मानवाधिकार विशेष समाधीक्षकको नेपाल भ्रमण

मानवाधिकार विशेष समाधीक्षकको नेपाल भ्रमण

काठमाडौँ, १० माघ।  प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस नेपालको आठ दिवसीय भ्रमणमा आगामी सोमबार राजधानी आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले नेपाली प्रवासी कामदारको हकअधिकार संरक्षणमा संलग्न सरकारी अधिकारी, रोजगारीदाता निकाय आप्रवासनसम्बन्धी मामिलाका जिम्मेवार निकाय, नागरिक समाज, अन्तर्राष्ट्रिय संगठन, वैदेशिक रोजगारीबाट स्वदेश फर्के...
नगर प्रमुखको घर परिसरमा बम विस्फोट

नगर प्रमुखको घर परिसरमा बम विस्फोट

धनगढी,१० माघ।  कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ । बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ । हावा हुरीसँगै वर्षा भइरहेको समयम...
पेस्तोल देखाएर लुटपाट

पेस्तोल देखाएर लुटपाट

भक्तपुर, १० माघ। भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४ः३० बजे खबर आ...
फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान

फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान

पोखरा, १० माघ।  पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् । दिन प्रतिदिन बढ्दो सवारी साधनको क्रमसँगै दुर्घटनामा पनि बढ्दै गएका कारण महानगरलाई स्वच्छ सुन्दर एवं दुर्घटनारहित बनाउने सोचका साथ फुटपाथलाई खुल्ला बनाउने अभियान शुरु गरिएको जिल्ला...
राष्ट्रिय सभा सदस्यका लागि मनोनयन सुरु

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन सुरु

काठमाडौँ, १० माघ। राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु भएको छ । निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ। उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपराह्न ४ बजेसम्म हुनेछ। प्रत्येक प्रदेशबाट तीन महिल...
मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन

मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन

मनाङ ,१० माघ। मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ भने १० पर्यटक सम्पर्कविहीन भएका छन् । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । हिजो बेलुकी मात्र जिल्ला भित्रिएक...
भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ

भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ

भोजपुर, १० माघ। जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो । काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण गरेको जिल्ला वन कार्यालयका वन अधिकृत रामबाबु शाहले जानकारी दिनुभयो । निर्देशिकाअनुसार सामुदायिक र निजी वनमार्फत...
विभिन्न जिल्लामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर

विभिन्न जिल्लामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर

गोरखा, १० माघ। गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ । मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताउनुभयो । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ । “हिमपातपछि विद्यालय सञ्चालनमा समस्या छ”, उहाँले भन्नुभयो, “हिउँ ...
आज मुलुकभर वर्षाको प्रभाव

आज मुलुकभर वर्षाको प्रभाव

काठमाडौँ, १० माघ।  पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा शुरु भएको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ । साँझसम्म यो वायुको प्रभाव कम हुने र बिहीबारदेखि मौसममा सुधार आउने उहाँ...
राष्ट्रिय सभा सदस्यका लागि मनोनयन केही बेरपछि

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन केही बेरपछि

काठमाडौँ, १० माघ। राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि अहिले केही बेरपछि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु हुदैछ । निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ । उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपराह्न ४ बजेसम्म हुनेछ । प्...
डाँडागाउँमा खानेपानी आयोजना निर्माण हुँदै

डाँडागाउँमा खानेपानी आयोजना निर्माण हुँदै

धनकुटा, १० माघ । खानेपानी समस्या झेल्दै आएका महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ स्थित थामडाँडा र भञ्जयाङ्गका स्थानीयका लागि खानेपानी आयोजना सञ्चालन हुने भएको छ । थामडाडा खानेपानी तथा सरसफाई आयोजनामार्फत खानेपानी आयोजना निमार्णको काम भईरहेको छ । फण्ड बोर्ड काठमाण्डौको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा ९५ लाख ७९ हजारको लागतमा खानेपानी ब्यवस्थापन गर्न लागिएको आयोजनाका सरसफाई अधि...
चुरे क्षेत्रमा चोरी-शिकारी रोक्न जनप्रतिनिधिको चासो

चुरे क्षेत्रमा चोरी-शिकारी रोक्न जनप्रतिनिधिको चासो

कञ्चनपुर, १० माघ।  कञ्चनपुरको चुरे क्षेत्रमा चोरी–शिकारी बढ्न थालेपछि जनप्रतिनिधिले रोक्नका लागि सक्रियता बढाएका छन् । चोरी–शिकारी रोक्नका लागि शुक्लाफाँटा नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले चासो देखाएको हो । चोरी–शिकारीमा संलग्न समूहले हतियारसहित लोपोन्मुख प्रजातिका जनावर मार्न थालेको जानकारी आएपछि समितिका पदाधिकारीले सरोकारवाला निकायलाई नियन्त्रणका लागि आग्रह गरेका छन् । “चोर...
पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द

पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द

बैतडी, १० माघ। बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताउनुभयो । “एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता पर्दछ”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा आउने पानीको व्यवस्थापन गर्न न...
मनाङमा भारी हिमपात

मनाङमा भारी हिमपात

मनाङ, १० माघ। मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मना...
प्रदेश सरकारका ६ ऐन केन्द्र सरकारले बनाउने

प्रदेश सरकारका ६ ऐन केन्द्र सरकारले बनाउने

काठमाडौं, १० माघ। केन्द्रीय सरकारले प्रदेश सरकारका लागि आवश्यक ६ वटा ऐन र २ वटा नियमावली बनाउने भएको छ । प्रदेश सरकारले आफ्नो काम सुरु गर्नुअघि नै कानुन आवश्यक पर्ने भएका कारण केन्द्रीय सरकारले कानुन बनाउन लागेको हो । सामान्य अवस्थामा आफ्ना लागि कानुन बनाउने जिम्मा प्रदेशकै हुन्छ । प्रदेशसभाले प्रदेशको राज्य सञ्चालनका लागि आवश्यक कानुन बनाउँछ । केन्द्रीय सरकारले बनाएका कानुनलाई प्रदेश सरकारले ह...
कर्मचारी अभावमा इलाका प्रशासनको सेवा बन्द

कर्मचारी अभावमा इलाका प्रशासनको सेवा बन्द

  नुवाकोट, १० माघ। इलाका प्रशासन कार्यालय, सातबिसेबाट प्रवाह हुने सेवा कर्मचारी अभावमा बन्द भएको छ । इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि सोमबारदेखि सेवा बन्द भएको हो । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने दुप्चेश्वर गाउँपालिकाका सबै वडा, तादी गाउँपालिका–१, २, ३ र ४ तथा पञ्चकन्या गाउँपालिका–३ र ४ गरी १३ वडा...
भूकम्पपीडितलाई चिनियाँ सोलार

भूकम्पपीडितलाई चिनियाँ सोलार

काठमाडौं, १० माघ। चीन सरकारले भूकम्पीडितलका लागि ३४ हजार सोलार अनुदान दिएको छ । भूकम्पपीडितको व्यक्तिगत घरमा प्रयोग गर्ने गरी ३२ हजार, भूकम्प प्रभावित क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी र सरकारी कार्यालयका निम्ति प्रयोग गर्न तीन सय २५ वटा सोलार चीनले दिएको हो । चीनले ३२ हजार तीन सय २५ सोलर जडान गर्दा र सम्बन्धित ठाउँमा पुर्‍याउँदा हुन सक्ने क्षति तथा प्राविधिक त्रुटिका लागि थप पाँच प्रतिशत अर्था...
न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम

काठमाडौँ, १० माघ। नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा नेपाल गन्तव्य कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा महावाणिज्यदूत मधुकुमार मरासिनीले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेका बताउँदै विश्वको आर्थिक राजधानीका रुपमा रहे...
नेपाल र बेनिनबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र बेनिनबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, १० माघ। पश्चिम अफ्रिकी मुलुक बेनिनसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । यससँगै विश्वका १५७ राष्ट्रसँग नेपालको सम्बन्ध विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपाल र बेनिनका स्थायी प्रतिनिधिद्वय क्रमशः दुर्गाप्रसाद भट्टराई र जेन क्लाउदी डो रेगोले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्ताबेजमा बुधबार हस्ताक्षर गर्नुभएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । नेपाल...
दमक महोत्सवमा करिब पाँच करोडको कारोबार

दमक महोत्सवमा करिब पाँच करोडको कारोबार

दमक, १० माघ। तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रम झापा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतिनिधिसभा सदस्य निरौलाले महोत्सवले आन्तरिक पयर्टनको विकाससँगै आर्थिक समृद्धितर्फ लानेमा जोड दिनुभयो । उहाँ...
आयोगले तान्दैछ देउवा, प्रचण्ड र ज्ञानेन्द्र

आयोगले तान्दैछ देउवा, प्रचण्ड र ज्ञानेन्द्र

काठमाडौं, १० माघ। जनता पोस्ट दैनिकले आज सशस्त्र द्वन्द्वका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेको दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रलाई वयानका लागि बोलाउने भएको समाचार लेखेको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगमा परेको उजुरीका आधारमा तत्कालीन द्वन्द्वरत पक्षको प्रमुखको हैसियतले प्रचण्ड र सत्ताप...
चितवन-पर्सा कम्प्लेक्समा बाघ गणना: बाघको उपस्थिति राम्रो

चितवन-पर्सा कम्प्लेक्समा बाघ गणना: बाघको उपस्थिति राम्रो

रत्ननगर, चितवन, १० माघ।  चितवन र पर्सा कम्प्लेक्समा दुर्लभ पाटेबाघको उपस्थिति राम्रो पाइएको छ । विगत दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ शुरु भएको दुर्लभ पाटेबाघको गणना (अनुगमन) अन्तर्गत यहाँ भने बाघको उपस्थिति राम्रो पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले जानकारी दिनुभयो । “फिल्डमा खटिएका साथीहरुबाट सकारात्मक रिपोर्टिङ...
राष्ट्रिय सभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, १० माघ। राष्ट्रिय सभाको प्रत्यक्ष निर्वाचित ५६ सिटका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उत्साहपूर्वक उम्मेदवारी दर्ता गराउन दलहरूलाई आग्रह पनि गरेको छ । सातवटै प्रदेशका उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्...
२०७४ माघ १० गते बुधबारको राशिफल

२०७४ माघ १० गते बुधबारको राशिफल

वि.सं. २०७४ साल माघ १० गते। बुधबार। इश्वी सन् २०१८ जनवरी २४ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– सप्तमी, ११:४६ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको...
धनकुटामा प्रादेशिक राजधानी माग गर्दै राति पनि प्रदर्शन (भिडियोसहित)

धनकुटामा प्रादेशिक राजधानी माग गर्दै राति पनि प्रदर्शन (भिडियोसहित)

धनकुटा, ९ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले राति पनि प्रदर्शन गरेका छन् । प्रादेशिक राजधानीका लागि पटक–पटक आमहड्तालसहित ४० दिनदेखि आन्दोलित जिल्लाबासीले धनकुटा बजारमा राति पनि प्रदर्शन गरेका हुन् । सरकारले बिराटनगरलाई अस्थायी मुकाम तोकेपछि धनकुटाबासी थप आक्रोशित बनेका छन् । उनीहरुले सोमबार साँझसम्म लगातार ६ दिन आमहड्ताल गरेका छन् । वार्ता वोलाएर ...
धनकुटेलीद्धारा सरकारलाई ७ दिने अल्टिमेटम

धनकुटेलीद्धारा सरकारलाई ७ दिने अल्टिमेटम

धनकुटा, ९ माघ । सरकारले १ नम्वर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेपछि आक्रोसित बनेर आन्दोलन चर्काएका धनकुटाबासीले सरकारलाई ७ दिन भित्र वार्ता वोलाएर माग संबोधन गर्न अल्टिमेटम दिएका छन् । आन्दोलन परिचालन समितिले मंगलवार धनकुटामा पत्रकार सम्मेलन गरी यस्तो अल्टिमेटम दिएको हो । आन्दोलनको निकासका लागि जिल्ला स्तरीय सरकारी अधिकारीहरुले उच्च तहका सरकारी अधिकारी, प्रदेशस्तरीय प्रदेश प्रमुख वा केन्द्रि...
दक्षिण अफ्रिकी ज्याज संगीतका पिता मासकेलाको निधन

दक्षिण अफ्रिकी ज्याज संगीतका पिता मासकेलाको निधन

जोहानेसवर्ग, दक्षिण अफ्रिका, ९ माघ।  दक्षिण अफ्रिकाका प्रसिद्ध ज्याज संगीतकार तथा रंगभेद विरोधी अभियानकर्मी ह्यु मासकेलाको जोहानेस्बर्गस्थित एक अस्पतालमा निधन भएको छ । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो । लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको जोहानेस्बर्गमा उपचारका क्रममा निधन भएको उहाँको परिवारले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । अफ्रिकी पहिचानको पृथक ‘ज्याज धुन’का लागि र ‘सोएट...
अलास्कामा शक्तिशाली भूकम्पपछि खतरनाक सुनामीको चेतावनी

अलास्कामा शक्तिशाली भूकम्पपछि खतरनाक सुनामीको चेतावनी

जुनाउ, अलास्का, ९ माघ।  उत्तर अमेरिकी राज्य अलास्कामा मङ्गलबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्विक विभाग (यूएसजिएस)ले भूकम्पका कारण सुनामी आउनसक्ने बताउँदै अमेरिकाको पश्चिमी सामुद्रिक क्षेत्र तथा हवाइ क्षेत्रका सुनामीको सम्भावित प्रभावबाट जोगिन नागरिकलाई विशेष साबधानी अपनाउन भनेको छ । अलास्काको कोडियक क्षेत्रबाट ३०० किलोमिटर दक्षिणपूर्वमा सामुद्रिक सतहबाट करिब १०...
अन्तर्राष्ट्रिय व्यापार फागुन अन्तिम साता

अन्तर्राष्ट्रिय व्यापार फागुन अन्तिम साता

काठमाडौँ, ९ माघ। नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी फागुन २४ देखि २८ गतेसम्म काठमाडौँमा हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि आजैबाट व्यापारिक कक्ष ‘बुकिङ’ खुला गरिएको महासंघले जनाएको छ । वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा र नेपाल हस्तकला महासंघको सहआय...
गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

काठमाडौँ, ९ माघ। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न नौ जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले आज थुनछेक बहसपछि गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र दुई जनालाई धरौटी छाड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । अदालतले गौचनक...
प्रदेश नं १ राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावलीमा दाबी विरोध परेन

प्रदेश नं १ राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावलीमा दाबी विरोध परेन

विराटनगर, ९ माघ। यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १ नं प्रदेश मतदाता नामावली प्रकाशनमा कसैको दाबी विरोध परेको छैन् । दाबी विरोधका लागि यही माघ ८ गतेसम्म समय रहेको कुनै दाबी विरोध नपरेको १ नं प्रदेश मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताउनुभयो । आज साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने उहाँले जानकारी दिनुभयो । यसैगरी माघ १० गते बि...
error: Content is protected !!