सहमतिबाट पछि हट्यो भारत : नयाँ हवाई रुट थप्न मानेन
काठमाडौँ, २९ असोज । नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् ।
‘भारतीय प्राविधिकले डिफेन्स कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको...




























