भीमदत्तनगर, ३ फागुन । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।

बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाई बसेको भन्दै श्रीमान्ले हातले कुटपिट गरेको देखिन्छ,” इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले भन्नुभयो । बिहीबार बिहान घटनास्थल पुगेर प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!