
काठमाडाैँ, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री अाेलीले अाजै अपराह्न चार बजे पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार सपथको समय दिउँसो ४ बजेका लागि तोकिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति भण्डारीले नयाँ सरकारले स्थीरताका र विकासका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन्।
यसअघि एमाले र माओवादी नेताहरुले शितल निवास पुगेर ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गर्नका लागि केपी ओलीले माओवादीको समर्थन सहितको पत्र पेश गरेका थिए।
योसँगै ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। ओली यसअघि २०७२ सालमा पनि प्रधानमन्त्री भएका थिए ।















