१२१ वर्षदेखि सजाय भोगिरहेको एउटा रुख
एजेन्सी । अहिलेसम्म तपाईले केवल मानिसले अपराधमा सजाय पाएको सुन्नुभएको छ होला । कहिलेकाहीँ जनावरलाई समेत सजायँ दिएका अनौठा खबर पनि आउने गर्दछन् । तर सजायको यो दायरा केवल मानिस र जनावरमा मात्र सिमित छैन रहेछ । पाकिस्तानमा एउटा रुखले १२१ वर्षदेखि कठोर सजाय भोगिरहेको छ ।
१२१ वर्षअघि गिरफ्तार गरिएको यो रुखले त्यस समयदेखि कठोर कैद सजाय काटिरहेको छ ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित लण्डी कोत...






























