने...
भेडीगोठमा हैजा, भेडाबाख्राले आँखा देख्न छाडे

भेडीगोठमा हैजा, भेडाबाख्राले आँखा देख्न छाडे

पाँचथर, १० भदौ । पाँचथरको फालेलुङ गाँउ पालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन् । शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा सेतो हुने त्यसपछि आँखा चिम्म हुने समस्याका कारण फालेलुङ–४ महभीरका टेकबहादुर गुरुङ, फालेलुङ–२ जिमाहाका शुखवहादुर राई र फालेलुङ–३ का मनप्रसाद केरुङले फालेलुङ–४ ...
सुस्तामा भारतीय पक्षबाट पुनः विवाद सिर्जना

सुस्तामा भारतीय पक्षबाट पुनः विवाद सिर्जना

नवलपरासी, १० भदौ । सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको...
कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो

कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो

कञ्चनपुर, १० भदौ । कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो । दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको थियो । ...
कुखुरा नपाल्ने गाउँ !

कुखुरा नपाल्ने गाउँ !

थाहा (मकवानपुर) ,१० भदौ ।  हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालिरहेकै छन् । तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्राय: ले हाँस पालेकै हुन्छ...
‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो’, राखी बाँध्ने सपना अधुरै

‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो’, राखी बाँध्ने सपना अधुरै

काठमाडौँ, १० भदौ । शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथी सन्नी खुना काम गरेबापतको आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए । उनीहरु बाटोभरि रक्षाबन्धनमा दिदीहरुसँग राखी बाँधी माग्ने र उनीहरुलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रुपमा काम गर्थे । ठेकेदारको घरमा उनलाई नभेटेपछि बजा...
निर्मलाको परिवारलाई १० लाख राहत दिइने, खुनालाई शहीद घोषणा 

निर्मलाको परिवारलाई १० लाख राहत दिइने, खुनालाई शहीद घोषणा 

काठमाडौं । सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घटनाप्रति भत्र्सना गर्दै पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी...
साउदीअरबमा अलपत्र नेपालीलाई काम र दाम दिने सहमति

साउदीअरबमा अलपत्र नेपालीलाई काम र दाम दिने सहमति

खोटाङ, १० भदौ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ । साउदी अरबमा ३८ नेपाली कामदार अलपत्रसम्बन्धी समाचार राष्ट्रिय समाचार समिति (रासस) मार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि वैदेशिक रोजगार विभागको रोहबरमा म्यानपावर सञ्चालक र कामदारको आफन्तबीच यस्तो सहमति भएको...
विप्लवदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

विप्लवदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

काठमाडौँ, १० भदौ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको हो । टोलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत, पूर्वमा गतिविधि गरिरहेको कुमार लिङ्देन नेतृत्वको समूहसहित स...
पर्सा जिल्लामा शिक्षक पनि नक्कली !

पर्सा जिल्लामा शिक्षक पनि नक्कली !

वीरगन्ज,  १० भदौ । बिद्यार्थीलाई ज्ञान दिने शिक्षक नै नक्कली भएसी शिक्षाको अवस्था कस्तो होला रु सहजै अनुमान गर्न सकिन्छ शिक्षाको स्तर त खस्कने छ नै बिद्यार्थीको भविष्य डामाडोल समेत हुनेछ । झोले विद्यालयको समस्या समाधान भएलगत्तै नक्कली शिक्षक पक्राउ परेपछि अहिले हैलाखैला मच्चेको छ । एकताका पर्सा जिल्लामा झोले विद्यालयको बिगबिगी थियो र अहिले नक्कली शिक्षक फेला पर्न थालेका छन् । वीरगन्ज महानगरपाल...
अाज उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै

अाज उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै

काठमाडौँ,  १० भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आइतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चल...
हत्या आरोपमा चारजना पक्राउ

हत्या आरोपमा चारजना पक्राउ

बैतडी, ९ भदौ । दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्ना रहेका छन् । “पक्राउ परेका चारै जनालाई अनुसन्धानका लागि पक्रेका छौँं ”जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले भ...
‘इलाम सिटी मार्ट’ बनाइने

‘इलाम सिटी मार्ट’ बनाइने

इलाम, ९ भदौ । जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ । बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो । इलाम नगरपालिका र नेपाल सरकारको रु नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ । भवनमा ९२ सटर, दुई लिफ्ट र चौथो तलामा स्टिलको ट्रस बनाएर त्यसमा तरकारी तथा मासु पसल राखिने नगरपालि...
धार्मिक संघसंस्थालाई पनि कर, कर बढाउँदै लैजाने तयारी

धार्मिक संघसंस्थालाई पनि कर, कर बढाउँदै लैजाने तयारी

काठमाडौँ, ९ भदौ । दक्षिणकाली नगरपालिकाले धार्मिक संघसंस्था, भजनमण्डली, चर्च, मन्दिर र गुम्बालाई पनि करको दायरामा ल्याएको छ । धार्मिक संघसंस्थाको गतिविधिको निगरानी तथा तथ्यांक राख्न आर्थिक विधेयकमार्फत स्थानीय तहमातहत ल्याइएको नगरपालिकाको भनाइ छ । व्यवसाय सञ्चालन भएकालाई करको दायरामा ल्याउने प्रयास मात्र हो’, नगर उपप्रमुख वसन्ती डंगोल तामाङले भनिन्, ‘सुरुवातमा कम कर लगाएका छौंँ । समयअनुसार बढाउ...
पूर्वसहकर्मीहरू सरकारमा मस्त, प्रकाण्डलाई मुद्दैमुद्दा !

पूर्वसहकर्मीहरू सरकारमा मस्त, प्रकाण्डलाई मुद्दैमुद्दा !

काठमाडौँ, ९ भदौ । दुईपटक मन्त्री भइसकेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यति बेला मुद्दामाथि मुद्दा खेपिरहेका छन्। उनका पूर्वसहकर्मीहरु रामबहादुर थापा (गृहमन्त्री), वर्षमान पुन (ऊर्जामन्त्री), मातृकाप्रसाद यादव (उद्योगमन्त्री) र चक्रपाणि खनाल (कृषि मन्त्री) सत्तामा भएका बेला सँगै युद्ध लडेका विश्वकर्मा हिरासतमा छन्। २०६२/०६३ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकार र २०६८ सालमा झलनाथ खनाल नेत...
मुलुकी संहिता : १८ वर्षसम्म बालबालिका, १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

मुलुकी संहिता : १८ वर्षसम्म बालबालिका, १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

काठमाडौँ, ९ भदौ । यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो । भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता, २०७४ ले बालबालिकाको उमेर हदलाई दुई बढाएको छ । साथै मौलिक हक कार्यान्वयन गर्न संसदमा सरकारले ल्याएको बालबालिकासम्बन्धी कानुन संशोधन गर्ने विधेयकमा ‘१८ वर्ष उमेर पूरा नगरेकालाई बालबालिकाका रुपमा मानिने’ भनिएको छ । कसुरजन्य अभियोग लागे यस्ता बालबालिकालाई पुर्पक्षका ...
अब ९८ दिन सुत्केरी बिदा, गर्भपतन गर्न पाउने

अब ९८ दिन सुत्केरी बिदा, गर्भपतन गर्न पाउने

काठमाडौँ, ९ भदौ ।  सुत्केरी महिलालाई यसअघि ९० दिन बिदा दिने कानुन थियो । हाल सरकारले आठ दिन बढाएर ९८ दिन तलबसहित बिदा दिने प्रस्ताव गरेको छ । सुरक्षित मातृत्व र प्रजननसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न ल्याएको विधेयकमा सरकारले हरेक महिलालाई गर्भपतन गर्ने अधिकार हुने भनेको छ ।  आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।
‘फास्ट ट्रयाक’ मा प्रधानमन्त्री अाेलीका निर्देशन

‘फास्ट ट्रयाक’ मा प्रधानमन्त्री अाेलीका निर्देशन

काठमाडौँ, ९ भदौ । ३ भदौमा प्रधानमन्त्री केपी ओलीको कार्यकालको ६ महिना पूरा भएको छ । सरकारले सयदिने उपलब्धि र पाँचमहिने उपलब्धिका विवरण पनि सार्वजनिक गरेको छ । कार्यक्रमहरूमा लामै प्रवचन दिने स्वभावका प्रधानमन्त्री ओली समृद्ध नेपालका लागि अब अलमलिने छुट कसैलाई नभएको बताउने गर्छन् । कतिपय महत्वपूर्ण विषयमा सक्रियता देखाउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन पनि दिने गर्छन् । विकास निर्माण, सुशा...
प्रधानमन्त्री ओलीलाई पाँच हजार जरिवाना !

प्रधानमन्त्री ओलीलाई पाँच हजार जरिवाना !

काठमाडौं । प्रधानमन्त्री केपी ओली र उनका सुरक्षाकर्मीले संविधानविपरीत काम गरेको भन्दै प्रदेश २ का सांसदले उनीहरूलाई पाँचपाँच हजार रुपैयाँं जरिवाना तिराउनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री ओलीले प्रदेश २ को संसद्लाई सम्बोधन गरेकै दिनदेखि उनीहरूले यस्तो माग गर्दै आएका हुन  । प्रदेश संसद् सम्बोधनको समयमा शनिबार प्रधानमन्त्री ओलीका साथमा गएका सैनिकले पनि संविधानको अवमूल्यन गरेको हुँदा उनीहर...
हातपात गर्ने कर्मचारी अब सीधै बर्खास्त

हातपात गर्ने कर्मचारी अब सीधै बर्खास्त

काठमाडौँ, ९ भदौ ।  कर्मचारी बौद्धिक श्रमिक हुन् । बुद्धिले काम गर्नुपर्ने । तर बेलाबखत उनीहरु नै आपसमा हातपात गर्छन् । त्यसरी हातपात गर्ने कर्मचारी अब भने सीधै बर्खास्त हुनेछन् । प्रस्तावित संघीय निजामती सेवा विधेयकमा हातपात गर्ने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नहुने’ गरी बर्खास्त गर्ने प्रावधान राखिएको छ । ट्रेड युनियनको आडमा तल्लो तहका कर्मचारीले माथिल्लो तहका कर्मचारीलाई हातपात ...
‘जबखोज’ मोबाइल एप्स सार्वजनिक

‘जबखोज’ मोबाइल एप्स सार्वजनिक

काठमाडौँ, ८ भदौ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गरेरै छाड्ने बताउनुभएको छ । रोजगारीका अवसरसम्बन्धी जानकारी प्रदान गर्ने मोबाइल एप्स ‘जबखोज’को सार्वजनिक गर्दै उहाँले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले वैदेशिक रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विम...
आन्दोलनले उग्ररुप लिएपछि भीमदत्तनगरमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

आन्दोलनले उग्ररुप लिएपछि भीमदत्तनगरमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

भीमदत्तनगर, ८ भदौ । कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको जानकारी दिनुभयो । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । यहाँको ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली...
कञ्चनपुरमा प्रहरीको गोली लागाी १३ वर्षीय किशोरको मृत्यु

कञ्चनपुरमा प्रहरीको गोली लागाी १३ वर्षीय किशोरको मृत्यु

कञ्चनपुर, ८ भदौ । बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट कञ्चनपुर भिमदत्त १८ भगतपुरका १४ वर्षीय शनि खुनाको मृत्यु भएको हो । गोली लागेर २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा भीमदत्त नगरपालिकाकै युवराज भट्ट र  मनोज खड्का रहेका छन् । प्रहरीले  करिव ८ राउण्ड भन्दा वढी फायर गरिएको ...
पेरु र ब्राजिलको सीमानामा शक्तिशाली भूकम्प

पेरु र ब्राजिलको सीमानामा शक्तिशाली भूकम्प

वासिङ्टन, अमेरिका, ८ भदौ । पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ । ग्रीनविच समय अनुसार विहान ९ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरुको आइबेरिया शहरको १४० किलोमिटर पश्चिममा जमिनको सतहदेखि ६०९ किलोमिटरको गहिराईमा रहेको भूयुएसजीएसले जनाएको छ । भूकम्पको केन्द्रविन्दु ग्रामिण इलाकामा रहेकोले यसबाट भएको क्षतिको...
error: Content is protected !!