भोजपुरमा उत्पादित जडीबुटीले बजार पाएन

भोजपुरमा उत्पादित जडीबुटीले बजार पाएन

भोजपुर, १३ चैत । उत्पादित जडीबुटीको बजारीकरणसँगै प्रशोधनमा ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका छन् । डिभिजन वन कार्यालय भोजपुरमा आज आयोजना गरिएको जडीबुटीखेती सम्बन्धी अन्तरक्रियाका सहभागीले जिल्लामा धेरै प्रकारका जडीबुटी उत्पादन हुने गरेको भए पनि बजारीकरण तथा प्रशोधन केन्द्र नहुँदा समस्या हुने गरेकोले त्यसतर्फ ध्यान दिन सरोकारवाला पक्षलाई आग्रह गरेका हुन् । उनीहरुले जडीबुटी किसानले वास्तविक मू...
एसइई : पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ

एसइई : पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ

सप्तरी, १३ चैत । एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अराोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ । चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताउनुभयो । य...
अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल– भारतीय प्रम मोदी

अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल– भारतीय प्रम मोदी

नयाँदिल्ली, १३ चैत ।  भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गर्नुभयो । संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता र...
सहकर्मीले पादेको भन्दै अदालतमा मुद्दा

सहकर्मीले पादेको भन्दै अदालतमा मुद्दा

एजेन्सी । हालै अष्ट्रेलियामा एक अपत्यारिलो मुद्दा दर्ता भएको कुराले निकै हास्यासपद चर्चा पाएको छ । अष्ट्रेलियाको मेलबर्नका डेभिड नामक एक व्यत्तिले आफ्नो कार्यालयमा आएर पाद्ने गरेको आरोप लगाउँदै आफ्ना सहकर्मीविरुद्ध मुद्दा दर्ता गरि करिब २० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् । निर्माण इन्जिनियरको काम गर्ने डेभिड नामक ती व्यत्तिले आफ्ना सहकर्मीले प्रत्येक दिन आफ्नो कार्यालयमा आएर पाद्ने गरेको...
सिङ्गो गाउँ बाख्रापालनमा

सिङ्गो गाउँ बाख्रापालनमा

दमौली, १३ चैत । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० वटा बाख्रा पाल्नुभएको छ । उहाँले बाख्रापालनबाट वार्षिक रु दश लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पाल्नुभएको छ । उहाँको आम्दानी वार्षिक रु पाँच लाखभन्दा बढी छ । अर्का किसान खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर एक वर्षमा त्यही हाराहारीमा आम्दानी गर्नुहुन्छ । उहाँहरु मात्रै होइन यस ठाउँका ...
चन्द समूहका तीन पक्राउ

चन्द समूहका तीन पक्राउ

राँझा, १३ चैत । जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नियन्त्रणमा पर्नेमा समूहका जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटीका इन्चार्ज रहेका छन् । उनीहरुमध्ये केहीलाई एनसेल टावरमा बम विस...
मान्छेलाई लाग्छन् यस्ता अनौठा डर

मान्छेलाई लाग्छन् यस्ता अनौठा डर

सोम्निफोबियाः निद्राको भयलाई सोम्निफोबिया भनिन्छ। यो भय भएको मान्छे निदाएपछि मरिने हो कि भन्ने त्रासले ग्रस्त हुन्छ र निदाउन चाहँदैन। नोमोफोबियाः एक सर्वेक्षणका अनुसार बेलायतको आधाभन्दा बढी जनसंख्यालाई नोमोफोबिया छ। यस भयले गाँजेपछि मोबाइल फोनमा सिग्नल नआउने हो कि अथवा यसको ब्याट्री सिद्धिने पो हो कि भन्ने डर लागिरहन्छ। प्लुटोफोबियाः यो पैसादेखि डराउने मनोदशा हो। यसमा धनी भइएला कि भन्ने भय पनि...
झापामा बलात्कारको आरोपमा तामाङ पक्राउ

झापामा बलात्कारको आरोपमा तामाङ पक्राउ

भद्रपुर, १३ चैत । झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको युवतीका बुबाले दिएको उजुरीका आधारमा प्रहरीले तामाङलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्...
४५ दिनसम्म लगातार ‘पबजी’ खेल्दा एक युवकको मृत्यु

४५ दिनसम्म लगातार ‘पबजी’ खेल्दा एक युवकको मृत्यु

भारतमा लगातार ४५ दिन ‘पबजी’ खेल खेल्दा एक युवकको ज्यान गएको छ । भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार पबजी खेल्दा ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अनलाइन भिडियो गेम ‘पबजी’ खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको छ । तर पनि पबजी खेल खेल्ने मानिसको संख्यामा कमी आएको छैन ।
सूचना प्रवाह : अर्थ उत्कृष्ट, ऊर्जा कमजोर

सूचना प्रवाह : अर्थ उत्कृष्ट, ऊर्जा कमजोर

काठमाडौँ, १३ चैत । लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला ? झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने र जनसम्पर्क भएका मन्त्रालय र निकायले प्रभावकारीरुपमा सूचना प्रवाह गरेका होलान् भन्ने लाग्नसक्छ तर यथार्थ त्यस्तो छैन । राष्ट्रिय सूचना आयोगको ¬‘सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७५’ (आरटिआइ अडिट) ले आम जनताको ...
दुर्घटनामा तीनको मृत्यु

दुर्घटनामा तीनको मृत्यु

सर्लाही, १३ चैत । सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ । ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतो शव फेला परेको प्रहरी उपरीक्षक गोप...
लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’

लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’

बाँके, १३ चैत । प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ । बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ । बरामद गरिएको लागुऔषध नष्ट भने गरेको कुनै खबर सार्वजनिक हुँदैन । प्रहरीले अहिलेसम्म कति ...
कृषकलाई हातेट्र्याक्टर वितरण

कृषकलाई हातेट्र्याक्टर वितरण

कास्की, १३ चैत । पोखरा महानगरपालिका कृषि महाशाखाले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर वितरण गरेको छ । महाशाखाको चालू आर्थिक वर्षको कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गत विनियोजित रु २५ लाख बजेटबाट ६२ कृषि समूह तथा सहकारीलाई हातेट्र्याक्टर वितरण गर्ने योजनाअनुसार मङ्गलबार ३० समूह, सहकारी तथा कृषि फार्मलाई ट्र्याक्टरवितरण गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । महानगरले ५० प्रतिशत अ...
जहाँ मानिस एक पटक सुते पछि महिनादिनसम्म उठ्दैनन्

जहाँ मानिस एक पटक सुते पछि महिनादिनसम्म उठ्दैनन्

काठमाडौं । तपाईं कति समय निदाउनु हुन्छ ? प्रायः ५/७ घण्टा त होला नी ! तर, काजगिस्तानको एक गाउँमा एक पटक सुते पछि मानिसहरु महिना दिनसम्म पनि उठदैन् । काजगिस्तानको उत्तरी क्षेत्र कलाची गाउँका मानिसमा रहस्यमय तरिकाले सुत्छन् । जव यिनीहरु एक पटक सुत्छन एक महिनासम्म उठ्दैनन् । यसलाई रोग नै मानिएको छ । कलाचीमा सन् २०१० मा पहिलोपटक यस्तो भएको थियो । त्यसबेला बच्चाहरु अचानक स्कूलमा ढलेर निदाएका थिए । त...
चितवनमा विप्लव समूहका सात नेता पक्राउ

चितवनमा विप्लव समूहका सात नेता पक्राउ

चितवन, १३ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजक...
विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ

विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ

काठमाडौं, १३ चैत । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्ज्वल) पक्राउ परेका छन् । श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले पक्राउ गरेको हो । यद्यपि, प्रहरीले यसको औपचारिक पुष्टि गरेको छैन । प्रज्ज्वल माओवादी जनयुद्धको क्रममा लडाकु थिए । शान्ति प्रक्रियापछि काठमाडौं आएका उनी मिर्मिरे एफएमको समाचार शाखा प्रमुखसमेत बनेका थिए । पार्टी विभाजनपछि उनी ...
झापामा सबैभन्दा बढी बजेट पार्न प्रधानमन्त्रीकाे दबाब !

झापामा सबैभन्दा बढी बजेट पार्न प्रधानमन्त्रीकाे दबाब !

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आफ्नो निर्वाचन क्षेत्रमा बढी पार्न शीर्ष नेताहरूले सक्रियता बढाएकाे खबर आजको राजधानी दैनिकले छापेको छ । समाचारकाे अनुसार प्रधानमन्त्रीदेखि नेकपाका शीर्ष नेताहरूले आआफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्नका लागि विभिन्न योजना प्रस्ताव गरिरहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा सबैभन्दा बढी बजेट पार्न दबाब दिइरहेको अर्थमन्त्रालय ...
मिथेन ग्यास उत्खनन गरिँदै

मिथेन ग्यास उत्खनन गरिँदै

दैलेख, १३ चैत । पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर...
झापामा सखुवाको काठ बरामद

झापामा सखुवाको काठ बरामद

भद्रपुर, १३ चैत । डिभिजन वन कार्यालय झापाले दमक नगरपालिका–५ स्थित फर्निचर उद्योगले खाडलमा लुकाएको सखुवा जातको काठ बरामद गरेको छ । धनेश्वर काष्ठ तथा दाउरा खरीद बिक्री केन्द्रले उद्योग परिसरमै खाल्डो खनेर लुकाएको तीन सय दश दशमलव २५ क्यूफिट सालको चिरान काठ सोमबार बरामद गरेको जनाएको छ । विशेष सुराकीको आधारमा सो काठ डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय दमक र सुरुङ्गाबाट गएको टोलीले काठ बरामद गरे...
सार्वजनिकस्थलमा पर्यटकलाई खानेपानी

सार्वजनिकस्थलमा पर्यटकलाई खानेपानी

पाल्पा, १३ चैत । ‘एक घर, एक धारा’ जडानको अभियान सञ्चालनपछि सार्वजनिकस्थलमा खानेपानी समस्या खेप्न बाध्य भएका पर्यटकका लागि नेपाली सेनाले जिल्ला सदरमुकाम तानसेनमा सार्वजनिक धारा निर्माण गरेको छ । गोरखदल गणले करीब दुई महीनामा दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेको हो । नेपाली सेनाको तानसेनस्थित गोरखदल गणले तानसेनस्थित पाल्पा दरबार सङ्हग्रालय नजिकै र सेनाले टँुडिखेलमा ठूलो क्षमताको...
घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्य काठमाडौँ

घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्य काठमाडौँ

काठमाडौँ, १३ चैत । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो । ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपास...
अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ, १३ चैत । २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो । यसअघि नेपाल पहिलो खेलमा ओमानसँग...
अछाममा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त

अछाममा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त

अछाम, १३ चैत । प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच अछाममा दोहोरो भिडन्त भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो १२ बजे दुई पक्षबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ । गस्तीमा रहेको टोलीमाथि विप्लव कार्यकर्ताले फायर खोलेपछि त्यसको जवाफ फर्काएको अछामका प्रहरी प्रमुख जनक शाहीले बताए । शाहीका अनुसार, ४ जनाल...
इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति

इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति

काठमाडौँ, १३ चैत । नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ । निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना प्रविधिको अधिकतम् उपयोग गर्ने विषयसमेत सो रणनीतिमा समावेश गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । ...
एसईई : शिक्षक नै खोस्छन् प्याड

एसईई : शिक्षक नै खोस्छन् प्याड

अछाम । पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो । कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस...
विप्लव समूहका चार कार्यकर्ता पक्राउ

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

डोटी, १३ चैत । जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको जानकारीअनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रा...
ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्छ ?

ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्छ ?

एजेन्सी ।  अहिलेको जमानमा मोबाइलको प्रयोग जरुरतभन्दा पनि अगाडि बढिसकेको छ । केही अघिसम्म फोन गर्न मात्र प्रयोग हुने मोबाइल अब जीवनका अनेक हिस्साहरुलाई समेटेर अगाडि बढिरहेको छ । हामी सुतेर उठ्दा चाहिने अलार्म होस् या बजारमा केही किनेर पैसा तिर्न नै किन नहोस्, मोबाइलको प्रयाृग बढ्दो छ । योसँगसँगै केही मानिसहरु त ट्वाइलेटमा पनि मोबाइल लिएर बस्ने गर्छन् । तर, यो स्वास्थ्यका लागि निकै नराम्रो बानी हो...
धनकुटामा ट्याक्टर पल्दिँदा चालकको मृत्यु

धनकुटामा ट्याक्टर पल्दिँदा चालकको मृत्यु

धनकुटा, १२ चैत । धनकुटाको महालक्ष्मी नगरपालिका–१ नुनथलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक जना घाईते भएका छन् । सोमबार राती साढे ११ बजे धनकुटाबाट तेह्रथुम तर्फ रड बोकेर जाँदै गरेको को.२ त. ३१६६ नम्बरको ट्याक्टरको अगाडीको भाग (ईन्जिन) छुट्टिएर भिरबाट २ सय मिटर तल खसेको हो । दुर्घटनामा ट्याक्टर चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–५ का ३० बर्षीय जितन घिमिरेक...
यस्तो अवस्थामा खानुहँदैन मेवा

यस्तो अवस्थामा खानुहँदैन मेवा

एजेन्सी । म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि छन् । गर्भवती महिलाका लागि गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई सं...
चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा

चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा

नानजिङ, १२ चैत । पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन्...
झापामा चट्याङ लागेर दुई घाइते

झापामा चट्याङ लागेर दुई घाइते

भद्रपुर, १२ चैत । आज बिहान पानी, हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरु दुवैलाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते दुवैको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । हावाहुरीले झापाका विभिन्न...
error: Content is protected !!