पाकिस्तानले हालै पक्रेर छाडिदिएका भारतीय सेनाका लडाकु विमान चालक अभिनन्दन वर्तमानको चर्चा भारतभरि ‘राष्ट्र नायक’का रूपमा छ। त्यतिखेरै भिन्न प्रकृतिको देखिने उनको दाह्री-जुङ्गाको चर्चा समेत त्योभन्दा कम छैन। धेरै भारतीयले त्यस्तै नक्कल गरेका छन्।

Advertisement

पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमान चालक वर्तमान पक्राउ परेको केही घण्टामै देशभरि नायकका रूपमा छाएका थिए।
शुक्रवार साँझ स्वदेश फर्कँदा उनलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तामझामपूर्ण स्वागत गरिएको थियो।

उनी सामाजिक सञ्जालहरूमा यतिधेरै चर्चित भए कि धेरै भारतीयले उनको जस्तो दाह्री-जुङ्गा हुनुलाई साहसको प्रतीकका रूपमा लिन थाले।
दूग्ध ब्राण्ड ‘अमुल’ले समेत उनको दाह्री-जुङ्गाको प्रसिद्धि जोडिने विज्ञापन भिडिओ सार्वजनिक गर्‍यो।

उक्त ब्राण्ड सामाजिक सञ्जालहरूमा प्रसिद्धि बटुलिरहेका शैली र विषय समातेर विज्ञापन बनाउने शैलीका लागि प्रसिद्ध छ। तर ह्यान्डलबार भनिने यो घुमाउरो शैलीको जुङ्गा भारतमा असामान्य मानिँदैन।

तिनमा धेरैले बलिवूडका खलनायक पात्र, अभिमानी सेना वा प्रहरी एवम् कुख्यात तस्करको झल्को देख्थे।

धेरैजसो नकारात्मक अर्थमा अल्झेको यो शैलीको समेत पछिल्ला केही दिनमा उद्धार भयो जब यो साहस र देशप्रेमको पर्यायवाचीको रूपमा देखिन थाल्यो।
सम्मान

कतिसम्म भयो भने दक्षिण भारतको एउटा शहर बैङ्लोरको एउटा कपाल काट्ने पसलले अभिनन्दन वर्तमानको जस्तो कपाल र दाह्री-जुङ्गा बनाउन चाहनेलाई गत सोमवार पैसा नै लिएन।

ती पसलका मालिका ननेश ठाकुरले  भने, “अभिनन्दनले हाम्रो देशको लागि निकै धेरै गरेका छन्। मलाई लाग्यो मैले थुप्रै मुहारहरूलाई उनको जस्तै बनाउने प्रयास गर्नुपर्छ।”

उनको उत्साह भने सोचेजस्तो रहेन- अथवा भनौंँउनले नसोचेको आराम पाए- जब उनीसामु आउने तिनजना मात्र अभिनन्दनको जस्तो दाह्री-जुङ्गा बनाउन योग्य ठहरिए।

त्यस्तै शैली बनाउन सफल एकजना एम्बुलेन्स चालक नविन कुमारले भने, “उनी साँच्चिकै नायक हुन्। त्यसैले मैले पनि त्यस्तै बनाउन चाहेँ।”

धेरै लामो दाह्री-जुङ्गा नहुँदा अभिनन्दनको जस्तै देखिन नसकेकाहरूको मोह चाहिँ सेनाहरूको आम जुङ्गाशैली पछ्याउन खोजेका देखिन्थे।

र थुप्रैले त्यस्ता तस्बिरहरू सामाजिक सञ्जालमा राखेर अभिनन्दनबाट आफू प्रभावित भएको बताएका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!