प्रदेश ५ः मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत
बुटवल, २८ माघ । प्रदेश नं ५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेका छन् ।
एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यको सहमतिसहित प्रदेशसभामा एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोधसहित प्...




























