एजेन्सी, २७ मंसिर । पछिल्लो समय उत्तर कोरियाको आणविक परीक्षणका कारण बिग्रेको अमेरिका र उत्तर कोरियाको सम्बन्धबारे यी दुई देशबीच वार्ता हुने संकेत देखिएको छ।

Advertisement

अमेरिकी सरकार उत्तर कोरियासँग निशर्त वार्ता गर्न तयार भएकोले यी दुईदेशबीच लामो समयदेखिको सम्बन्धमा सुधार हुने संकेत देखिएको हो। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँग वार्ता हुने जानकारी दिएका छन्।

वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’हरुसँग मङ्गलबार भएको छलफलका क्रममा टिलरसनले उत्तरकोरियासँग वार्ता गर्न लागेको जानकारी दिएका हुन्।

अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग बिनाशर्त सिधा वार्तागर्न अमेरिका तयार रहेको जानकारी दिएका हुन्। यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन।

अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उनको आफ्नै हो या त्यसमा राष्ट्रपति ट्रम्पको पनि सहमति छ भन्ने बारेमा पनि केही बताइएको छैन।

विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग गरिने वार्ताका लागि मार्गचित्र निर्धारण गर्ने र विना शर्त जुनसुकै विषयमा छलफल गर्न सकिने उनले बताए।

एकजना अमेरिकी ह्वाइट हाउसका अधिकारीको भने उत्तर कोरियाको आणविक कार्यक्रम तथा समग्र उत्तर कोरियाली नीतिका बारेमा भने राष्ट्रपति ट्रम्पको हालको धारणामा कुनै परिवर्तन नआएको जानकारी आएको छ।

अमेरिकाले उत्तर कोरियासँग वार्तागर्ने भनी आएको यो नै पहिलो अभिव्यक्ति हो। विगतमा यसरी अमेरिकाले वार्ताका सम्भावित शर्तहरुको बारेमा केही कुरा राखेको थिएन।

तर परमाणु अस्त्रको बारेमा उत्तर कोरियाको कार्यक्रम भने अमेरिकाले नस्वीकार्ने विदेशमन्त्री टिलरसनले प्रष्ट पारेका छन्। यसअघि अमेरिकाले केही समयमात्र अघि वार्ताका लागि उत्तर कोरिया निशस्त्र हुनुपर्ने भन्दै आएको थियो। तर यो पछिल्लो अमेरिकी धारणामा परिवर्तन आएको देखिन्छ। यस पटक भने उनले अमेरिका विनाशर्त नै उत्तर कोरियासँग वार्तामा बस्ने जनाएको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!