उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो
वि.सं. २०७४ साल फागुन २३ गते। बुधबार। इश्वी सन् २०१८ मार्च ७ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– षष्ठी, २८:१८ बजेउप्रान्त सप्तमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। साँझतिर प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिको रूपमा सत्कार पाइनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिस्थितिवश चिताएको काम समयमा सम्पादन नहुन सक्छ। कामको मेसो नमिल्दा पनि अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। केही समय प्रतीक्षा गर्नुपरे पनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। साँझतिर पुरुषार्थी काम सम्पादन गर्न सफल भइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। साँझदेखि अध्ययनमा ध्यान केन्द्रित नहुने हुँदा गुरुजनको मार्गदर्शन उपयोगी हुन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेका प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। साँझतिर आफन्तमा वैरभाव बढ्न सक्छ। चिताएका काम समयमा गर्न नसकिएला। आफन्तजनको विश्वास गुम्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। नयाँ योजना कार्यान्वयन गर्न निकै मिहिनेत गर्नुपर्ला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। साँझतिर रोकिएका काम बन्नेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। बेसुरको अलमलले काम रोकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ। सरकारी कामकाजमा अलमल हुन सक्छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला। साँझतिर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। आफ्नै कमजोरीले साथीभाइमा वादविवाद निम्त्याउन सक्छ। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान पर्ला। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। साँझतिर आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। शुभचिन्तकहरू समेत टाढिएलान्। मिहिनेतको प्रतिफल जोगाउन अलि चनाखो रहनुपर्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। साँझतिर विशेष धनलाभ हुन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अस्वस्थताले काममा समय दिन नसकिएला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। साँझतिर दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। गरेका काममा मनग्गे लाभ हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
चिताएको काम बिग्रनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। साँझतिर केही काम बन्नेछन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!