आहा रारा गोल्डकप: आयोजकलाई ३-० ले हराउँदै सुदूरपश्चिमको विजयी शुरुवात
पोखरा, ९ माघ । आयोजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले आहा रारा गोल्डकपको १६ औँ संस्करणको विजयी शुरुवात गरेको छ ।
आज भएको प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका लागि धनबहादुर थापाले खेलको २५ औं मिनेटमा गोल गर्नुभएको थियो । त्यस्तै खेलको ७८ औँ मिनेटमा सुदूरपश्चिमका मनिराम चौधरीले गोल गर्दै अन्तरलाई दोब्बर बनाउनुभएको थियो ।
खेलको थप समयमा सुदूरपश्चिमकै राकेश हमालले गोल गर्दै विजय सु...


























