पूर्वसभासद डा. पोखरेलको निधन

पूर्वसभासद डा. पोखरेलको निधन

काठमाडौं, २३ पुस । पूर्वसभासद डा. बाबुराम पोखरेलको निधन भएको छ । प्याब्सनका पूर्व अध्यक्ष एवं भीएस निकेतनका प्रिन्सिपल समेत रहेका पोखरेलको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पोखरेल लामो समयदेखि स्वास प्रश्वाससम्वन्धी रोगबाट पीडित थिए । अमेरिकामा रहेका छोरा मंगलबार आएपछि उनको अन्त्येष्टि गर्ने तयारी छ । पोखरेलका श्रीमती र दुई छोरा छन् । मानव संसाधन विकासमा विद्यावारिधी गरेक...
पाँच दिन देखिको बन्दले जनजीवन कष्टकर

पाँच दिन देखिको बन्दले जनजीवन कष्टकर

धनकुटा, २३ पुस । प्रादेशिक राजधानी घोषणाको माग गर्दै पाँच दिनदेखि जारी अनिश्चितकालिन बन्दका कारण धनकुटाको जनजीवन कष्टकर बनेको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत बन्द हुँदा जनजीवन कष्टकर बनेको हो । पूर्वी पहाडी जिल्ला जोड्ने कोशी राजमार्गमा सवारी साधन सञ्चालन नहुँदा भोजपुर, तेह्रथुम र संखुवासभाको जनजीवन पनि अस्तब्यस्त बनेको छ । लगातारको बन्दका कारण सर्वसाधरणको दैनिकी कष्टकर बन्न था...
सरकारी पैसा वाणिज्य बैंकमा सार्ने तयारी

सरकारी पैसा वाणिज्य बैंकमा सार्ने तयारी

काठमाडौँ, २३ पुस । राष्ट्र बैंकमा खोलिएका सरकारी खातामा रहेको पैसा वाणिज्य बैंकहरूमा स्थानान्तरण गर्ने तयारी भएको छ । उद्योगी व्यवसायी र बैंकहरूको आग्रहमा सरकारले आफ्नो ढुकुटीमा रहेकोमध्ये केही रकम वाणिज्य बैंकहरूमा पठाउन लागेको हो । उक्त रकम कुन विधि र प्रक्रियामार्फत पठाउने भन्ने सम्बन्धमा गृहकार्य भइरहेको अर्थसचिव शंकरप्रसाद अधिकारीले बताए । ‘वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या व...
जाडोले बेहोस हुँदा धामीझाँक्रीको भर, एक बालकसहित तीनको मृत्यु

जाडोले बेहोस हुँदा धामीझाँक्रीको भर, एक बालकसहित तीनको मृत्यु

 सिरहा,२३ पुस। अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो । जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी दिए । यस्तै चिसोकै कारण शनिबार धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ व...
८ वर्षपछि शून्यमा झर्‍यो काठमाडौंको तापक्रम

८ वर्षपछि शून्यमा झर्‍यो काठमाडौंको तापक्रम

काठमाडौं,२३ पुस । लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो । तापक्रम घटेसँगै काठमाडौंमा निकै चिसो महसुस भएको छ । यसअघि पुस २० गते यहाँको ताप...
अब सातै प्रदेशको ‘अस्थायी राजधानी’ काठमाडौं !

अब सातै प्रदेशको ‘अस्थायी राजधानी’ काठमाडौं !

काठमाडौं,२३ पुस । प्रदेशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको छ । अहिले प्रदेशका अस्थायी राजधानी तोक्नुभन्दा बरु काठमाडौंमै सबै प्रदेशका सांसदहरुलाई बोलाएर सपथग्रहण गराउने सरकारले नयाँ जुक्ति निकालेको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकबाट ७ प्रदेशका प्र...
भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

जाजरकोट,२३ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए । ‘जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्’, सिंहले भने । औषधि र स्वास्थ्यकर्मी छिटो रो...
पेट्रोल खानीको उत्खनन गर्न स्थानीयको माग

पेट्रोल खानीको उत्खनन गर्न स्थानीयको माग

मोरङ,२३ पुस। मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । गौचरणमा प्रयोग भइरहेको पेट्रोल खानीमा पेट्रोल भए उत्खनन गर्न र नभए त्यही जग्गामा उद्योगधन्दा चलाउन स्थानीयले मोरङ–३ बाट निर्वाचित सांसद भानुभक्त ढकालसँग माग गरेका हुन् । पेट्रोलियम अन्वेषणका क्रममा ३५ वर्षअघि नेदरल्यान्ड सरकारको ‘सेल’ नामक कम्पनीले राधानगरमा तीन हज...
सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिइङ

सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिइङ

काठमाडौं,२३ पुस। 'रुसको सरकारी कम्पनीसँग दुईवटा एमआई–१७ खरिद सम्झौता गर्ने तयारी भइरहँदा युक्रेनले नेपालमै आएर लबिइङ गरेपछि विकल्पबारे बहस सुरु' नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थप दुई एमआई–१७ (भी–५) हेलिकप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म आएर चर्को लबिइङ थालेको छ । कूटनीतिक, राजनीतिक र बिचौलिया (केही व्यापारीहरू) मार्फत युक्रेनले पहल थालेको हो ।...
प्रदेश प्रमुख भोलि, राजधानी निर्णय कहिले ?

प्रदेश प्रमुख भोलि, राजधानी निर्णय कहिले ?

काठमाडौं,२३ पुस। कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी योजना उनले सुनाए । एकातिर अस्थायी प्रादेशिक राजधानीबारे उठिरहेका विभिन्न माग, अर्कातिर वाम गठबन्धनसँग असहमति । यस्तोमा सरकारले के गर्ने भन्ने विष...
एक बालकसहित दुईजना मृत अवस्थामा फेला

एक बालकसहित दुईजना मृत अवस्थामा फेला

  राजविराज - सप्तरीको छुट्टाछुट्टै ठाउँमा एक बालकसहित दुईजना मृत अवस्थामा फेला परेका छन् । सप्तकोशी नगरपालिका–८ स्थित कमलपुरमा एकजना पुरुष आज मृत फेला परेका छन् । नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुष सो ठाउँमा मृत फेला परेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । यस्तै, जिल्लाको डाकनेश्वरी नगरपालिका–५ स्थित पश्चिम नहरको छेउमा छ महिने बालक मृत अवस्थामा फेला परेको इप्रक...
कानून नमानेको भन्दै साउदीका ११ राजकुमार पक्राउ

कानून नमानेको भन्दै साउदीका ११ राजकुमार पक्राउ

रियाद – साउदी अरबका ११ राजकुमारलाई रियादबाट पक्राउ गरिएको छ। रियादमा रहेको शाही महलबाट साउदी प्रहरीले ११ राजकुमारलाई शनिबार हिरासतमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। शाही परिवारका सदस्यको पानी र बिजुलीको बिल राज्यकोषले नतिर्ने निर्णयको विरोध र हत्या अभियोगमा परिवारका एक सदस्यविरुद्ध सुनाइएको सजायको धरौटी मागेपछि राजकुमारलाई नियन्त्रणमा लिइएको हो। विश्वकै ठूलो तेल निर्यात गर्ने स...
सलमानसँग किन फिल्म खेल्दिनन् दीपिका ?

सलमानसँग किन फिल्म खेल्दिनन् दीपिका ?

मुम्बई – सलमान खानसँग फिल्म खेल्न जो कोही कलाकार पनि मरिहत्ते गर्छन्। तर, बलिउड फिल्म उद्योगमा एक दशक विताइसकेकी अभिनेत्री दीपिका पादुकोणले ‘दबंग’ नामले चिनिने अभिनेता सलमानसँग अझै फिल्म खेलेकी छैनन्। शुक्रबारबाट उमेरले ३२ पुगेकी दीपिकाले सलमानसँग फिल्म खेल्ने प्रस्ताव आएपनि लगातार अस्वीकार गर्दै आएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आजसम्म सलमानसँग फिल्म खेल्न उनको साइत नै जुरेन। अर्थात समय अ...
हलेसीका अग्निपीडितलाई सहयोग

हलेसीका अग्निपीडितलाई सहयोग

खोटाङ, २२ पुस। हलेसीका अग्निपीडितलाई बौद्ध धर्मावलम्बीले राहत बाँडेका छन् । मंगलबार राति भएको आगलागीमा घरसहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अग्निपीडित परिवारलाई बौद्धमार्गीले शुक्रबार जनही रु पाँच हजारका साथमा ५० केजी चामल बाँडेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समिति, रेडक्रस, उद्योग वाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, नगरपालिकालगायतले राहत तथा बन...
सिमेन्टको कृत्रिम मूल्य सिर्जना–व्यापारीद्वारा कालोबजारी

सिमेन्टको कृत्रिम मूल्य सिर्जना–व्यापारीद्वारा कालोबजारी

वीरगञ्ज,२२ पुस । सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि यहाँका व्यापारीले कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्ने गरेको छ । नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा त्यस्को धुलोले प्रदूषण भई मानव स्वास्थमा प्रतिकूल असर पर्ने भनी केही दिनदेखि रक्सौलवासीले अवरोध गर्दा क्लिङकर नेपालतर्फ आयात नभएको मौका छोपी यहा...
भेटियो बरफको विशाल चक्र, के छ रहस्य ?

भेटियो बरफको विशाल चक्र, के छ रहस्य ?

चीनमा यस्तो माहोल बनेको छ, जसलाई देखेर दुनिया हैरान छ । अहिले चीनमा एक रहस्यलाई दिएर मानिसहरु खोतल्न जुटिरहेका छन् ।दुनियाका कैयन् प्राचीन रहसय मध्येको एक चीनको लियाओनिंग प्रान्त भएर बग्ने लियाओ नदीमा फेला परेको छ । उक्त रहसयमय चिज देख्नका लागि धेरै मानिस झुम्मिएका छन् । सयौँको संख्यामा पर्यटक आउन थालेका छन् । नदीमा बनेको बरफको गोलाकार चक्रको रहसय जान्नका लागि मानिसहरु जुटिरहेका हुन् । पानीमाथि...
धनकुटाको आमहड्ताल खुकुलो पारियो

धनकुटाको आमहड्ताल खुकुलो पारियो

धनकुटा, २२ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै चार दिनदेखि जारीे अनिश्चितकालिन आमहड्ताल शनिवार साँझबाट केही खुकुलो बनाईएको छ । बन्दका कारण सर्वसाधरणमा परेको सास्तीलाई मध्यनजर गर्दै साँझ ५ बजेबाट बिहान ८ बजेसम्मका लागि सवारी आवागमन खुल्ला गरिएको आन्दोलन परिचालन समितिले जनाएको छ । सरकारले तत्काल प्रादेशिक राजधानी नतोक्ने भएपछि आमहड्ताल खुकुलो बनाईएको भएपनि आवश्यकता अनुसार कडा...
जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ८ दिने नाबालकसहित ९ जनाको मृत्यु

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ८ दिने नाबालकसहित ९ जनाको मृत्यु

जाजरकोट,२२ पुस । जाजरकोटमा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु भएको छ । ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा तीन सय भन्दा बढी गाउँलेहरु विरामी परेको स्वास्थ्य चौकी बड्कुलेका ईञ्चार्ज हरिबहादुर सिंहले बताए। उनले दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि आउने झण्डैं ६० देखि ७० जना भाइरल विरामी नै आउने गरेको बताए । ज्वरो र रुघाँखोकी कारण ज...
राष्ट्रियसभा निर्वाचनपछि पनि शेरबहादुरले सत्ता नछाडे धकेलेर फालिदिन्छौंः लालबाबु

राष्ट्रियसभा निर्वाचनपछि पनि शेरबहादुरले सत्ता नछाडे धकेलेर फालिदिन्छौंः लालबाबु

काठमाडौं, २२ पुस। नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म आफूहरु चुप लागेर बस्ने भन्दै त्यसपछि पनि शेरबहादुर देउवाले सत्ता नछाडे धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले  भने,“हामी निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहानुभ...
मौसमविद् भन्छन्ः अझै चिसो बढ्छ…

मौसमविद् भन्छन्ः अझै चिसो बढ्छ…

काठमाडौँ,२२ पुस । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख ...
फोहर फालेको उजुरी गर्नेलाई भत्ता

फोहर फालेको उजुरी गर्नेलाई भत्ता

विराटनगर,२२ पुस। नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अख्तियारी गरेपछि गाउँघरबाट सडकमा फ्याँकिने फोहरमा केही सुधार आउने अपेक्षा महानगरपालिकाले गरेको छ ...
स्वास्थ्य बीमामा तीन हजार चार सय सदस्य

स्वास्थ्य बीमामा तीन हजार चार सय सदस्य

बैतडी,२२ पुस। बैतडीमा स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा तीन हजार ४०० बढी सदस्य आबद्ध भएका छन् । सरकारले आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्योपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा बैतडीमा हालसम्म तीन हजार ४२५ जना सदस्य आबद्ध भएका हुन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य ब...
झोलुंगे पुल बन्दा बाजागाजासहित खुशीयाली

झोलुंगे पुल बन्दा बाजागाजासहित खुशीयाली

ओखलढुंगा,२२ पुस । आधुनिकताले जतिसुकै फड्को मारे पनि यहाँका बासिन्दा झोलुंगे पुल निर्माण हुँदा बाजागासहित खुशी मनाउँछन् । मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खाङसाङबाट ओखलढुंगाको पलापु जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएपछि ७३ वर्षीया रत्नकुमारी सार्की हर्षित हुनुहुन्छ । वर्षौंदेखि सुनकोशी नदी पार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता पुल निर्माणसँगै अन्त्य भएकोमा उहाँलगायत स्थानीयवासी खुशी भएका...
क्रान्तिकारी अध्यक्ष तामाङद्वारा मिर्गौला पीडितलाई १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण

क्रान्तिकारी अध्यक्ष तामाङद्वारा मिर्गौला पीडितलाई १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण

काठमाडौं,२२ पुस। माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले मिर्गौला पीडित श्यामबहादुर मगरलाई उपचार सहयोग स्वरुप १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। झापाको कमल गाउँपालिका १ निवासी २४ वर्षीय मगरका दुवै मिर्गौलाले काम गर्न छाडेपछि हाल उनी शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ। मिर्गौला प्रत्यारोपण ग...
पूर्वमा बाक्लाे हुस्सु सहित अत्याधिक चिसाे : एक सातामा ८ जनाकाे मृत्यु

पूर्वमा बाक्लाे हुस्सु सहित अत्याधिक चिसाे : एक सातामा ८ जनाकाे मृत्यु

इटहरी, २२ पुस। केहीदिन यता पूर्वमा बाक्लाे हुस्सु सहित बढेकाे अत्याधिक चिसाेले बिभिन्न जिल्लामा जनजिवन प्रभावित बनेकाे छ । सुनसरी सहित पूर्वी तराइका जिल्लामा परेकाे बाक्लाे हुस्सु र चिसाेकाे कारण जनजिवन प्रभावित बनेकाे हाे । पुस महिना सुरू भएलगत्तै बढेकाे चिसाेका कारण पूर्वि तराइका सुनसरी , माेरङ , झापा , इलाम पाँचथर , ताप्लेजुङ , भाेजपुर , धनकुटा संखुवासभा लगायतका जिल्लाहरूमा जनजिवन प्रभावित बन...
गगन थापालाई बम हान्ने धरौटीमा रिहा

गगन थापालाई बम हान्ने धरौटीमा रिहा

काठमाडौंं,२२ पुस। निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंंले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई रु ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो । कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ ।...
कमिसन बढाउन ग्यास बिक्री ठप्प: उपभोक्तालाई सास्ती

कमिसन बढाउन ग्यास बिक्री ठप्प: उपभोक्तालाई सास्ती

विराटनगर,२२ पुस।  विराटनगरका ग्यास विक्रेता खाना पकाउने (एलपीजी) ग्यास बिक्री ठप्प पारेका छन् ।जाडो मौसममा बढी खपत हुने ग्यासको बिक्री ठप्प हुँदा उपभोक्तालाई सास्ती भएको छ । विराटनगरका ग्यास विक्रेताले उद्योगले दिने गरेको कमिसन बढाउनुपर्ने माग राख्दै चार दिनयता डिलर बन्द गरेका हुन् ।ग्यास बिक्रेता महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले भने, -हामीले १५ बर्षदेखि प्रतिसिलिन्डर ३५ रुपैयाँ कमिसन...
सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

प्रदेश प्रमुख तोकेर सातै प्रदेशका सदस्यको शपथ काठमाडौंमै गराउने तयारी सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ । प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तयारी गरेको छ ।     प्रदेश राजधानी माग्दै देशभर आन्दोलन चर्के...
कठ्यांग्रिएर मधेसमा ९ को मृत्यु

कठ्यांग्रिएर मधेसमा ९ को मृत्यु

राजविराज/रौतहट- पूर्वी तराईमा शितलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक साताको अवधिमा नौजनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा  ६ सप्तरीका र तीनजना रौतहटका छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरले केही दिनयता तराई–मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् । पछिल्लो साता सप्तरीमा चिसोका कारण ६ जनाले ज्यान गुमाएको स्थानीय तहका जनप्रतिनिधि र सम्बन्धित परि...
नेपाली वैज्ञानिकलाई अन्तरराष्ट्रिय सम्मान

नेपाली वैज्ञानिकलाई अन्तरराष्ट्रिय सम्मान

महोत्तरी, २२ पुस । नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मिका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आएका थिए । हाल उनी भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषय...
शिक्षकले नै लगाए विद्यालयमा ताला: पठनपाठन ठप्प

शिक्षकले नै लगाए विद्यालयमा ताला: पठनपाठन ठप्प

बैतडी,२२ पुस । जिल्लाको सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले नै तालाबन्दी गरेका छन् । १० महिनासम्म तलब नपाएको भन्दै निजी स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले विद्यालयमा तालाबन्दी गरेका हुन् । निजी स्रोतका शिक्षकहरुले तलब समयमा दिनुपर्ने, तलब बृद्धि गर्नुपर्ने र विद्यालयको निर्माणाधिन भवन समयमै सम्पन्न हुनुपर्ने मागसहित विद्यालयमा तालाबन्दी गरेका स्था...
error: Content is protected !!