‘प्रश्नपत्र आउट गरेको’ भन्दै विद्यार्थीद्वारा पूर्वाञ्चल विश्वविद्यालय तोडफोड, डिनको कुर्सी जलाइयो
गोठगाउँ, २८ मंसिर । मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँको प्रशासनिक भवन विद्यार्थीले तोडफोड गरेका छन् । बुधबार भएको एग्रिकलचर सेकेन्ड सेमिस्टारको परीक्षाको प्रश्नपत्र परीक्षाअगावै विश्वविद्यालयले केही निजी विद्यालयका विद्यार्थीलाई बेचेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुख तथा डिनको कार्यकक्ष तोडफेड गरेका हुन् ।
त्यसक्रममा आक्रोशित विद्यार्थीले डिनको कुर्सीसमेत ...



























