अनलाइनखबर

विराटनगर, ३ फागुन । प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार गरिएको छ ।

Advertisement

मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् ।

मुख्य मन्त्री र चार जना मन्त्रीले आजनै सपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले सपथ गराएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!