प्रदेश १ : प्रदेश प्रमुख सरकार गठनका लागि पत्रको प्रतीक्षामा
विराटनगर, २९ माघ। सरकार गठनका लागि प्रदेश १ का प्रदेश प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङ दलको पत्र कुरेर बसेका छन् । प्रदेश १ मा बहुमत प्राप्त दलले संसदीय दलको नेता चयन गरिसकेकाले प्रदेश प्रमुख सरकार गठनका लागि पत्रको प्रतीक्षामा छन् ।
संविधानअनुसार बहुमत प्राप्त दलले सरकार गठनका लागि माग गर्दै पत्र लिएर आएमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेर शपथग्रहण गराउनेछन् । मुख्यमन्त्रीको अध्यक्षत...



























