एकैसाथ पाँचवटा जलविद्युत् आयोजना अध्ययन गर्दै उत्पादन कम्पनी

एकैसाथ पाँचवटा जलविद्युत् आयोजना अध्ययन गर्दै उत्पादन कम्पनी

काठमाडौँ, २१ फागुन । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाको अध्ययन कार्य अगाडि बढाएको छ । ती आयोजनाको कूल क्षमता दुई हजार २१० मेगावाट रहेको छ । जलविद्युत् लगानीका फरकफरक स्रोतको पहिचान तथा निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ दुई वर्ष पहिले स्थापना भएको कम्पनीले फुकोट कर्णाली, किमाथांका अरुण, भेरी एक र जगदुल्ला जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । ...
पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौँमा, अर्थमन्त्रीद्वारा स्वागत

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौँमा, अर्थमन्त्रीद्वारा स्वागत

काठमाडौँ, २१ फागुन।  इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउनुभएको हो । पाकिस्तानी सेनाको विशेष विमानबाट यहाँ आउनुभएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा युवराज खतिव...
दुग्धजन्य उत्पादनको बजार बढ्दै

दुग्धजन्य उत्पादनको बजार बढ्दै

मंगलबारे, इलाम २१ फागुन । जिल्लामा दुग्धजन्य उत्पादनमा वृद्धि भएको छ । माग बढेसँगै उत्पादन बढेको हो । जिल्लाका पूर्वी क्षेत्रमा रहेका व्यापारिक केन्द्रहरु फिक्कल, पशुपतिनगर, कन्याम, हर्कटेलगायत बजारमा मात्रै दैनिक ३० हजारदेखि ५० हजार लिटरसम्म दूध बिक्री हुने गरेको छ । यहाँ रहेका डेरी तथा चिज उद्योगले सो दूध खपत गर्ने गरेका छन् । यहाँका बजारमा दूधबाट उत्पादित ललीपप, छुर्पी, बम्बैसन र पनिरको म...
हक्कीको उर्बरभूमि: ‘उल्टाखाम र बागफाँटा’

हक्कीको उर्बरभूमि: ‘उल्टाखाम र बागफाँटा’

भीमदत्तनगर, २१ फागुन । मुलुकको हक्की खेल कञ्चनपुरका दुईवटा गाउँका खेलाडीले धानेको छ भन्दा अनौठो लाग्न सक्छ । भीमदत्तनगरपालिका–२ को उल्टाखाम र वडा नं १९ बागफाँटा हक्की खेलाडी जन्माउने गाउँका रुपमा परिचित छन् । यहाँ उत्पादन भएका खेलाडीले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको हक्की खेलको नेतृत्व गरिसकेका छन् । उल्टाखाम र बागफाँटाबाट हालसम्म महिला तथा पुरुष खेलाडी गरी २६ जनाले अन...
असला माछा मारे तीस हजार जरिवाना

असला माछा मारे तीस हजार जरिवाना

खोटाङ, २१ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलामा पाइने माछा मार्न रोक लगाएका छन् । पछिल्लो समय स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै संसारकै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि समुदायले यस्तो कदम चालेको हो । रुपाकोट शिर भएर बग्ने देखुमखोला, कालुपातेखोला, आइतबारेखोला र बगरेभञ्ज्याङ शिर भएर बग्ने...
शाक्यको हत्या आरोपमा तीन पक्राउ

शाक्यको हत्या आरोपमा तीन पक्राउ

विराटनगर, २१ फागुन ।  उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो । हत्यामा संलग्न भएको ठानिएका काभ्रे जिल्लाको मण्डन देउपुर गाउँपालिका बस्ने २९ वर्षीय टेक...
रानीेपोखरीको पुनःनिर्माणमा जथाभावी गरेको आरोपसहित मुद्दा दर्ता

रानीेपोखरीको पुनःनिर्माणमा जथाभावी गरेको आरोपसहित मुद्दा दर्ता

काठमाडौँ, २१ फागुन । सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपसहित फौज्दारी मुद्दा दर्ता गरेका छन् । महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको नं ३७१ को उजुरीमा भनिएको छ – “कानून विपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।” सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ (१) बमोजिम पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत...
तपाइँको फेसबुक अकाउन्ट अरुले त खोलिरहेको छैन ? यसरी थाहा पाउनुहोस्

तपाइँको फेसबुक अकाउन्ट अरुले त खोलिरहेको छैन ? यसरी थाहा पाउनुहोस्

साइबर अपराधीहरुलेे इन्टरनेट प्रयोगकर्ताका विभिन्न अकाउन्टहरु ह्याक गर्ने र प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गर्ने घटना नौलो होइन । पछिल्ला वर्षहरुमा अनलाइनमार्फत प्रयोगकर्ताको पहिचान चोरी गर्ने घटना तीव्र रुपमा बढिरहेको छ । प्रचलनमा रहेका सोसल मिडिया साइटहरुमध्ये फेसबुक धेरै प्रयोगकर्ताको लागि सबैभन्दा महत्वपूर्ण अकाउन्टको रुपमा रहेको हुन्छ । फेसबुकमा गरिने कुराकानी तथा शेयर गरिने जानकारीहर...
खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन

खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन

भद्रपुर, २१ फागुन । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समग्र खेलकूद क्षेत्रको विकासका लागि खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ । जिल्ला खेलकूद विकास समिति झापाद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले सरकारी विद्यालयमा पठनपाठनका साथै खेलकूदलाई पनि प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले प्रदेश चलाउन जेठ २५ गतेभित्र कानून बनाइसक्न...
चीनद्वारा सुरक्षा बजेटमा ८.१ प्रतिशत वृद्धि

चीनद्वारा सुरक्षा बजेटमा ८.१ प्रतिशत वृद्धि

बेइजिङ, (चीन), २१ फागुन । चीनले आफ्नो सैन्य तयारीलाई चुस्तदुरुस्त पार्न सन् २०१८ का लागि सुरक्षा बजेटमा गतबर्षको सात प्रतिशतबाट बढाएर ८.१ प्रतिशत पु¥याएको छ । चीनको राष्ट्रिय व्यवस्थापिकामा सोमबार प्रस्तुत गरिएको नयाँ बजेटमा एक खर्ब ७५ अर्ब अमेरिकी डलरको सुरक्षा खर्च छुट्टाइएको हो । गत दुई बर्षको तुलनामा सन् २०१७ आर्थिक वृद्धिदर सामान्य बढी देखिएपनि सन् २०१३ पछि तेस्रो पटक गत बर्ष पनि आर्थिक...
प्रवासी नेपालीले भव्य रुपमा मनाए होली

प्रवासी नेपालीले भव्य रुपमा मनाए होली

टेक्सास, अमेरिका, २१ फागुन ।  अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् । नेपाली हेरिटेज युनियन (एनएचयु)ले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको थियो । अमेरिकामा बस्दै आएका नेपालीबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले होलीको आयोजना गरेको संस्थाका अध्यक्ष विदुर दवाडीले जानकारी दिनुभयो । उक्त अवसरमा नेपाल...
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडाैँ, २१ फागुन। नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान सम्पन्न भएको छ ।  नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार भएको मतदानबाट ४४ मत प्राप्त गर्दै देउवा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रकाशमान सिंहको पक्षमा १९ मत परेको हो । पूर...
रसियाली नागरिकलाई अमेरिका सुपुर्दगी नगरिने: पुटिन

रसियाली नागरिकलाई अमेरिका सुपुर्दगी नगरिने: पुटिन

मस्को (रसिया), २१ फागुन । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचन २०१६ मा निर्वाचनमा हस्तक्षेप गरेको भनी आरोप लागेका आफ्ना १३ नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी नगर्ने रसियाले जनाएको छ । तास नामक राज्य सञ्चालित रसियाली समाचार संस्थाले राष्ट्रपति पुटिनसँग हालै अमेरिकी एनबीसी टेलिभिजनलाई दिइएको एक अन्तर्वार्तामा उहाँको भनाई उद्धृत गर्दै भनेको छ, “विवादित रबर्ट मुलरको विश...
संसदीय दलको नेता छान्न मतदान जारी

संसदीय दलको नेता छान्न मतदान जारी

काठमाडौँ, २१ फागुन ।  नेपाली काँग्रेस संसदीय दलको नेता छान्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले मतदान जारी छ । मतदान आज बिहान १० बजेदेखि शुरु भएको हो । उक्त निर्वाचनमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच प्रतिस्पर्धा रहेको छ । देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार हुनुहुन्छ भने समर्थकमा मानबहादुर विश्वकर्मा रहनुभएको छ । त्यस्तै सिंहको प्रस्तावकमा...
पार्टी एकतामा धोका हुँदैन: प्रधानमन्त्री ओली

पार्टी एकतामा धोका हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गर्नुभएको छ । झापा आन्दोलनका पाँच शहीदको ४५ औँ वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उहाँले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र मुलुकको समृद्धिका लागि क्रिया...
‘प्रविधिमा चेतनास्तर उकास्न र नयाँ प्रबिधि भित्र्याउन क्यान इन्फोटेक मेला’

‘प्रविधिमा चेतनास्तर उकास्न र नयाँ प्रबिधि भित्र्याउन क्यान इन्फोटेक मेला’

बढदो सूचना प्रविधि सम्बन्धी बिभिन्न बिषयहरू सम्बन्धी कुराहरूको जानकारी दिने उद्धेश्यले कम्प्यूटर एशोसिशएशन अफ नेपाल (क्यान) सुनसरीले यहि फागुन २३ गते देखि सुनसरीको इटहरीमा प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलाको आयोजना गर्दैछ । इन्फोटेक र नेपालको समग्र प्रबिधि क्षेत्रका बारेमा कम्प्यूटर एशोसिशएशन अफ नेपाल(क्यान) सुनसरीका अध्यक्ष बलराम भण्डारीसंग गरिएको कुराकानीका सम्पादित अंशहरुः इन्फोटेकको...
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता: खेलाडीलाई बधाई तथा सम्मान

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता: खेलाडीलाई बधाई तथा सम्मान

मंगलबारे, इलाम, २१ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पूर्वाञ्चलबाट सहभागी भई उपविजेता हुनुहुने इलामका खेलाडीलाई सदरमुकाम इलाममा आज एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय युवा परिषद्को स्थापना दिवशको उपलक्ष्यमा उहाँहरुलाई सम्मान गरिएको हो । जिल्ला युवा समिति इलामको आयोजनामा भएको कार्यक्रममा खेलाडीहरु पुष्पा मगर, जानुका खवास र संगम तामाङला...
आगलागीमा गम्भीर घाइते दलित महिलाको मृत्यु

आगलागीमा गम्भीर घाइते दलित महिलाको मृत्यु

खोटाङ, २१ फागुन । आफ्नै घरमा भएको आगलागीमा परी गम्भीर घाइते बनेकी रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ । गत फागुन ९ गते भएको आगलागीमा परी गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई तत्कालै काठमाडौँ लगिए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा मृत्यु भएको हो । आगलागीमा परी घाँटी र कम्मर मुनिको भाग अत्यधिक जलेपछि सार्कीलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठ...
कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

काठमाडौं, २१ फागुन  । नेपाली कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा मतदान सुरु भएको हो । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह उम्मेदवार छन् । मतदानका लागि विद्युतीय मेसिन प्रयोग नगरी बाकसको व्यवस्था गरिएको छ । कांग्रेसका ६३ जना सांसदले नेता चुन्न निर्वाचनमा भाग लिनेछन् । संसदीय दलको नेतामा ...
अपराह्न ४ बजे एउटै समयमा दुवै सदनको बैठक शुरु हुने

अपराह्न ४ बजे एउटै समयमा दुवै सदनको बैठक शुरु हुने

काठमाडौँ, २१ फागुन। मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुँदैछ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज अपराह्न ४ बजे एकै समयमा शुरु हुने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो । प्रतिनिधिसभाको मंसिर १० र २१ तथा राष्ट्रियसभा सदस्यको माघ २४ गते निर्वाचन भएको थियो...
प्रदेश नं ३ को नाम ‘नेपालमण्डल’ उचित: सांसद् शाक्य

प्रदेश नं ३ को नाम ‘नेपालमण्डल’ उचित: सांसद् शाक्य

काठमाडौँ, २१ फागुन । प्रदेश नं ३ को प्रदेशसभाका सदस्य डा अजयक्रान्ति शाक्यले सो प्रदेशको नाम ‘नेपालमण्डल’ राख्नु सबै दृष्टिकोणबाट उचित हुने बताउनुभएको छ । लिच्छविकालदेखि यस प्रदेशमा रहेका क्षेत्रलाई ‘नेपालमण्डल’ भनिएको जनाउँदै नेकपा (एमाले) समानुपातिक सांसद् शाक्यले भूगोल, जनसंख्या र पहिचानका आधारमा सो नाम उचित हुने जनाउँदै नेवाः, ताम्सालिङ वा वागमती जोडिएका नामले सबै आधारलाई समेट्न नसक्ने जनाउ...
बौद्ध उपचार पद्धतिलाई स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड

बौद्ध उपचार पद्धतिलाई स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड

काठमाडौँ, २१ फागुन । जडीबुटीमा आधारित बौद्ध उपचार पद्धति सोवारिक्पालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड दिइएको छ । सोवारिक्पा एसोसिएसन नेपालले आरुबारीस्थित सोवारिक्पा इन्टरनेशनल कलेजमा आयोजना गरेको स्वरिक डाक्टरलाई प्रमाणपत्र वितरण कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारले अरु चिकित्सा पद्धति जस्तै यसलाई पनि स्वास्थ्य नीतिमा समावेश गर्नुपर्ने बताउनुभयो । “ने...
सातजनाको हत्या अभियोग लागेका सकिललाई नेपाल ल्याइयो

सातजनाको हत्या अभियोग लागेका सकिललाई नेपाल ल्याइयो

काठमाडौँ, २१ फागुन । सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई  कतारबाट नेपाल ल्याइएको छ । सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगटन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो । इन्टरपोलको समन्वयमा कतार प्रहरीले केही दिनअघि पक्राउ गरेकोमा इन्टरपोल कतारबाट खटिआएका प्रहरी अधिकृतले आज हुसेनलाई नेपाल ल्याएको नेपाल प्रहरीक...
काँग्रेस संसदीय दलको नेताका लागि मतदान हुँदै, प्रतिस्पर्धामा देउवा र सिंह

काँग्रेस संसदीय दलको नेताका लागि मतदान हुँदै, प्रतिस्पर्धामा देउवा र सिंह

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि अहिले केही बेरमा दलको नेता चयनका लागि मतदान हुँदैछ । काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गर्...
यस्तो हुनेछ पाकिस्तानी प्रधानमन्त्रीको दुईदिने नेपाल बसाइँ

यस्तो हुनेछ पाकिस्तानी प्रधानमन्त्रीको दुईदिने नेपाल बसाइँ

काठमाडौं, २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी आफ्नै विमानबाट ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  सोमबार अपरान्ह सवा तीन बजे दुईदिने भ्रमणको क्रममा  नेपाल आउन लागेका हुन् । पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल आगमनलाई कुटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले नेपालमा १० घण्टा बिताउनेछन् र यसबीचमा राजनीतिक भेटवार्ता पनि गर्नेछन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस...
अर्थमन्त्रीको नकारात्मक टिप्पणीले एक वर्षकै न्यून बिन्दुमा नेप्से

अर्थमन्त्रीको नकारात्मक टिप्पणीले एक वर्षकै न्यून बिन्दुमा नेप्से

काठमाडौं, २१ फागुन । सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ । नागरिक दैनिकका अनुसार साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब गुमाउन पुगे । खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएदेखि नै सेयर बजार निरन्तर...
पुनःनिर्माणमा पर्म विधि प्रभावकारी बन्दै

पुनःनिर्माणमा पर्म विधि प्रभावकारी बन्दै

नुवाकोट, २१ फागुन । भूकम्पले क्षति पुगेको आवास पुनःनिर्माणमा यहाँको दुई बस्तीमा श्रम आदानप्रदान (पर्म विधि) प्रभावकारी भएको छ । जिल्लाको किस्पाङ गाउँपालिका–१ भाल्चे र वडा नं ३ काउलेका भूकम्प पीडितबीच पर्म विधिमार्फत घर बनाउने पुरानो परम्परा अहिले लोकप्रिय बनेको हो । काउले र भाल्चेका बासिन्दाले भूकम्पपछि निजी आवास पुनःनिर्माणका लागि समाजमा हराउँदै गएको पर्म विधिलाई व्यवहारमा उतारेका छन् । पर्म विध...
संघीय नेपालको ऐतिहासिक संसद् बैठक आजबाट शुरु हुदैँ

संघीय नेपालको ऐतिहासिक संसद् बैठक आजबाट शुरु हुदैँ

काठमाडौं, २१ फागुन। संघीय संसद्का ३३४ मध्ये ३२६ सांसदले आइतबार शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रिय सभाका ५५ सांसदले शपथ गरेका हुन् । राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभाका ३ सांसदको शपथ सर्वोच्च अदालतको आदेशका कारण हुन सकेन । प्रतिनिधिसभाका ४ र राष्ट्रिय सभाका एक सांसद शपथग्रहणमा अनुपस्थित रहे । दुवै सदनको बैठक आज संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनक...
श्रीमती वेश्वावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद

श्रीमती वेश्वावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद

काठमाडौं, २१ फागुन । चितवनमा श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने एक व्यक्तिलाई अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ। माडी नगरपालिका–६ का राजु काफ्लेले श्रीमतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै परेको मुद्दामा चितवन अदालतले आइतबार ११ वर्ष कैद सजाय सुनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कैद सजायसँगै काफ्लेसँग ५५ हजार रुपैयाँ जरिवाना असुल गर्न र २५ हजार रुपैया...
काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहको उम्मेदवारी

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहको उम्मेदवारी

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । सांसद विजयकुमार गच्छदारले सभापति देउवालाई प्रस्ताव गर्नुभएको थियो भने मानबहादुर विकले समर्थन गर्नुभएको थियो । त्यसैगरी प्रकाशमान सिंहको उम्मेदवारीलाई सांसद सीतादेवी यादवले प्रस्ताव र सञ्जयकुमार गौतमले समर्थन गर्नुभएको निर्वाचन समितिका संयोजक चीनकाज...
जलविद्युत् निर्माणको शिलान्यास

जलविद्युत् निर्माणको शिलान्यास

भोजपुर, २१ फागुन । भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो । रु एक अर्ब ५० करोडकोे लागतमा सम्पन्न गरिने प्रालिका संस्थापक अध्यक्ष अम्बिकाप्रसाद ढकालले जानकारी दिनुभयो । भोजपुर नगरपालिका–१२ सिक्तेल बेहेरे दोभानमा आयोजना नि...
error: Content is protected !!