झापा विद्रोहदेखि मुलुकको ४१ औँ प्रधानमन्त्रीसम्म

झापा विद्रोहदेखि मुलुकको ४१ औँ प्रधानमन्त्रीसम्म

काठमाडौँ, ३ फागुन । नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ । समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेलसमेत खेप्नुभएका आफ्नो अडानमा दृढ नेता मानिनुह...
राष्ट्रपति निर्वाचन फागुनभित्रै गर्ने सहमति

राष्ट्रपति निर्वाचन फागुनभित्रै गर्ने सहमति

काठमाडौँ, ३ फागुन । राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक...
लालबाबु पण्डित र थापा मन्त्रीमा नियुक्त

लालबाबु पण्डित र थापा मन्त्रीमा नियुक्त

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित(मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र थममाया थापा(म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा आज नियुक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री हुनुहुन्थ्यो । ...
उपाधिका लागि नेपाललाई युएईले दियो २७८ रनको लक्ष्य

उपाधिका लागि नेपाललाई युएईले दियो २७८ रनको लक्ष्य

काठमाडौं, ३ फागुन । आईसीसी विश्व लिग क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि नेपाललाई युएईले २ सय ७८ रनको लक्ष्य दिएको छ । नेपालले डिभिजन टू को चालु प्रतियोगितामा पाएको यो सबैभन्दा धेरै स्कोरको लक्ष्य हो । निर्धारित ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर १७७ रन बनाएको हो। उसका लागि अस्फाक अहमदले सतकीय पारी खेले। १२३ बलमा उनले १० चौका र ३ छक्कासहित ११४ रन बनाए। यस्तै अर्का ओपनर रोहन मुस्ताफाले ५१ र...
४१ औँ प्रधानमन्त्रीकारुपमा ओलीद्वारा शपथ ग्रहण

४१ औँ प्रधानमन्त्रीकारुपमा ओलीद्वारा शपथ ग्रहण

काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताका शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो । शपथ ग्रहण कार्यक्रममा राष्ट्रिपति, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक दलका शिर्ष नेता तथा विभिन्न कूटनीति...
सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

काठमाडौँ, ३ फागुन । नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.७२ बिन्दुले उकालो लागेर ३०१.३० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १६५ कम्प...
प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

काठमाडौँ, ३ फागुन ।  प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ । नेपाली सेनाद्वारा आयोजित सो तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) सहित पाँच विकास क्षेत्रका आठ टोलीले प्रतिष्पर्धा गर्नेछन् । सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मे...
प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

विराटनगर, ३ फागुन । प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् । मुख्य मन्त्र...
प्रदेश नं १ को उपसभामुखमा सरस्वती पोखरेल सर्वसम्मत

प्रदेश नं १ को उपसभामुखमा सरस्वती पोखरेल सर्वसम्मत

विराटनगर, ३ फागुन।  प्रदेश नं १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ । संसद्को आजको बैठकमा उहाँको नाम अनमोदनका लागि प्रस्ताव टेबुल भएको थियो ।इन्द्रमणि पराजुलीको समर्थनमा प्रस्तावक रामकुमार राईले उहाँलाई उपसभामुख पदमा मनोनयन गर्न प्रस्ताव गर्नुभएको थियो । आजै प्रदेश नं १ को कार्यलय प्राङ्गणमा आयोजित कार्यक्रममा सभामुख प्रदीपकुमार भण...
श्रीमान्द्वारा श्रीमतीको कुटपिट गरी हत्या

श्रीमान्द्वारा श्रीमतीको कुटपिट गरी हत्या

भीमदत्तनगर, ३ फागुन । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाई बसेको भन्दै श्रीमान्ले हातले कुटपिट गरेको देखिन्छ,” इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब नि...
प्रदेश नं ६ मा सात वटा मन्त्रालय स्थापना

प्रदेश नं ६ मा सात वटा मन्त्रालय स्थापना

सुर्खेत, ३ फागुन ।  प्रदेश नं ६ मा  बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन् । प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताउनुभयो । प्रदेश नं ६ प्रदेशमा सात वटा मन्त्रालय रहने छन् । दुई साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय सञ्चालन भइसकेको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्...
प्रदेश नं ७ को मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

प्रदेश नं ७ को मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

धनगढी, ३ फागुन । प्रदेश नं ७ को मुख्य मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्य मन्त्रीको शपथ ग्रहण भने यही फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले ...
नवनियुक्त प्रधानमन्त्री अोलीको चार बजे सपथ कार्यक्रम

नवनियुक्त प्रधानमन्त्री अोलीको चार बजे सपथ कार्यक्रम

काठमाडाैँ, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री अाेलीले अाजै अपराह्न चार बजे पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार सपथको समय दिउँसो ४ बजेका लागि तोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि  राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। ओलीलाई प्रधानमन्त्री नियुक्त गर...
डिभिजन टू को उपाधि होड, नेपाल र युएई भिड्दै

डिभिजन टू को उपाधि होड, नेपाल र युएई भिड्दै

काठमाडाैँ, ३ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा नेपालले युएईसँग टस हारेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नामिवियाको एन्डरर्स मैदानमा युएईले टस जितेर नेपाललाई पहिलो बलिङको निम्तो दिएको हो। यसअघि समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। समूह चरणमा भएका ५ मध्ये नेपालले ४ खेलमा जित निकालेको छ भने ...
अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या

वासिङ्टन, ३ फागुन । अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको दुःखद समाचार छ । स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जाेरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो । सोही विद्यालयका एकजना १९ वर्षीय पूर्व व...
संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा भएको छ: प्रधानमन्त्री देउवा (पूर्णपाठसहित)

संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा भएको छ: प्रधानमन्त्री देउवा (पूर्णपाठसहित)

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पूरा भएको बताउनुभएको छ । देशवासीको नाममा आज सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्...
जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

काठमाडौँ, ३ फागुन । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो चाइना कर्पोरेशनलाई सो जविद्युत उत्पादनका लागि स्वीकृति प्रदान गरेको हो । विदेशी लगा...
विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ पक्राउ

विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ पक्राउ

विराटनगर, ३ फागुन ।  विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ । प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्राधिकरणले जनाएको छ । यसर...
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, ३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको ...
तीन तहको निर्वाचन हुनु आफ्नो कार्यकालको मुख्य उपलब्धि: प्रधानमन्त्री

तीन तहको निर्वाचन हुनु आफ्नो कार्यकालको मुख्य उपलब्धि: प्रधानमन्त्री

काठमाडौँ, ३ फागुन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीन वटै तहका निर्वाचन सफलताका साथ सम्पन्न हुनुलाई आफ्नो कार्यकालको मुख्य उपलब्धि भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशवासीका नाममा सम्बोधन गर्दै उहाँले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सफलताका साथ सम्पन्न गरी प...
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र

काठमाडौँ, ३ फागुन । वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको छ । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो । गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्...
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिए

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिए

काठमाडौं, ३ फागुन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन ...
सरकार गठनको उद्देश्य पूरा गरेको निष्कर्ष: मन्त्रिपरिषद् बैठक

सरकार गठनको उद्देश्य पूरा गरेको निष्कर्ष: मन्त्रिपरिषद् बैठक

काठमाडौँ, ३ फागुन । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवादसमेत दिएको बैठकपछि खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले संविधान कार्यान्वयन गर्ने प्रमुख कार्...
जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

मंगलबारे, इलाम, ३ फागुन ।  जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो । विसं २०७२/७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहेको छ । पहिलो चरणअन्तर्गत निर्मित भवनमा साना–ठूला गरी २२ वटा कोठा रहेका छन् । यसको अनुमानि...
प्रदेश १ मा मन्त्रिपरिषद गठनको तयारी

प्रदेश १ मा मन्त्रिपरिषद गठनको तयारी

विराटनगर, ३ फागुन  ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सपथग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् । मुख्यमन्त्री राईले दिउँसो ३ बजे सपथ लिनेछन् । लगतै मन्त्रिपरिषद् गठन गर्ने एमाले र माओवादीको तयारी छ । तर, गठबन्धनमा सहभागी माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दाबी नछाडेकाले पहिलो चरणमा सहभागी हुने मन्त्रीको नाम टुंगो लागेको छैन । मुख्यमन्त्री राईले भने आन...
लोपोन्मुख गिद्धको बासस्थान पहिचान

लोपोन्मुख गिद्धको बासस्थान पहिचान

ठिनी, मुस्ताङ ३ फागुन ।  मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाका सात स्थानमा लोपोन्मुख मांसाहारी पक्षी हिमाली गिद्धको बासस्थान पत्ता लागेको छ । ग्लोबल प्राइमेट नेटवर्क र मोडिफिकेशन जोमसोमले ड्रोन क्यामेराको सहायताले गरेको अध्ययनका क्रममा सात स्थानमा ४९ वटा हिमाली गिद्धका गुँड भेटिएको हो । लोपोन्मुख पक्षीको सूचीमा रहेको प्रकृतिका कुचिकार मानिने गिद्धको बासस्थान पहिचान गरी संरक्षणको काम गर्ने उद्...
हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइने

हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइने

भोजपुर, ३ फागुन ।  भोजपुर जिल्लामा हात्तीपाइले (फाईलेरिया) रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि खुवाउने निर्णय गरेको हो । यस वर्ष भोजपुरमा एकलाख ५० हजार ४०० लाई औषधि खुवाइन लागेको जनस्वास्थ्यका फोकल पर्सन विनोद मिश्रले जानकारी दिनुभयो । यसमा ८० हजार ७७ महिला र ७० हजार ४१७ पुरुष रहेका छन् । औषधि खुवाउनका लागि एक ह...
मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

उर्लाबारी, मोरङ, ३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै हुनुहुन्छ । आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले राईलाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गर्नुभएको थियो । राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्...
देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, राजीनामा दिने तयारी

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, राजीनामा दिने तयारी

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लागेका छन् । उनले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि सरेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बिहीबार बिहा...
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी हर्षित

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी हर्षित

सल्लेरी, सोलुखुम्बु, ३ फागुन । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मंगलबारदेखि हिउँ परेको छ ।” वुधबार पनि हिउँ परेको उहाँले बताउनुभयो । हिमपातसँगै हल्का...
ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन

ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन

गाईघाट, उदयपुर, ३ फागुन । ठेकेदारको लापरबाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण शुरु भएको सुनकोशी पुलको अहिलेसम्म सामान्य पिलरको जग पनि बन्न सकेको छैन । चार वर्षअघि गौरापार्वती कन्सट्रक्सन जेभी प्रालि निर्माण कम्पनीले टेण्डर प्राप्त गरेर निर्माण कार्य शुरु गरेको उक्त सुनकोशी पुलको अहिलेसम्म पनि सुनकोशी वार...
error: Content is protected !!