कालिकोट, २६ मंसिर । जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीको अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

Advertisement

सोमबार राति अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्यधिक रक्तश्राव भएका कारणले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला अस्पताल कालिकोटका डा. कौशल अलीले बताए। ‘अवस्था निकै जटिल थियो।

राति अप्रेसन गरेर बच्चा निकालियो।’ उनले भने,‘रक्तश्राव अत्यधिक भएपछि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ।’ शाहीको अवस्था गम्भीर भए पनि जन्मिएको बच्चा निकै स्वस्थ्य रहेको जिल्ला अस्पताल कालिकोटका डा. अलीले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!