८४ दिनसम्म हाजिर नगरेपछि शिक्षण अस्पतालले सोध्यो डा.केसीलाई स्पष्टीकरण, रोकियो तलब

८४ दिनसम्म हाजिर नगरेपछि शिक्षण अस्पतालले सोध्यो डा.केसीलाई स्पष्टीकरण, रोकियो तलब

काठमाडौं, १४ चैत । पटक–पटक अनशन बसेर चर्चा कमाउँदै आएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.गोविन्द केसीको तलव रोक्का भएको छ । डा.केसीले ८४ दिनसम्म हाजिरी नगरेका कारण तलब रोक्का गरिएको अस्पतालले जनाएको छ । यहि बिषयमा अस्पतालले डा.केसीलाई स्पष्टीकरणसमेत सोधेको छ । तर, जवाफ चित्त बुझ्दो नआएको स्रोतको भनाई छ । डा.केसीले पछिल्लो पटक अनशन बस्दा अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा मागेका थिए ...
जनकपुर बमकाण्ड : पूर्वमन्त्री टकलासहित ७ जनालाई जन्मकैद

जनकपुर बमकाण्ड : पूर्वमन्त्री टकलासहित ७ जनालाई जन्मकैद

जनकपुर, १४ चैत । पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम विस्फोटमा पूर्वमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र राजन मुक्ति भन्ने रन्जित साहलाई जन्म कैदको सजाय सुनाएको हो । यस्तै ओमप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र दीपेन्द्र झालाई पनि जन्मकैदको सजाय भए...
के तपाईँलाई थाह छ ? दुध कतिवेला कति खाने ?

के तपाईँलाई थाह छ ? दुध कतिवेला कति खाने ?

बच्चा देखि बृद्ध उमेरका व्यक्तिले खान सक्ने पदार्थ हो दुध । शरीरका लागि आवश्यक क्याल्सियम तथा प्रोटिन दुधबाटै प्राप्त हुन्छ । तर यसको मात्रा र प्रयोग गर्ने बेलाबारे जानकारी नहुँदा यसले कहिलेकाँही खराब असर समेत पार्ने गरेको छ । कतिवेला कति खाने दुध ? यदि तपाँई विहानको समयमा अधिक प्रोटिन लिन चाहनुहुन्छ भने दुध पिउनुहोस । क्याल्सियम तथा प्रोटिन बाहेक दुधमा पोटासियम, म्याग्निसियम फास्फोरस र ...
पानीपुरी खाँदै हुनुहुन्छ ? स्वादिलो तर हानिकारक !

पानीपुरी खाँदै हुनुहुन्छ ? स्वादिलो तर हानिकारक !

पानीपुरी । यसको नाम लिनसाथ तपाईंको मुखमा पानी आउँछ । गोलाकार पुरी, आलु-मसला र अमिलो-टर्रो पानी । खासगरी युवतीहरु यो खान्कीमा लोभिएका छन् । पानीपुरी स्टि्रट फुड हो । शहरका सडक किनारमा जताततै पानीपुरी उपलब्ध छ । अहिले चिनियाँ परिकार ‘लाफिङ’ जहाँ बेचिन्छ, त्यहाँ पानीपुरी पनि उपलब्ध गराइन थालिएको छ । पानीपुरी खासमा भारतिय परिकार हो । अर्थात भारतको रैथाने परिकार । पिरो, अमिलो, टर्रो स्वादको यो परिका...
बेपत्ता  खुसप्रसाद लुइँटेल मृत अवस्थामा फेला

बेपत्ता खुसप्रसाद लुइँटेल मृत अवस्थामा फेला

तेह्रथुम, १४ चैत । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हात्तीखर्क स्थित तमोर नदिको किनारमा सडेगलेको अवस्थामा शव फेला परेको छ । इलाम नगरपालिका–९ बस्ने ६४ वर्षीय खुसप्रसाद लुइँटेल मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक राकेशकुमार   पोदारले जानकारी दिए । शव सडेगलेको भएकाले पोस्टमार्टम गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । लुइँटेल गत फाल्गुन ...
सिंहदरबारमा थन्किएका १५१ गाडी सदुपयोग

सिंहदरबारमा थन्किएका १५१ गाडी सदुपयोग

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका बिग्रिएर थन्किएका १५१ गाडी सञ्चालन लागि विभिन्न ठाउँमा पठाएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले वर्षौंदेखि थन्किएका गाडीलाई मर्मत गरी चलाउनका लागि प्रदेश तह, स्थानीय तह र प्राविधिक शिक्षालयलाई दिइएको जानकारी दिनुभयो । उहाँले ती निकायले आफैँ मर्मत गरी सञ्चालन गर्नका लागि दिइएको बताउनुभयो ...
सडक दुर्घटनामा १८ मृत्यु

सडक दुर्घटनामा १८ मृत्यु

ग्वाटेमाला सिटी, १४ चैत । ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी कम्ती १८ ग्वाटेमाली नागरिकको मृत्यु भएको छ । ग्वाटेमालाको पश्चिमी शहर नाहुआलाको प्रवेशद्धारमा एक सानो ट्रकले करिब १८ व्यक्तिलाई किचेर मारेको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । सर्वसाधारण जम्मा भएका एक स्थानमा उच्च गतिमा आइरहेको एक ट्रकले किचेर ट्रक चालकले भागेका बताइएको छ । गाडीले नै किचेर मारिएका एक...
दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान

दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान

सोल, १४ चैत । दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ । दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो । तथ्याङ्क विभागले गरेको सन् २०१७ बाट २०६७ सम्मको अनुमान अनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ६४ वर्षका व्यक्तिहरु सन् २०१७ मा ३ करोड ७५ लाख ७० हजार पुगेको थियो । सो सङ्ख्या सन् २०६७ सम्मकै सबैभ...
प्रधानमन्त्रीलाई २० कित्ता शेयर

प्रधानमन्त्रीलाई २० कित्ता शेयर

काठमाडौँ, १४ चैत । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ । यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभा...
बागमतीमा माछा पाउन छाडेपछि रहनसहन मै परिवर्तन

बागमतीमा माछा पाउन छाडेपछि रहनसहन मै परिवर्तन

हेटौँडा , १४ चैत । माछा लिनुस्, माछा ! बागमतीको माछा ! आफूलाई फापरबारीको बताउने एक व्यक्ति हेटौँडाको महोत्सव परिसरमा सिलमा उनेको माछा बेच्दै थिए । “साँच्चै बागमती कै हो ?,” एक महिलाले शङ्का व्यक्त गरिन् । कसम खान नपर्ने अवस्था बनाउँदै व्यापारीले चलाखी गरे – “बागमतीकै हो । बागमती त सुकेको गुलाफ जस्तै भयो । सधैं लटरम्म फुल्ने गुलाफ सुकेपछि कस्तो देखिन्छ हो, त्यस्तै भयो बागमती ।” उनले लाक्षणिक रुपम...
अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

रोल्पा, १४ चैत्र । रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कुखुराको फार्मबाट आउने दुर्गन्धले बसिनसक्नु भए पनि उनीहरुलाई त्यहाँ बस्नुको विकल्प छैन । आवाजविहीन ती तीन दाजुबहिनी रोल्पा नग...
विप्लव समूहका १७ जना धरौटीमा रिहा

विप्लव समूहका १७ जना धरौटीमा रिहा

चौतारा, १४ चैत । राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु छ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनामा रहेका रवित...
निःशुल्क विद्युत् मिटर वितरण

निःशुल्क विद्युत् मिटर वितरण

काठमाडौँ, १४ चैत । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सरकारले निःशुल्क रुपमा विद्युत्को मिटर वितरण गर्न थालेको छ । चालू आर्थिक वर्षको बजेटमा समेत आर्थिकरुपमा विपन्न समुदायलाई निःशुल्क रुपमा मिटर दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई देशव्यापी रुपमा नै कार्यान्वयन गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अभियानकै रुपमा मिटर वितरण गर्ने कार्यलाई नेपाल विद्युत् प्राधिकरणले आना वितरण...
फाप्लुमा विमानको चाप बढ्यो

फाप्लुमा विमानको चाप बढ्यो

सोलुखुम्बु, १४ चैत । जिल्लाको फाप्लु विमानस्थलमा विमानको चाप बढेको छ । मौसम प्रतिकूलताका कारण तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि आएका विमानसमेत ‘डाइभर्ट’ भई फाप्लु आउने गरेकाले यहाँ विमानको चाप बढेको हो । करीब चार दिनदेखि खुम्बुको मौसममा खराबी आउँदा लुक्ला जाने विमान पनि फाप्लुमा अवतरण भएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ । नियमितरूपमा तीनदेखि चार वटा मात्र विमान आवतजावत हुने फाप...
पहिलो सन्तान जन्माएको २६ दिनपछि जन्माइन् जुम्ल्याहा

पहिलो सन्तान जन्माएको २६ दिनपछि जन्माइन् जुम्ल्याहा

बीबीसी ।  बंगलादेशमा एउटा यस्तो घटना घटित भएको छ जसले त्यहाँको चिकित्सा जगतका साथै सर्वसाधारण पनि चकित छन् । २० वर्षे एक युवतीले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । पहिलो बच्चा जन्मेका बेला डाक्टरलाई उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा थिएन । पहिलो सन्तानलाई जन्म दिएको करिब एक महिनापछि आरिफ सुल्ताना नामकी युवतीले शल्यक्रियामार्फत् जुम्ल्याहा बच्चा जन्माइन् । तीन...
अर्जुन कपुर र मलाइका अरोडाले अप्रिल १९ मा विवाह गर्दै

अर्जुन कपुर र मलाइका अरोडाले अप्रिल १९ मा विवाह गर्दै

बलिउड नायिका मलाइका अरोडा खान र नायक अर्जुन कपुरको विवाहको मिति तोकिएको बारे विभिन्न भारतीय मिडियाले समाचार प्रकाशित गरिरहेका छन् । भारतीय मिडिया रिपोर्टका अनुसार मलाइका अरोडा र अर्जुन कपुरले १९ अप्रिल, २०१९ मा विवाह गर्ने भएका छन् । स्रोतका अनुसार विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको छ । यसमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ । यद्यपि यसबारे अ...
पर्यटक लोभ्याउँदै इर्लुङ झरना

पर्यटक लोभ्याउँदै इर्लुङ झरना

पाथर्दी (तनहुँ), १४ चैत । स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो । स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना पर्यटकीय दृष्टिबाट अन्यन्त महत्वपूर्ण रहे पनि उचित प्रचारप्रसारक...
अनौठो होटल, जहाँ ६० हजार सिँढी उक्लिएर ग्राहक पुग्दछन्

अनौठो होटल, जहाँ ६० हजार सिँढी उक्लिएर ग्राहक पुग्दछन्

 एजेन्सी । आफ्ना ग्राहकलाई नौलो अनुभुति दिलाउनका लागि दुनियामा अनेक खालका होटेल खुलेका छन् । यस्तै एउटा अनौठो होटल चीनमा छ । चीनको येल्लो माउन्टेनमा अवस्थित उक्त होटलमा पुग्नका लागि ६० हजार सिँढी चढ्नु पर्दछ । उक्त चारतारे होटलको नाम जेड स्क्रिन होटल हो । पहाडमा १८३० मिटर उचाईमा रहेको उक्त होटलबाट हंगशन पर्वतीय श्रृंखलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । पहाडी क्षेत्रमा १५ सय वर्षभन्दा पनि पूरा...
आठ वर्षदेखि दुई नेपाली बेपत्ता

आठ वर्षदेखि दुई नेपाली बेपत्ता

धम्बोझी, १४ चैत । जङ्गलमा घाँस, दाउरा लिन गएका राममिलन लोध र जमुनीका हर्कबहादुर शाही आठ वर्षदेखि बेपत्ता छन् । गुलरिया नगरपालिका–८ का राममिलन लोध विसं २०६७ देखि बेपत्ता छन् । भारतीय प्रहरीले आठ वर्षदेखि बेपत्ता राखेको पीडित परिवारले आरोप लगाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताउनुभयो । उहाँले भन्नुभयो, “यसबारेमा भारतीय प्रहरीसँग जानकारी माग्दैछौँ ।” घाँस, दाउरा गर्न गएका उनीसहित अन...
दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

लहान, १४ चैत्र । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७ नंको ट्याक्टरमा टोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुर निवासी २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । सो ...
उदयपुरमा बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

उदयपुरमा बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

गाईघाट, १४ चैत । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । बालिका हत्या गर्ने १६ वर्षी...
अब विद्यार्थी फेल भए शिक्षकलाई कारबाही

अब विद्यार्थी फेल भए शिक्षकलाई कारबाही

काठमाडौं । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो। एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले ‘डी’ र ‘ई’ भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमिति...
विप्लवले लिए १६ गतेको बन्द फिर्ता

विप्लवले लिए १६ गतेको बन्द फिर्ता

काठमाडौँ । चैत १६ गते विप्लव नेत्तृत्वको समूहले गर्ने भनिएको नेपाल बन्द नहुने भएको छ । नेपाल बार, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै विप्लवले बन्द फिर्ता लिने निर्णय गरेको हो । विप्लव नेत्तृत्वको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले १६ गते नेपाल बन्दको घाषणा गरेको थियो । तर अहिले चलिरहेको एसइई परीक्षालाई कुनै असर नपरोस भनि बन्द फि...
झापाको दमकमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापाको दमकमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुरुङ्गा (झापा), १४ चैत । झापाको दमकमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । दमक–४ स्थित चिया बगान नजीकै पूर्व पश्चिम राजमार्गमा ना६ख २८९३ नंको मालवाहक ट्रकले ठक्कर दिँदा भारत घर भई हाल दमकमा ज्याला मजदुरी काम गर्दै आएका एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको नाम, थर र वतन भने नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा...
नेपालगञ्जमा महिलामैत्री बस

नेपालगञ्जमा महिलामैत्री बस

राँझा, १३ चैत । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालन गर्ने भएको छ । महिलाको सुरक्षालाई ध्यानमा राखेर उपमहानगर आफैँले बस सञ्चालन गर्ने तयारी गरेको नगर प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिनुभयो । “चालू आर्थिक वर्षभित्रै ६ सुविधासम्पन्न बस सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो । उपमहानगरपालिका र त्यस आसपासका क्षेत्रमा महिलामैत्री बस सञ्चालन गरिनेछ । “महिला यात्रु मात्रै चढ्ने गरी बस सञ्चा...
कपालमा ओयल मसाज गर्दा यस्ता कुरा ध्यान दिनुहोस्

कपालमा ओयल मसाज गर्दा यस्ता कुरा ध्यान दिनुहोस्

एजेन्सी । तेल मसाज गर्दा सफासँग नुहाएको कपाल हुनुपर्छ । कन्डिसनर प्रयोग नगरेको कपाल हुनुपर्छ यदि कन्डिसनर प्रयोग गरेको छ भने कपाललाई मात्र स्याम्पु गरी कपाल सुकाएर गर्नु पर्दछ । किनकी कन्डिसनरले कपालको क्यूटिकल लक गर्ने भएको हुदाँ तेल भित्र पस्न पाउँदैन र यसरी तेल मसाज गर्दा कुनै पनि समस्या समाधान हुन सक्दैन । – कपालको समस्या हेरेर सहि तेल छनौट गर्नु पर्दछ । – कपाल धेरै झरेको छ भने जैतुनको ते...
लगानी सम्मेलनले औद्योगिक उन्नयनमा ऊर्जा थप्ने निजी क्षेत्रको विश्वास

लगानी सम्मेलनले औद्योगिक उन्नयनमा ऊर्जा थप्ने निजी क्षेत्रको विश्वास

काठमाडौँ, १३ चैत । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यसैसाता राजधानीमा आयोजना हुन लागेको लगानी सम्मेलनबाट देशको औद्योगिक उन्नयनमा ऊर्जा थप्ने विश्वास निजी क्षेत्रका उद्यमी व्यवसायीले व्यक्त गरेका छन् । सङ्घीयतासहितको नयाँ संविधान कार्यान्वयनसँगै मुलुकको इतिहासमा पहिलोपटक स्थिर सरकार गठन भएको परिप्रेक्षयमा हुन लागेको लगानी सम्मेलनलाई उनीहरूले समृद्धितर्फको अबको ...
भाषा परीक्षाका लागि ८१ हजारको आवेदन

भाषा परीक्षाका लागि ८१ हजारको आवेदन

काठमाडौँ, १३ चैत । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार ९९७ र कृषि क्षेत्रतर्फ २५ ह...
१७ मिनेटमै स्मार्टफोन फुुल चार्ज  हुने शाओमीको चमत्कारिक चार्जर

१७ मिनेटमै स्मार्टफोन फुुल चार्ज हुने शाओमीको चमत्कारिक चार्जर

एजेन्सी । चिनियाँ कम्पनी शाओमीले निरन्तर नयाँ प्रविधि तथा डिभाइस ल्याइरहेको छ । पछिल्लोपटक शाओमीले एउटा विशेष प्रविधि सार्वजनिक गरेको छ, जसबाट तपाइँ आफ्नो स्मार्टफोन केवल १७ मिनेटमै फुल चार्ज गर्न सक्नुहुनेछ । शाओमीले आफ्नो १०० वाट सुपर चार्ज टर्बो फास्ट चार्जिङ्ग टेक्नोलोजीको घोषणा गरेको हो । कम्पनीका अनुसार यो चार्जरबाट ४ हजार मिलिएम्पियर आवर ब्याट्रीको स्मार्टफोन पूरा चार्ज हुनेछ । स्मरण र...
निर्मला पन्त हत्या प्रकरण : अंगुर जिसीसँग ९ लाख धरौटी माग

निर्मला पन्त हत्या प्रकरण : अंगुर जिसीसँग ९ लाख धरौटी माग

 काठमाडौं, १३ चैत । कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायनाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसूर र यातना...
सुनील शेट्टीका छोरा ‘आरएक्स १००’ को रिमेकमा

सुनील शेट्टीका छोरा ‘आरएक्स १००’ को रिमेकमा

बलिउडमा स्टार किड्सको प्रवेश निकै बढेको छ । स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर, अभिनेता सैफ अली खानकी छोरी सारा अली खान, चंकी पान्डेकी छोरी अनन्या, अभिनेता गोविन्दाकी छोरी टीना आहुजाले बलिउड फिल्ममा आफ्नो पाइला राखिसकेका छन् । चाँडै अभिनेता शाहरुख खानकी छोरी सुहाना खान पनि बलिउड प्रवेश गर्न लागेको चर्चा छ । यसबीच, एक समयका सर्वाधिक सफल अभिनेता सुनील शेट्टीका छोरा अहान पनि बलिउडमा ड...
error: Content is protected !!