बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति राजधानीमा

बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति राजधानीमा

काठमाडौँ, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति विन मिन्त विशेष विमानबाट आज अपराह्न राजधानी आइपुग्नुभयो । राष्ट्रपति विनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । म्यान्माका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोल...
अब सातै प्रदेशमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’

अब सातै प्रदेशमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’

काठमाडौँ, १२ भदौ । काठमाडौँ, १२ भदौ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्तरमा शिक्षा कार्यालय स्थापना गर्ने भएको छ । मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए। निर्देशनालयलाई सामाजिक विकास मन्त्रालय मातहतमा राखिने छ । यसअघि मन्त्रालयअन्तर्गतको क्षेत्रीय शिक्षा निर्देशनालय...
एशियाड: भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

एशियाड: भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

काठमाडौँ, १२ भदौ । इण्डोनेशियामा जारी १८ आँै एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो । यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–...
एशिया कप छनोट – नेपाल ओमनसँग खेल्ने

एशिया कप छनोट – नेपाल ओमनसँग खेल्ने

काठमाडौँ १२ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ । मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भैसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलम...
उत्तर कोरियाबाट अझै पनि खतरा छ: जापान

उत्तर कोरियाबाट अझै पनि खतरा छ: जापान

टोकियो, १२ भदौ । उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् । जापानको सन् २०१८ को सुरक्षासम्बन्धी पहिलो बैठकमा अधिकारीहरुले यस विषयलाई छलफलमा ल्याएका हुन् । त्यसैगरी चीनको बढ्दो सैन्य सङ्ख्यालाई पनि सो सुरक्षा समीक्षाको विषयव...
बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ– प्रम ओली

बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ– प्रम ओली

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताउनुभएको छ । काठमाडौँमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को चौथो शिखर सम्मेलनबारे आज प्रत...
आलेख: सार्क, ‘दालभात’ र बिमस्टेक

आलेख: सार्क, ‘दालभात’ र बिमस्टेक

काठमाडौँ, १२ भदौ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा जोड दिइएको थियो । ‘दालभात’ गरीबी निवारण गर्ने प्रयासमा सार्क क्षेत्रीय मञ्चको एक प्रतीकात्मक प्रस्तुति पनि हो । सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउ...
प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

काठमाडौँ, १२ भदौ । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन हुने अभियानमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी...
उता ग्राहकको भिड यता भने ग्राहक कुर्नुपर्ने

उता ग्राहकको भिड यता भने ग्राहक कुर्नुपर्ने

नेपालगञ्ज, १२ भदौ । नेपालगञ्ज– १३ की एक महिलाले बाँकेको सीमापारि भारतीय बजार रुपैडिहाबाट करिव रु चार हजारका विभिन्न सामान ल्याउँदा भन्सार तिर्नु परेन । शर्मिलाजस्ता सयौँ उपभोक्ताले रुपैडिहा बजारबाट दैनिक घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरी ल्याउने गर्दा नेपालगञ्जका व्यापारीलाई भने पिरोल्ने गर्छ । भन्सार तिर्न नपर्ने भएका कारण रुपैडिहा बजारका व्यापारीलाई नेपाली उपभोक्ताको भीड थेग्न म...
एसियन गेम्स: नेपालको पदकविहीन यात्रा कायमै

एसियन गेम्स: नेपालको पदकविहीन यात्रा कायमै

काठमाडौँ, १२ भदौ । इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगि...
बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक शुरु: घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित

बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक शुरु: घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित

काठमाडौँ, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका वरिष्ठ पदाधिकारीको १९ औँ बैठक राजधानीमा शुरु भएको छ । सदस्य देशका परराष्ट्र/बाह्य मामिला/विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतङ्कवादको प्रतिरोध र अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा केन्द्रित रहेर छलफल हुने परराष...
खोटाङको बंशिलाघाटमा झोलुङ्गे पुल सञ्चालन

खोटाङको बंशिलाघाटमा झोलुङ्गे पुल सञ्चालन

खोटाङ, १२ भदौ । खोटाङको दक्षिणी क्षेत्रबाट छिमेकी जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । खोटाङको बराहापोखरी गाउँपालिका–६ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । रु एक करोड ४३ लाख लागतमा निर्माण गरिएको २३५ मिटर लम्बाइको झोलुङ्गे पुल सोमबा...
विश्व कीर्तिमान राख्न केसीको वक्तव्य जारी

विश्व कीर्तिमान राख्न केसीको वक्तव्य जारी

काठमाडौँ, १२ भदौ ।  सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोली सक्नुभएको छ । केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान १० बजेसम्मको अभिलेखअनुसार उहाँले २८ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले बताउनुभयो । केसीले...
प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नु हुनेछ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँल...
चीनमा सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउने तयारी

चीनमा सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउने तयारी

बेइजिङ । चीनले सन्तानको सिमितता तोकिएको परिवार नियोजनसम्वन्धी विवादास्पद नीतिहरू परिवर्तन गर्ने तयारी गरेको तथ्य सार्वजनिक भएको छ । चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ । नयाँ बनाउन लागिएको देवयानी संहिताले दशकौँ देखिको विवाद अन्त्य हुने अधिकारीहरूले विश्वास लिएका छन्...
प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

चितवन, १२ भदौ । प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि ...
कमला नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो

कमला नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो

लहान, १२ भदौ । कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ । गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो । सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका तीनैजना आइतबार डुबेर बेपत्ता भएका हुन् । ...
कैलालीका उद्योग क्षेत्रमा लगानी बढ्दै, नयाँ उद्योगमा डेढ अर्ब लगानीको प्रस्ताव

कैलालीका उद्योग क्षेत्रमा लगानी बढ्दै, नयाँ उद्योगमा डेढ अर्ब लगानीको प्रस्ताव

धनगढी, १२ भदौ । कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालू पूँजी रु १२ करोड रहेको छ । घरेलु तथा साना उद्योग कार्याल...
बिमस्टेकमा आवद्ध सबै मुलुकसँग नेपालको ब्यापारघाटा

बिमस्टेकमा आवद्ध सबै मुलुकसँग नेपालको ब्यापारघाटा

काठमाडौँ, १२ भदौ ।  बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालले ब्यापारघाटा ब्यहोरेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले भारतसँगको ब्यापारमा आर्थिक बर्ष २०७४/०७५ मा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ । गत आवमा नेपालले ८ खर्ब १० अर्ब ९० करोड रुपैयाँको सामान भारतबाट आयात गरेको छ भने ४६ अर्ब ६० करोड ४८ लाख रुपैयाँको सामान निर्यात गरेको छ । नेपालको सबभैभन्दा ...
पानीजहाजको लोभमा यसरी फकाउन सक्छ भारतले

पानीजहाजको लोभमा यसरी फकाउन सक्छ भारतले

काठमाडौँ, १२ भदौ । कोशी उच्च बाँध बनाउन भारतीय पक्षले सिँचाइ जलविद्युत र पानीजहाज सञ्चालनको प्रलोभन दिएको भन्दै विज्ञहरुले यसप्रति सचेत रहन आग्रह गरेका छन । विमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरुबाट उच्च बाँध निर्माणका लागि प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा दबाब आउन सक्ने र यसप्रति नेपाली पक्ष सुझबुझका साथ प्रस्तुत हुन वुघिजीवीहरुले सुझाव दिएका हुन् । भदौ १४ र १५ गते काठ...
साठी बर्ष नपुगे पनि विधवा भत्ता

साठी बर्ष नपुगे पनि विधवा भत्ता

काठमाडौँ, १२ भदौ ।  सरकारले साठी बर्ष नपुगेका विधवा वा एकल महिलालाई सुरक्षा भत्ता दिने व्यवस्था राखेर विधेयक दर्ता गरेको छ । प्रतिनिधिसभा दर्ता भएको सामाजिक सुरक्षा विधेयकमा न्युन आय भएका र श्रम गर्न नसक्ने साठी बर्ष उमेर नपुगेका विधवा वा एकल महिलाले समेत भत्ता पाउने व्यवस्था छ । नयाँ शक्ति पार्टीका संयोक डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गराएर ६० बर्ष नपुगेको ...
आमाको काखबाटै अपहृत आठमहिने शिशुको हत्या !

आमाको काखबाटै अपहृत आठमहिने शिशुको हत्या !

काठमाडौँ, १२ भदौ ।  खेलाउने बहानामा आमाको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हतया भएको छ । औरही नगरपालिका — १ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । आईतबार साँझ साढे ६ बजे खेलाउने बहनामा अपरिचित एक युवकले आमा इन्दे्रश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए । भगहा नगरपालिकाअन्र्तगत मेघनाथ गोरहन्नाको अंकुश नदी पश्चिममा रहेको फेकु चौधरीको बंगैचामा आ...
निर्मला हत्या प्रकरणः आफन्त जोगाउन मोडियो घट्ना !

निर्मला हत्या प्रकरणः आफन्त जोगाउन मोडियो घट्ना !

काठमाडौँ, १२ भदौ । निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशनी बम र बबिता बमको घरबाट अनुसन्धन गर्नुपर्छ भनेर प्रहरीलाई कसैे भनिराख्नुपर्ने विषय होईन । तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्टको टोली मात्र होईन केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्ने चासो दिएनन् । साउन ११ गतेदेखि स्थानीयको प्रदर्शनको...
प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट शुरु

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट शुरु

काठमाडौँ, १२ भदौ । पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीसंग २४ घण्टे स्पष्टिकरण सोध्नु भएको छ । उहाँले गृह मन्त्री रामबहादुर थापालाई पूर्व लडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारण सहित २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिनुभएको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गत असार ...
काम नभए पनि बसीबसी भत्ता !

काम नभए पनि बसीबसी भत्ता !

काठमाडौँ, १२ भदौ ।  के तपाई बेरोजगार हुनुहुन्छ ? सीप भए पनि काम नपाएर दिनभर कतै बरालिनुभएको छ ? त्यसो भए पनि चिन्ता नमान्नुहोस् । सरकारले तपाईँलाई बेरोजगार भत्ता दिनेछ । संविधानको धारा ३३ मा ‘रोजगारीको हक’सम्वन्धी व्यवस्था छ । यो मौलिक हक हो, संविधानमा ३१ प्रकारका मौलिक हक उल्लेख छन् । यस धाराको उपधारा (१) मा भनिएको छ– ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको सर्त, अवस्था र वेरोजग...
रातारात ‘दुलही’ झै सिंगारियो काठमाडौ, ५७ वटा स्वागतद्वार

रातारात ‘दुलही’ झै सिंगारियो काठमाडौ, ५७ वटा स्वागतद्वार

काठमाडौँ, १२ भदौ ।  हुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौँथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा काठमाडौं झकिझकाउ भएको छ । पाहुनाको स्वागतार्थ काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा ५७ वटा स्वागतद्धार बनाइएको छ । यस्तै विभिन्न सरकारी निकाय, बैक, संस्थान, उद्योग वाणिज्य महासंघ लगायतका निकायले पनि स्वागतद्धार बनाएका छन् । कामपाले त्रिभुवन अन्तरर्राष्ट्रिय वि...
बिमस्टेक सुरक्षाको फ्रन्टलाईमा सेना, १८ हजार सुरक्षाकर्मी खटिने

बिमस्टेक सुरक्षाको फ्रन्टलाईमा सेना, १८ हजार सुरक्षाकर्मी खटिने

काठमाडौँ, १२ भदौ । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन लक्षित सुरक्षार्थ प्रयोजनका लागि ४ वटै सुरक्षा निकायबाट करिव १८ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् । विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले पहिलो पटक आयोजना गर्ने यो सम्मेलनलाई मध्यनजर गर्दै सरकारले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट जनशक्ति परिचा...
खोर्सानेमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर (फोटो फिचरसहित)

खोर्सानेमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर (फोटो फिचरसहित)

विराटनगर, ११ भदौ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्यावटेष्ट र ५ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले बताए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका अर...
कुलेखानी-काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

कुलेखानी-काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौँडा,११ भदौ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ । उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले...
निजी शिक्षालयलाई आफ्नो बन्दोबस्त गर्न आग्रह

निजी शिक्षालयलाई आफ्नो बन्दोबस्त गर्न आग्रह

काठमाडौँ, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले “निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था बनेको विधेयक, २०७५” का सम्बन्धमा आयोजित छलफल कार्यक्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका भट्टराईले समाजवादोन्मुख संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा समावेश गर...
छुरा प्रहार गरी फरार वडा सदस्य पक्राउ

छुरा प्रहार गरी फरार वडा सदस्य पक्राउ

उर्लाबारी, मोरङ, ११ भदौ । उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आज जानकारी दिए। मोरङ–११ मा आबद्ध फुटबल खेलाडी २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेको आरोप लगाइएको छ । चालीस वर्ष...
error: Content is protected !!