काठमाडौँ, ३ फागुन । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवादसमेत दिएको बैठकपछि खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

Advertisement

उहाँले संविधान कार्यान्वयन गर्ने प्रमुख कार्य स्थानीय निकाय तथा प्रदेश/प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रमुख कार्यभार सम्पन्न गर्न सफल भएको बैठकले निष्कर्ष निकालेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आज नै देशवासीको नाममा सम्बोधन गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिनुहुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!