‘महाकाली सन्धि कार्यान्वयन गर्न तयार’
कञ्चनपुर,७ माघ। सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुर बाँधदेखि नेपालको सीमानासम्मको एक हजार २०० मिटर नहर बनाउन भारतीय पक्षलाई आग्रह गरिएको बताउनुभएको छ ।
टनकपुर बाँधको निरीक्षण गर्दै मन्त्री गौतमले २२ वर्ष अगाडि भएको महाकाली सन्धिअनुसार गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्ने बताउनुभयो ।
महाकाली सन्धिको धारा २ अनुसार टनकपुरमा पूर्वी एफलक्स बाँध निर्म...
























