म्याग्दीमा विद्युतीय भुक्तानी शुरु

म्याग्दीमा विद्युतीय भुक्तानी शुरु

बाबियाचौर, म्याग्दी, २३ फागुन । म्याग्दीका सरकारी कार्यालयमार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) शुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो । बेनीबाट प्रकाशन हुने नवविकल्प साप्ताहिकलाई पहिलो पटक ई–पेमेन्टमार्फत भुक्तानी गरिएको थियो । सरकारी कार्यालयमार्फत व्यक्ति, आपूर्तिकर्त...
आगलागीबाट १५ लाख बराबरको क्षति

आगलागीबाट १५ लाख बराबरको क्षति

उर्लाबारी, मोरङ, २३ फागुन ।  मोरङको बेलबारी–९ का रामबहादुर कार्कीको घरमा गएराति आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । आगोले कार्कीको एक तले घर, घरभित्र भएको एक लाख नगद, सुन चाँदीका गहनासमेत जल्दा रु १५ लाख बराबरको क्षति भएको हो । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
नेपाली काँग्रेस राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिँदै

नेपाली काँग्रेस राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिँदै

काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले केहीबेरमा शुरु हुने बैठकले राष्ट्रपतिको उम्मेदवारी सम्बन्धमा पार्टीका तर्फबाट निर्णय लिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा उपराष्ट्रपति, प्रतिनिधिसभाका सभ...
तपाईलाइ थाहा छ ? यस्ता छन भुटेको मकैका आश्चर्यजनक फाईदाहरु

तपाईलाइ थाहा छ ? यस्ता छन भुटेको मकैका आश्चर्यजनक फाईदाहरु

भुटेको मकैले तपाईलाई खाँदा स्वाद मात्रै दिने छैन्, स्वास्थ्यलाई फाईदा समेत पुर्याउने छ ।  मकै भुटेर खाँदा हुने केही फाईदाहरु यहाँ उल्लेख गरीएको छ । १। भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन् । २। भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई म...
दिक्तेल–हलेसी सडक कालोपत्र नसकिँदै उप्कियो

दिक्तेल–हलेसी सडक कालोपत्र नसकिँदै उप्कियो

खोटाङ, २३ फागुन । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा/ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो । तीन वर्षअघि देखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको बीचमा गरिएको कालोपत्र महिनादिन पनि नपुग्दै उप्किएको स्थानीयवासीले बताएका छन् । तीन खण्डमा विभाजन गरेर काम थालिएको सो सडकको दिक्ते...
अध्यागमनमा सेटिङ गर्ने ३ कर्मचारी निलम्बित

अध्यागमनमा सेटिङ गर्ने ३ कर्मचारी निलम्बित

काठमाडौं, २३ फागुन। भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउन संलग्न भएको आरोपमा नेपाल एअरलाइन्सले आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको छ। नेपाल एयरलाइन्सका कर्मचारीहरू विजय अधिकारी, घनश्याम चौधरी र हरि साहु सुनारलाई निलम्बन गरिएको हो। नेपाल एअरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउने प्रकरणमा संलग्न आफ्ना तीन कर्मचारी निलम्बनमा परेको पुष्टि गरे। नेपाल एअरलाइन्सका...
खेलकुद विज्ञानमा स्नातकोत्तर कार्यक्रम

खेलकुद विज्ञानमा स्नातकोत्तर कार्यक्रम

काठमाडौँ, २३ फागुन । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जेठो संकाय मानविकी तथा सामाजिक शास्त्र संकायले यो शैक्षिक सत्रदेखि खेलकुद विज्ञान, पर्यटन तथा आतिथ्य अध्ययन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने भएको छ । द्वितीय श्रेणीमा स्नातक तहमा उत्तीर्ण भएका विद्यार्थी, ती दुवै कार्यक्रममा आवेदन गर्न योग्य भएका जनाउँदै मानविकी तथा सामाजिक शास्त्र संकायको डिनका कार्यालयले आजै एक सूचना जारी गरी भर्...
भण्डारीलाई कांग्रेसले सर्वसम्मत हुन नदिने

भण्डारीलाई कांग्रेसले सर्वसम्मत हुन नदिने

काठमाडौं, २३ फागुन । राष्ट्रपतिमा वाम गठबन्धनले विद्या भण्डारीलाई उम्मेदवार बनाए प्रमुख प्रतिपक्षी कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ । यस विषयमा छलफल गर्न कांग्रेसले बुधबार बिहान केन्द्रीय समिति बैठक बोलाएको छ । ‘हामी वाम गठबन्धनको उम्मेदवार हेरेर राष्ट्रपतिमा उम्मेदवारी दिने वा नदिने भन्ने टुंगो लगाउँछौँ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘गठबन्धनले विद्या भण्डारीलाई उम्मेदवार बनाए...
वनको आगो गाउँमा पस्दा छ घर ध्वस्त

वनको आगो गाउँमा पस्दा छ घर ध्वस्त

तेह्रथुम, २३ फागुन । वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा मंगलबार दिउँसो करिब ३ बजे सल्किएको आगो हावाहुरी...
राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित, झलनाथले टिकट पाएनन्

राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित, झलनाथले टिकट पाएनन्

काठमाडौं, २३ फागुन । राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित भएको छ । सत्तारुढ दल एमालेको स्थायी समितिको बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्‍याउने निर्णय गरेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबारदिउँसै सुरु भएको बैठक राति १२ बजेसम्म बसेको थियो । मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो । अध्यक्ष ओलीको समूह भण्डारीलाई नै दोहोर्‍याउने पक्षमा थ...
प्रदेश १ को सरकारद्वारा सय दिने कार्यक्रम सार्वजनिक

प्रदेश १ को सरकारद्वारा सय दिने कार्यक्रम सार्वजनिक

विराटनगर, २३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन, स्थायित्व र समृद्धिका लागि सरकार र प्रदेशसभा प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रदेश सरकारको १०० दिने कार्यक्रम सार्वजनिक गरिएको कार्यक्रमलाई  सम्बोधन गर्दै मुख्यमन्त्री राईले गर्दै चुस्त एवम् प्रभावकारी रुपमा कार्य सञ्चालन गर्न र नागरिकका समस्यालाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभएको छ । आन्तरिक मामि...
झापा गोल्डकप: मनाङ मस्र्याङ्दी विजयी

झापा गोल्डकप: मनाङ मस्र्याङ्दी विजयी

सुरुङ्गा, झापा, २३ फागुन ।  झापाको बिर्तामोडमा जारी तेस्रो रमपम गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा फुटबल क्लब पोखरालाई टाइब्रेकरमा ५–३ को गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिता गोलरहित बराबरीमा सकिएपछि प्रतियोगिताको निर्...
डा. केसीलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश

डा. केसीलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश

काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अवहेलना मुद्दामा डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो । डा केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मादित, अशिष्ट, अशोभनीय भएको भन्दै आदे...
२०७४ फागुन २३ गते बुधबारको राशिफल

२०७४ फागुन २३ गते बुधबारको राशिफल

वि.सं. २०७४ साल फागुन २३ गते। बुधबार। इश्वी सन् २०१८ मार्च ७ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– षष्ठी, २८:१८ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। रमाइलो यात्राका बीच अतिथिका रूपमा ...
धनकुटा आगलागी अपडेट: दुई घर, चार गोठ र दर्जन चौपाया जले, आगो अनियन्त्रित

धनकुटा आगलागी अपडेट: दुई घर, चार गोठ र दर्जन चौपाया जले, आगो अनियन्त्रित

धनकुटा, २२ फागुन । धनकुटा नगरपालिका–९ कोे जलकन्या सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा दुई घर र चार गोठ जलेर नष्ट भएका छन् । मुलघाट बजारक्षेत्र भन्दा माथी रहेको सो बनमा दिउँसो करिब २ बजेबाट आगलागी सुरु भएको हो । हावाहुरीका कारण आगो अनियन्त्रित भई बस्तीमा पस्दा धनकुटा–९ माङडाँडाका मुखजित राई र मानबहादुर राईको घर जलेको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए । आगलागीमा...
खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग

खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग

विराटनगर, २२ फागुन । खुकुरी प्रहार गरी घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी छोडेकामा आवश्यक कानुनी कारबाही र उपचारको व्यवस्था गर्न पीडितले आज यहाँ माग गरेका छन् । जहदा गाउँपालिका–४ बस्ने वुवा ३५ वर्षीय रामेश्वर महतो र छोरा २० वर्षीय सञ्जय महतोले आज यहाँ पत्रकार सम्मेलन गरी सोही स्थानमा मदिरा पसल सञ्चालन गरी बस्ने राजनन्दन यादव भन्ने भट्टा यादवले यही फागुन १८ गते साँझ एक्कासि खुकुरी प्रह...
ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो

ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो

अोमन,२२ फागुन ।  ओमनमा दुःख पाएका ११ जना नेपालीहरुलाई उद्धार गरी नेपाली दूतावासले नेपाल फर्काएको छ । अनेस्टि ओभरसिज प्रा.लि.बाट ओमनको सोहारस्थित मुवाराद वादी हबी मोर्डन ट्रेडमा स्काफोल्डिङ पदका लागि गएका २० जना मध्ये ११ जनालाई नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको हो । करार सम्झाता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएर उनीहरुले दूतावाससँग नेपाल फर्काइदिन आग्रह गरेका थिए । उनीहरु काम ग...
धनकुटामा बनको आगो बस्ती पस्यो, दुई घर जलेर नष्ट, दर्जनौ घर जोखिममा

धनकुटामा बनको आगो बस्ती पस्यो, दुई घर जलेर नष्ट, दर्जनौ घर जोखिममा

धनकुटा, २२ फागुन । धनकुटा नगरपालिका–९ कोे जलकन्या सामुदायिक बनमा लागेको आगो बस्तीमा पसेको छ । मुलघाट बजारक्षेत्र भन्दा माथी रहेको सो सामुदायिक बनमा दिउँसो करिब २ बजेबाट आगलागी सुरु भएको हो । आगो अनियन्त्रित भएर बस्तीमा पस्दा स्थानीय दुईवटा घर जलेर नष्ट भएको मुलघाट प्रहरी चौकीका इन्चार्ज राजेश श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण हुँन नसकेमा सो क्षेत्रका दर्जनौ घर जोखिम छ...
गुटामा हिंसाको त्रास नरोकिएपछि राष्ट्रसंघीय सहायताकर्मीले कार्यक्रम छोट्याए,

गुटामा हिंसाको त्रास नरोकिएपछि राष्ट्रसंघीय सहायताकर्मीले कार्यक्रम छोट्याए,

दमासकास, २२ फागुन । सोमबार सिरियाको गुटा क्षेत्रनजिकै पुगेका संयुक्त राष्ट्रसंघीय सहायताकर्मीको एक समूहले सहायता वितरणको आफ्नो कार्यक्रम छोट्याउने भएको छ । सो क्षेत्रमा केही हप्तायतादेखि हिंसा जारी रहेका कारण मानवीय सहायता तथा आधारभूत आवश्यकताको अभाव भएको छ । सोही कारण सोमबार गुटाको नजिकैको क्षेत्रमा पुगेर सहायताकर्मीले अत्यावश्यकीय सामान भने सानै मात्रामा भएपनि वितरण गरेको जनाइएको थियो । सो...
बिरामी भारत लैजाने पक्राउ

बिरामी भारत लैजाने पक्राउ

सुरुङ्गा, झापा, २२ फागुन।  उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पुर्याउदैँ ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले बिरामीलाई विभिन्न आश्वासन देखाएर उपचारका लागि भारत लगि ठग्ने गरेको बताइएको छ । पछिल्लो समय बाह्रदशी गाउँपालि...
म्याग्दीलाई ‘हिमाली जिल्ला’ बनाउन पहल

म्याग्दीलाई ‘हिमाली जिल्ला’ बनाउन पहल

म्याग्दी, २२ फागुन । संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) सहित दर्जनौँ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको हैसियत दिनुपर्ने माग उठेको छ । जिल्ला समन्वय समितिको हालै बसेको बैठकले म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायत दर्जनौँ हिमशृङ्खला रहे पनि म्याग्दीलाई अहिलेसम्म पनि पहाडी जिल्लाका रुपमा सूचीकृत गरिएका कारण हिमाली जिल...
कटारीमा कृषि उपज केन्द्र

कटारीमा कृषि उपज केन्द्र

गाईघाट, उदयपुर, २२ फागुन । अठार वर्षअघि निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको कटारी नगरपालिकाको कटारी बजारस्थित कृषि उपज केन्द्र चाँडै सञ्चालनमा आउने भएको छ । कटारी नगरपालिकाकाअनुसार कृषि उपज केन्द्र यही फागुन अन्तिम हप्तादेखि सञ्चालनमा आउने भएको छ । केन्द्र सञ्चालन गर्न पुनःमर्मत, खाने पानीको व्यवस्था, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ...
४५ लाखसहित भारतीय पक्राउ

४५ लाखसहित भारतीय पक्राउ

विराटनगर, २२ फागुन। सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर्षीय नारायण साहलाई विआर ११ एए ६२६५ नं को भारतीय कारको सिटमुनि विशेष स्थान बनाई उक्त रकम ल्याइरहेका अवस्थामा प्रहरीले जाँचका क्रममा व...
शिशुसहित पूरै परिवार एचआइभी एड्स संक्रमित

शिशुसहित पूरै परिवार एचआइभी एड्स संक्रमित

लिबाङ, रोल्पा २२ फागुन।  पश्चिम रोल्पाको माडी गाउँपालिकाको एक सिंगो परिवार नै एचआइभी एड्सबाट संक्रमित भएको प्रमाणित भएपछि उक्त परिवारमा निराशा छाएको छ । विसं २०७४ माघ १ गते जन्मिएका नवजात शिशु पनि हिजो सोमबार एचआइभी एड्स संक्रमण भएको प्रतिवेदन आएपछि सिंगो बुढामगर परिवार नै एचआइभी एड्स संक्रमित भएको पत्तालागेको हो । गत माघ महिनामा सुत्केरी हुन जिल्ला अस्पताल प्यूठान पुगेकी ३८ वर्र्षीया महिलालाई ...
साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने

साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौँ, २२ फागुन ।  साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३/७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले आव २०७३/७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । आव २०७२/७३ मा कर्पाेरेशनको मुनाफा रु ६१ करोड २४ लाख रहेको थियो । कर्...
हटेनन् पहिरो जोखिमका घरपरिवार

हटेनन् पहिरो जोखिमका घरपरिवार

चितवन, २२ फागुन ।  नारायणगढ–मुग्लिन सडकखण्डको पहिराको उच्च जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दाले आयोजनाबाट पहिलो किस्ताको रकम लिएर पनि सार्वजनिक जग्गाबाट हट्न अटेर गरेका छन् । एशियाली विकास बैंकको लगानीमा भएका आयोजना क्षेत्रका बासिन्दा हटाउँदा स्थानान्तरण हुन सक्ने गरी रकम दिनुपर्ने प्रावधानका कारण उनीहरुलाई आयोजनाले मूल्याङ्कन गरी पहिलो किस्ताको रकमसमेत भुक्तान गरिसकेको छ । नारायणगढ–मुग्लिन ...
दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य : पाकिस्तानी प्रधानमन्त्री अब्बासी

दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य : पाकिस्तानी प्रधानमन्त्री अब्बासी

काठमाडौँ, २२ फागुन।  पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिक मैत्री अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँले शान्तिपूर्ण वातावरणमा नै दक्षिण एशियाको प्रगति सुनिश्चित हुने बताउँदै सार्कमार्फत यस क्षेत्रको शान्ति र आर्थिक प्रगतिका निम्ति आफ्नो मुलुकले हरसम्भव सह...
फेसबुकको विषयमा विवाद : विद्यार्थीको गयो ज्यान, ८ जना पक्राउ

फेसबुकको विषयमा विवाद : विद्यार्थीको गयो ज्यान, ८ जना पक्राउ

काठमाडौं, २२ फागुन  । काठमाडौंको गंगबुस्थित गणेश हिमाल बोडिङ स्कुलमा पढ्ने एक जना विद्यार्थीको साथीहरुबाटै हत्या भएको छ । कक्षा १० मा अध्ययरत विद्यार्थी कुमार सूचीकार वर्देवाको हत्या भएको हो । यसअघि २७ माघमा तारकेश्वर नगरपालिका-४, फूलबारीमा उनलार्इ बेहोस अवस्थामा फेला पारिएको थियो । लगत्तै, उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारका क्रममा दुर्इ दिनपछि मृत्यु भएको थियो । उनको हत्या आरोपमा ८ जना ...
नेपालपरस्त भएर मुलुक निर्माणमा लाग्नु जरुरी छः दाहाल

नेपालपरस्त भएर मुलुक निर्माणमा लाग्नु जरुरी छः दाहाल

काठमाडौँ, २२ फागुन । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नक्रममा उहाँले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न प्रभावकारी प्रयत्नको जरुरी रहेको बताउँदै असन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा ...
देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको छ: नेपाल

देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको छ: नेपाल

काठमाडौँ, २२ फागुन । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा वामशक्तिले जनमत हासिल गरेकाले देश निर्माणको जिम्मेवारी प्राप्त भएको र वर्तमान सरकारले जनताका पक्षमा महत्वपूर्ण कार्यभार पूरा गर्ने दृढता व्यक्त गर्नुभयो । नेपालभि...
स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस्ः देउवा

स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस्ः देउवा

काठमाडौँ, २२ फागुन।  नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मिलाएर अगाडि लैजान वर्तमान सरकारलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको तीन वटै तहको निर्वाचन सफल बनाउन सबैले खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने काम कोही कसैबाट नहोस् भन्नुभयो ।...
error: Content is protected !!