छ किलो चरेशसहित दुई पक्राउ

छ किलो चरेशसहित दुई पक्राउ

सुर्खेत, २३ पुस । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् । छ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रहरी छिन्चुले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबह...
सुन र नगदसहित एक पक्राउ

सुन र नगदसहित एक पक्राउ

काठमाडौँ, २३ पुस । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सुन र नगद चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१ फूलबारीस्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले चोरी गरेको स्थानभन्दा पर खोजतलास गर्दा सुन र नगदसहित अधिकारीलाई पक्राउ गरेको जानकारी दिनुभयो । ...
बस दुर्घटनामा बाइस घाइते

बस दुर्घटनामा बाइस घाइते

कावासोती, २३ पुस । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जा...
झुपडीका बेसहारालाई डा.शर्माको साथ : सबै खर्च बेहोरेर उपचार गर्दा नयाँ जीवनको आभाष

झुपडीका बेसहारालाई डा.शर्माको साथ : सबै खर्च बेहोरेर उपचार गर्दा नयाँ जीवनको आभाष

बिराटनगर, २१ पुस । धुले सडक किनारामा बाँसको टाटीले बेरिएको थोत्रे झुपडी । बाहिरबाट भित्र प्रष्ट देखिने गरी भताभुङ्ग भएको टाटीको वेरा माथि सिधै आकास देखिने छिया–छिया भएको खरको छानो । झट्ट हेर्दा बाख्राको अव्यवस्थित खोर झै लाग्ने यही झुपडीमा कष्टपूर्ण गुजारा चलाईरहेका बेसहारा बृद्ध दम्पतीको व्यथा कहाली लाग्दो छ । मोरङको बेलवारी–४ सखुवाटोलीका ७३ बर्षीय परु र ७० बर्षीया बुधुनी चौधरीलाई गरिविको चर...
नक्कली सुन कारोवार गर्ने पक्राउ

नक्कली सुन कारोवार गर्ने पक्राउ

साँखु, २२ पुस ।  नक्कली सुन कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–१२ कपन खरिबोट नजिक नक्कली सुनको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौँ बस्ने ३५ वर्षीय टासी शेर्पा रहेको प्रहरी प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरले जानकारी दिनुभयो । कुँवरका अनु...
प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

काठमाडौँ, २२ पुस । प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आजको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । यस्तै कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण गर...
मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

क्वालालम्पुर, २२ पुस ।  मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ । मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप...
आगलागीबाट दुई  घर जलेर  नष्ट

आगलागीबाट दुई घर जलेर नष्ट

सल्यान, २२ पुस । आगलागीबाट यहाँ आज दुई घर जलेर नष्ट भएको छ । कालिमाटी गाउँपालिका– ६ घारेघारीमा आगलागी हुँदा ओमबहादुर खत्री र चित्रबहादुर खत्रीको घर जलेर नष्ट भएको स्थानीय हिरालाल शर्माले जानकारी दिनुभयो । आगलागीबाट लत्ताकपडा, अन्नपात र पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीको  कारण खुल्न सकेको छैन । घर जलेर नष्ट भएपछि पीडित छिमेकीको घरमा बस्नु भएको छ ।
सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरी बढी प्रभावित

सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरी बढी प्रभावित

वासिङ्टन डिसी, २२ पुस । सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम हो । तर यसले उनीहरुलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ । लण्डन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको सो अध्ययन “इक्लिनिकल मेडिसिन” नामक जर्नलमा प्रकाशित भएको छ । अध्ययनका अनुसार झण्डै १४ ब...
नार्कमा दरबन्दीभन्दा आधा वैज्ञानिक

नार्कमा दरबन्दीभन्दा आधा वैज्ञानिक

काठमाडौँ, २२ पुस । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दरबन्दी भन्दा आधा मात्रै वैज्ञानिक कार्यरत रहेका छन् । कृषि र पशुका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दे आएको सो संस्थामा दरबन्दी अपर्याप्त र दरबन्दी भन्दा कम जनशक्ति कार्यरत छन् । जनशक्ति अभाव अरु प्राविधिक र गैरप्राविधिक जनशक्तिमा पनि रहेको परिषद्ले जनाएको छ । तीन दशकदेखि जनशक्ति हेरफेर नभएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बत...
नेपालमा उत्पादित माछा भारत निर्यात

नेपालमा उत्पादित माछा भारत निर्यात

कञ्चनपुर, २२ पुस ।  बेलौरी नगरपालिका–२ स्थित बन्दातालबाट हरेक वर्ष रु ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ । माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताउनुभयो । बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उहाँले रु ६० लाख भन्दा बढी मूल्य बरावरका माछा बिक्री गर्दै आउनुभएको छ । भारतमा मात्रै यस बर्ष उहाँले ५० क्वीन्टल माछ...
आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको छः प्रधानमन्त्री

आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको छः प्रधानमन्त्री

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालू आवको पाँच महीनामा राजश्व सङ्कलन ३२ प्रतिशत र पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको तथा सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिनुभयो । उहाँले स...
शेयर बजार सात विन्दुले घट्यो

शेयर बजार सात विन्दुले घट्यो

काठमाडौँ, २२ पुस । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव तीन विन्दुले घटेर २४८ दशमलव ५६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५६ कम्पनीको १३ लाख ६३ हजार ८५४ कित्ता शेयर रु ३१ करोड ...
राजस्व सङ्कलन ३२ प्रतिशतले वृद्धि भएको छः प्रधानमन्त्री

राजस्व सङ्कलन ३२ प्रतिशतले वृद्धि भएको छः प्रधानमन्त्री

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महीनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको, पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको र सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिनुभयो । उहाँले मूल्य वृद्धि ...
राससलाई महानगरले सहयोग गर्ने

राससलाई महानगरले सहयोग गर्ने

विराटनगर, २२ पुस ।  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ कार्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उक्त कार्यालय आज निरीक्षण गर्दै उहाँले जनतालाई सूसुचित गर्ने रासस समयानुकूल बन्न सक्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यालयको मर्मत र रंङरोगनमा सहयोग गर्ने आश्वासन दिँदै महानगर प्रमुख पराजुलीले रासस जनताकै सेवामा समर्पित रहेकाले यो संस...
निलम्बन फुकुवाको बाटोमा क्यान

निलम्बन फुकुवाको बाटोमा क्यान

काठमाडौँ, २२ पुस ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकूद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ । दुईसाता अघि नेपालमा बसेको आइसिसीको स्वतन्त्र कमिटीको बैठकले उनीहरूलाई निलम्बन फुकुवा हुने विश्वास दिलाएपछि मुद्दा फिर्ता लिन अदालतमा न...
डसना उद्योगमा आगलागी हुँदा रु २० लाख क्षति

डसना उद्योगमा आगलागी हुँदा रु २० लाख क्षति

दमौली, २२ पुस । तनहुँको व्यास नगरपालिका–४ सिमलटारस्थित डसना उद्योगमा आज बिहान आगलागी हुँदा रु २० लाखको क्षति भएको छ । बेथेल इन्जिनीयरिङ प्रालिले सञ्चालन गरेको डसना उद्योगमा विद्युत् चुहिएर आगलागी हुँदा रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण सामान पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बिहान ८ बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी ...
आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

मनिला, २२ पुस ।  क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या १ सय २६ पुगेको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आँधी र पहिरोले मुख्...
सोह्र उद्योगका १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान

सोह्र उद्योगका १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान

काठमाडौँ, २२ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह प्रदान गरेको हो । विभागले अन्नपूर्ण भेजिटेबल प्रालि बाराबाट उत्पादित सोय तेल, सूर्यमुखी तेल र भेजिटेबल घीलाई गुणस्तर चिह्न प्रदान गरेको छ । वर्षा रिसाइक्लिङ प्रालि...
भूकम्प धक्का महसुश

भूकम्प धक्का महसुश

बैतडी, २२ पुस ।  भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुश गरिएको छ । सुर्खेत भूकम्प मापन केन्द्रका प्रमुख दीपक बस्नेतका अनुसार राति १० बजेर १ मिनेटमा चार रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा भारतमा रहेको प्रमुख बस्नेतको भनाइ छ ।
युवा भारततिर गएपछि गाउँमा वृद्धवृद्धा मात्रै

युवा भारततिर गएपछि गाउँमा वृद्धवृद्धा मात्रै

डोटी, २२ पुस २२ ।  गाउँघरमा काम नपाउने भएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन् । पारिवारिक भेटघाट तथा दशैँ–तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन दर्जनौँको सङ्ख्यामा छिमेकी मुलुक भारतलगायत नेपालका विभिन्न ठाउँमा रोजगारीका लागि जान थालेका छन् । युवा रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अ...
रक्सी खाने पैसा बीमा गर्न धुर्मुस–सुन्तलीको सल्लाह

रक्सी खाने पैसा बीमा गर्न धुर्मुस–सुन्तलीको सल्लाह

डोटी, २२ पुस । सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो । एकाएक चौरको मञ्चमा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हास्यव्यङ्ग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दिपायल पिपल्ला...
भोजपुर–चखेवा सडक कालोपत्रे शुरु

भोजपुर–चखेवा सडक कालोपत्रे शुरु

भोजपुर, २२ पुस । मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवा सडक कालोपत्रे गर्न शुरु भएको छ । विभिन्न पाँचवटा खण्डमा काम भइरहेकामा पहिलो खण्डको साढे सात किलोमिटरमा कालोपत्रे शुरु भएको हो । भोजपुरको देउरालीचोकदेखि शेराखोलासम्मको कालोपत्रे भइरहेको छ । दोस्रो खण्डअन्तर्गत साढे सात किलोमिटर ग्राबेल तथा स्टक्चर र तेस्रो खण्डअन्तर्गत आठ किलोमिटरमा कटिङको काम तीव्र रुपमा काम भइरहेको इञ्जिनीयर रवीन्द्र महर...
सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

बैतडी, २२ पुस ।  सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आवमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । आउँदो माघबाट विवरण सङ्कलन गरिने र असारसम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइएको छ । सरकारले संवैधानिक रुपमै राष्ट्रिय परिचयपत्र बनाउन खोजेको प्रदेशका आन्तिरिक मामिला तथा कानून...
‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकियो

‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकियो

ललितपुर, २२ पुस । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । अहिलेसम्म झण्डै पाँच किलोमिटर काम सकिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । आगामी वर्ष बाँकी पाँच किलोमिटर सक्ने योजना छ । चक्रपथको...
अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

वासिङटन, २१ पुस । संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् । चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आ...
आगलागी हुँदा छ लाख बराबरको क्षति

आगलागी हुँदा छ लाख बराबरको क्षति

लमही, २२ पुस । दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । उहाँका अनुसार घरमा प...
अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क

अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क

सोलुखुम्बु, २२ पुस । जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । “स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराउनुभएको छ”, अध्यक्ष राईले भन्नुभयो, “हामी उक्त जग्गामा सुव...
पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने

पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने

काठमाडौँ, २२ पुस । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यतालाई जनसमक्ष प्रच...
कोसी टप्पुमा पानी चराको गणना शुरु

कोसी टप्पुमा पानी चराको गणना शुरु

इनरुवा, २२ पुस ।  चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ । सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी (पानी चरा) को गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाले बताउनुभयो । कोसी पक्षी समाज, हिमाली प्रकृति, नेपाल पक्षीविद् सङ्घ र कोशी टप्प...
प्रदेशसभा सदस्य पहारीको तलबभत्ता सङ्घसंस्थालाई

प्रदेशसभा सदस्य पहारीको तलबभत्ता सङ्घसंस्थालाई

कास्की, २२ पुस । गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्नुभएको छ । प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखि मङ्सिर मसान्तसम्मको तलबभत्तावापतको रु चार लाख ५० हजार विभिन्न सङ्घसंस्था, विद्यालय, क्लब तथा आमा समूहलाई प्रदान गरेको सांसद पहारीले बताउनुभयो । उहाँले कास्कीकोट थुन्सेडाँडामा ख...
error: Content is protected !!