मनाङमा माइनस १६ डिग्री तापक्रम, पानीको मुहान नै जम्यो
मनाङ, २४ पुस । देशभर नै चिसो बढिरहेको बेला मनाङको तापक्रम भने माइनस १६ डिग्री पुगेको छ । अत्यधिक न्यून तापक्रमकै कारण रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् भने खोलामा बग्ने पानी पनि जमेको छ ।
अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लग...




























