जनतालाई आश्वासन मात्र होइन, विकास दिन्छौः नेम्वाङ
इलाम, २७ मंसिर । नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन् ।
मतदातालाई धन्यवाद ज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौ, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ ।”
“तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्...























