काठमाडौँ, ६ माघ। अनेरास्ववियुको एक टोली भारतबाट मिचिएको भनिएको सीमाक्षेत्र वीरगञ्ज महानगरपालिका–१ छप्कैयातर्फ गएको छ ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा टोली भारतीय पक्षले सीमा मिचिएको उक्त क्षेत्रमा गएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिनुभयो ।

Advertisement

टोलीले स्थानीयवासीसँग भेट गरी वास्तविक कति सीमाक्षेत्र भारतीय पक्षबाट मिचिएको छ भन्ने पत्ता लगाई सोही ठाउँमा विरोध प्रदर्शनसमेत गर्ने भएको अध्यक्ष लामाले बताउनुभयो ।

अध्यक्ष लामासहित उपाध्यक्ष सुनित बराल, सचिव आरती लामासहितको १० जनाको टोली गएको हो ।

भारतीय पक्षले उक्त ठाउँमा ५० बिगाहा सीमा मिचेको भन्दै देशभरि नै प्रदर्शन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!