प्रदेश नं ४ का मुख्यमन्त्री, सभामुख र मन्त्रीद्वारा शपथ ग्रहण

प्रदेश नं ४ का मुख्यमन्त्री, सभामुख र मन्त्रीद्वारा शपथ ग्रहण

पोखरा, ४ फागुन । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी र मन्त्री रामशरण बस्नेतले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँहरूलाई शपथ ग्रहण गराउनुभयो । शपथ ग्रहण समारोहमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ, प्रदेशसभाका सदस्य, प्रतिनिधि एवं राष्ट्रियसभाका सदस्य, राजनीतिक द...
ग्याल्बो र सोनाम ल्होछार मनाइँदै

ग्याल्बो र सोनाम ल्होछार मनाइँदै

काठमाडौं, ४ फागुन । बौद्ध धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् । सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ । सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरु...
भ्यालेन्टाइन डे मनाइरहेको समारोहमा गोलीहानी सातको हत्या

भ्यालेन्टाइन डे मनाइरहेको समारोहमा गोलीहानी सातको हत्या

मेक्सीको सिटी, ४ फागुन । मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउदा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार अपरान्ह् साढे एक बजेतिर सो हत्याकाण्ड भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका समाचारमा जनाइएको छ । दक्षिणी ओक्साका राज्यमा स्थानीय नगरप्रमुख राफैल मेल्चोर रुइजको पारिवारिक सदस्यहरुसहित सान जुआन लाचिगाल्ला समुदायले भ्याले...
निवर्तमान प्रधानमन्त्री देउवा निजी निवास सर्दै

निवर्तमान प्रधानमन्त्री देउवा निजी निवास सर्दै

काठमाडौँ, ४ फागुन ।  निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्दै हुनुहुन्छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लाग्नुभएका हो । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आउनुभएको थियो । उहाँ आज...
प्रणय दिवसको विरोध गर्दै गधा र कुकुरको बिहे

प्रणय दिवसको विरोध गर्दै गधा र कुकुरको बिहे

काठमाडौं, ४ फागुन । मौलाउदै गएको पाश्चात्य प्रचलनको विरुद्व कतै समर्थन त कतै विरोध हुने गरेको छ । यसको समर्थन र विरोध गर्ने शैली पनि आ-आफ्नै हुन्छ । भारतमा यसपटक अनौठो शैलीमा भ्यालेन्टाइन डेको विरोध भएको छ । भारतको चेन्नईमा गधा र कुकुरको बिहे गरेर भ्यालेन्टाइन डेको विरोध गरिएको छ । भारत हिन्दू फ्रन्ट नामक समूहले यस्तो अनौठो विरोध कार्यक्रमको आयोजना गरेको हो । गधा र कुकुरको बिहे गराएर प्रणय दिव...
तेइस लाख खर्चेको सिँचाइ योजना प्रयोगविहीन

तेइस लाख खर्चेको सिँचाइ योजना प्रयोगविहीन

जाजरकोट, ४ फागुन । २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो । स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ योजना निर्माण गरिएको थियो । ५ वर्ष नबित्दै हल्चौरका स्थानीयवासीले सिँचाइ सुविधा उपभोग गर्नबाट वञ्चित भएका...
ओलीलाई पुन: शपथ ग्रहण गर्न कमल थापाको सुझाव

ओलीलाई पुन: शपथ ग्रहण गर्न कमल थापाको सुझाव

काठमाडौं, ४ फागुन । प्रम ओलीले बिहीबारको शपथ कार्यक्रममा देश शब्दको उच्चारण गर्न छुटाएको भन्दै  राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ ग्रहण गर्नुपर्ने बताएका छन् । ओलीले बिहीबार प्रधानमन्त्रीको शपथ लिने क्रममा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भन्दै थापाले दोहोर्‍याएर शपथ लिन सल्लाह दिएका हुन् । अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटी हुँदा भोलिपल्ट आफ्नै कार...
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो

प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो

भक्तपुर, ४ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिनुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प...
ट्रक दुर्घटनामा तीनको मृत्यु

ट्रक दुर्घटनामा तीनको मृत्यु

सिन्धुपाल्चोक, ४ फागुन।  सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसी दुर्घटना भएको हो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही स्थानका ४० वर्षीय सुब्बा अधिकारी र २० वर्षीय...
शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन हुने

शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन हुने

दुनै, डोल्पा, ४ फागुन। डोल्पामा पर्ने नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन गरिने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६५० मिटर गहिरो उक्त तालको गहिराइ पुनःमापन गरिने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । उक्त तालको गहिराइ मापन पहिलो पटक २०३६ सालमा भएको भनिएता पनि हाल यसको तथ्यांक कतै भेटिएको छैन । सन् २००४ मा ब्याथीमेट्रिक सर्वे विधिबाट वैज्ञानिक ...
कालीगण्डकीको पानी लिफ्टिङ गरेर मिनी फेवातालमा डुंगा सञ्चालन

कालीगण्डकीको पानी लिफ्टिङ गरेर मिनी फेवातालमा डुंगा सञ्चालन

रामपुर, पाल्पा, ४ फागुन ।  मिनी फेवातालको नामले प्रख्यात पाल्पा रामपुरको तालपोखरामा कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन गरिएको छ । फेवातालको स्वरुपमा निर्मित यस कृत्रिम तालपोखरामा अहिले डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । स्थानीय कुलो, नहरको पानीबाट यहाँ दुईवटा डुंगा शुरु गरिएको हो । डुंगा सयर गर्ने र तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिरमा पूजाआज...
अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी हुनुपर्छ: युवराज भुसाल

अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी हुनुपर्छ: युवराज भुसाल

खोटाङ, ४ फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी बन्नुपर्ने बताउनुभएको छ । भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी बिहीबार खोटाङमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब बन्ने घरहरु भूकम्प मात्र नभई बाढीपहिरो, आगलागी, हावाहुरी, चट्याङलगायत बहुप्रकोप प्रतिरोधी बनाउनुपर्ने बताउनुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय स...
चुनौतीका तुलनामा प्रधानमन्त्री ओलीका अवसर बलिया

चुनौतीका तुलनामा प्रधानमन्त्री ओलीका अवसर बलिया

काठमाडौं, ४ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली एक वर्ष ६ महिना २२ दिनपछि फेरि सत्तामा पुगेका छन् । अघिल्लोपटक भन्दा यसपटक उनी शक्तिशाली छन् । प्रधानमन्त्री ओलीका सामु चुनौती पनि प्रशस्तै छन् । ओली अघिल्लोपटक माओवादी केन्द्रसहित अन्य साना दलको समर्थनमा सामान्य बहुमत बनाएर सत्तामा पुगेका थिए । यसपटक भने ओलीले वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) को करिब दुईतिहाइ बहुमतका साथ सत्ताको नेतृत्...
त्रिशूली जलविद्युतमा चिनियाँ कम्पनीले २० अर्ब लगानी गर्ने

त्रिशूली जलविद्युतमा चिनियाँ कम्पनीले २० अर्ब लगानी गर्ने

काठमाडौं, ४ फागुन । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४औं बैठकले चीनको हाइड्रो चाइना कर्पोरेसनलाई स्वीकृति दिएको हो ।विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अन...
प्रधानमन्त्रीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

प्रधानमन्त्रीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

तेह्रथुम, ४ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् । सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा आकारमा दीप प्रज्वलन गरी नेता तथा कार्यकर्ताले ओलीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । नेकपा (एम...
नोबेलको निःशुल्क शिविरबाट १५ सय बिरामी लाभान्वित (भिडियो रिपोर्टसहित)

नोबेलको निःशुल्क शिविरबाट १५ सय बिरामी लाभान्वित (भिडियो रिपोर्टसहित)

झापा, ४ फागुन । झापाको शिवसताक्षी नगरपालिका–७ ब्याङ्गडाँडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिव १५ सय बिरामी लाभान्वित भएका छन् । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा स्थानीय कल्याणकारी ब्यापारी समुहसँग सहकार्य गरी लायन्स क्लव अफ दमक माउन्ट एभरेष्टले शिविर आयोजना गरेको हो । बिस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस् ... यो पनि हेर्नुहोस् ... निःशुल्क उपचार प...
‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउन सबैको साथ प्राप्त हुने छः प्रम

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउन सबैको साथ प्राप्त हुने छः प्रम

काठमाडौँ, ४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गर्दै अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको बताउनुभएको छ । उहाँले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको र निर्वाचनको परिणामअनुसार देशले ...
२०७४ फागुन ४ गते शुक्रबारको राशिफल

२०७४ फागुन ४ गते शुक्रबारको राशिफल

वि.सं. २०७४ साल फागुन ४ गते। शुक्रबार। इश्वी सन् २०१८ फेब्रुवरी १६ तारिख। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– प्रतिपदा, २७:२५ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तर, प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। लाभको अवसर मिले पनि फाइदा जति अरूलाई सुम...
प्रम ओलीको पहिलो चरणको तीन सदस्यीय मन्त्रिपरिषद् समावेशी

प्रम ओलीको पहिलो चरणको तीन सदस्यीय मन्त्रिपरिषद् समावेशी

काठमाडौँ, ३ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चरणको तीन सदस्यीय मन्त्रिपरिषद् समावेशी देखिएको छ । प्रधानमन्त्रीसँगै शपथ लिनुभएका जनसंख्यामन्त्री लालबाबु पण्डित मधेशी र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा महिला र आदिवासी समूहबाट प्रतिनिधित्व गर्नुहुन्छ । वाम गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) बाट र नेकपा(एमाले)का पदाधिकारी तहबाट सरकारमा सहभागिता हुन बाँकी रहे पन...
मन्त्रिपरिष्द निर्णयः उद्योगग्राम, रंगशाला र प्राविधिक महाविद्यालय स्थापना गरिने

मन्त्रिपरिष्द निर्णयः उद्योगग्राम, रंगशाला र प्राविधिक महाविद्यालय स्थापना गरिने

काठमाडौँ, ३ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ । बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिक/व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिनुभयो । ब...
विकास र वातावरणलाई सन्तुलन कायम गर्नुपर्ने: लालबाबु पण्डित

विकास र वातावरणलाई सन्तुलन कायम गर्नुपर्ने: लालबाबु पण्डित

काठमाडौँ, ३ फागुन । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज साँझ अबेर पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “स्थायी सरकार गठन भएकाले अब डर र त्रसित मानसिकताले काम गर्नुपर्ने अवस्था आउने छैन, मन्त्रालयको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा कोहीदेखि डराउनुपर्ने अवस्था रहने छ...
‘दुई वर्षभित्रै सबै स्थानीय तहमा प्राविधिक शिक्षालय’: प्रम

‘दुई वर्षभित्रै सबै स्थानीय तहमा प्राविधिक शिक्षालय’: प्रम

काठमाडौँ, ३ फागुन । सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले मान्यता दिएका प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ पदबहाली गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई प्राविधिक रुपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ सबै स्थानीय तहमा त्यस्त...
नेपाल डिभिजन–२ को उपविजेतामा सीमित

नेपाल डिभिजन–२ को उपविजेतामा सीमित

काठमाडौँ, ३ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित हुँदा उपविजेतामा सीमित बनेको छ । नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएइसँग सात रनले पराजित भएको थियो । दुई सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभर पूरै खेल्दै आठ विकेट क्षतिमा २७० रनमा समेटिएको थियो । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शत...
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रम ओलीलाई बधाई ज्ञापन

चिनियाँ प्रधानमन्त्रीद्वारा प्रम ओलीलाई बधाई ज्ञापन

काठमाडौँ, ३ फागुन । चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले  केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताउनुभएको छ । सन्देशमा च...
बंगलादेश भ्रमण गर्न प्रम ओलीलाई निम्तो

बंगलादेश भ्रमण गर्न प्रम ओलीलाई निम्तो

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुनुभएकामा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई बंगलादेशका प्रधानमन्त्रीले आज बधाई सन्देश पठाउँदै नेपाल र नेपाली जनताको कल्याणका निम्ति नेता ओलीले निर्वाह गर्नुभएको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको बताउनुभएको छ । बंगलादेशको स्...
प्रदेश १ का शहीदभूमिमा ऐतिहासिक बस्ती निर्माण गरिने

प्रदेश १ का शहीदभूमिमा ऐतिहासिक बस्ती निर्माण गरिने

विराटनगर, ३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री राईले सरकारका प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री राईका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहीदहरुको सम्झनामा एक–एक नमूना गाउँ बस्ती निर्माण गर्ने निर्णय गरेको छ । प्रदेश नं १ मा प...
प्रमद्वारा कीर्तिपुरस्थित पुष्पलालको शालिकमा माल्यार्पण

प्रमद्वारा कीर्तिपुरस्थित पुष्पलालको शालिकमा माल्यार्पण

काठमाडौँ, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित चम्पादेवीमा पुगेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान, लैनचौरमा पुगी शहीदप्रति पुष्पगुच्छा अर्पण गरेपछि पार्...
नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्यः उपराष्ट्रपति पुन

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्यः उपराष्ट्रपति पुन

तुलसीपुर, दाङ, ३ फागुन ।  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ । दाङ उद्योग वाणिज्य संघद्वारा दाङको घोराहीमा आयोजित “व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी– २०७४” को आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – “जलविद्युत्, कृषि, खनिज, पर्यटन र उद्योग कलकारखानाबाट नै नेपाल समृद्ध मुलुक बन्न सक्छ ।” उपराष्ट्रपति पुनले पछिल्...
माओवादी जनयुद्धका तस्वीर प्रदर्शनी शुरु

माओवादी जनयुद्धका तस्वीर प्रदर्शनी शुरु

काठमाडौँ, ३ फागुन । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’को समयमा खिचिएका विभिन्न तस्वीरको प्रदर्शनी आजदेखि नेपाल कला परिषद् बबरमहलमा शुरु भएको छ । ‘माओवादी जनयुद्धको दुई दशक’ शीर्षकमा सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा शुरु भएको सो प्रदर्शनीमा माओवादीले ‘जनयुद्ध’ शुरु गरेको विसं २०५२ फागुन १ गते सार्वजनिक गरेको पोस्टर, माओवादीका लडाकु, महत्वपूर्ण बैठक तथा प्रशिक्षणका तस्वीर सम...
मुख्यमन्त्री राईद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

मुख्यमन्त्री राईद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

विराटनगर, ३ फागुन ।  प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले आज अपराह्न मुख्यमन्त्री शेरधन राईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नेकपा (एमाले) प्रदेश नं १, संसदीय दलका नेता उहाँ भोजपुर जिल्लाबाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । राईको जन्म २०२७ साल फागुन महिना ११ गते भोजपुर आमचोक गाउँपालिका–३ मा भएको हो । पिता जागीरमान र माता राम्रीमायाका सुपुत्र उहाँले समाजशास्त्रमा स्...
प्रधानमन्त्री ओलीबाट शहीदप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री ओलीबाट शहीदप्रति श्रद्धाञ्जलि

काठमाडौँ, ३ फागुन ।  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद उद्यानमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान पुगी शहीदप्रति पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । प्रधानमन्त्री ओलीसँगै नवनियुक्त...
error: Content is protected !!